एजेन्सी- बलिउड नायिका रविना टण्डनले कोरोना भइरसको संक्रमणसँगै बढेको ट्वाइलेट पेपरको अभावबाट आँत्तिनुको साटो परम्परागत शैली अपनाउन आग्रह गरेकी छन्। उनले शौचालयपछि धुन परम्परागत पद्धतिबाट पानीको उपयोग गर्न आग्रह गर्दै साबुन पानीले हात धुँदा स्वास्थ्यमा जोखिम नहुने सुझाव समेत दिएकी छन्।
कोरोना भाइरसको संक्रमण बढेलगत्तै युरोप तथा अमेरिकाका अधिकांश शहरमा ट्वाइलेट पेपरको अभाव सुरु भएको छ। त्यही अवस्थालाई संकेत गर्दै उनले सामान्य अवस्थामा फर्कन अनेक उपाय रहेको भन्दै पानीको उपयोग गर्न सुझाव दिएकी हुन्।
उनले ट्वाइलेट पेपरको अभाव भएको न्युयोर्क पोस्टको समाचार सेयर गर्दै लेखेकी छन्‚ ‘स्वच्छताबारे सिक्ने कठिन अवसर, टिस्यु रोलको अभाव पनि नहुने, रुख पनि नकाटिने, सामान्य उपायमा फर्कदैछौं, लोटा जिन्दावाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।