• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित नेपालको पर्यटन क्षेत्र के गर्दैछ ?

दीपक अधिकारी र इन्जीना पन्थी बिहीबार, चैत ६, २०७६  १२:२३
1140x725
नेपालमा एक पदयात्री तस्बिरः क्रिस्टाेफर बर्न्स/अनस्प्ल्यास

काठमाडाै‌–विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा एकजना मात्र संक्रमित भए पनि विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन्।

सरकारले गत साता आगामी वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगायाे । पदयात्रामा सरकारले सिधै प्रतिबन्ध नलगाए पनि पदयात्रीले स्वास्थ्य प्रमाणपत्र पेश गर्नु पर्ने र १४ दिनसम्म अलग्गै बसेपछि पदयात्रामा जान पाउने नियमका कारण दुई साताअघिदेखि नै उनीहरुले आफ्नो यात्रा स्थगित वा रद्द गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ भनिने उक्त रोगका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएका छन्। नेपालमा पर्यटनको एक प्रमुख स्रोत मुलुक चीनमा उक्त भाइरस सबैभन्दा पहिला फैलिएको थियो भने अर्को स्रोत मुलुक भारतमा पनि यसबाट कम्तिमा तीन जनाको मृत्यु भइसकेको छ। नेपालले सन् २०२० लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष घोषणा गरी २० लाख विदेशी पर्यटक भित्र्याउने अभियान सुरु गरेलगत्तै यो संकट देखापरेको हो।

उत्तर अमेरिका र युरोपजस्ता पर्यटनका प्रमुख स्रोत मुलुकसमेत यस महामारीसँग जुधिरहेका छन् । कैयौँ देशले पूरै शहरमा आवतजावत निषेध (लकडाउन) र भेटघाट अनि जमघटबाट टाढा रहन सामािजक दुरी (सोसल डिस्टेन्सिङ) आह्वान गरेका छन् । कोभिड–१९ को असर विश्वव्यापी र बहुआयामिक हुने भए पनि नेपालको पर्यटन क्षेत्रअन्तर्गत पर्वतारोहण, पदयात्रा र होेटल व्यवसायमा यसले पारेको प्रभावबारे एक जानकारीमुलक सामग्री तयार पारिएकाे छ। 

पर्यटन क्षेत्रमा कोरोना भाइरसको के कस्ताे प्रभाव पर्छ ?

पर्यटकीय सिजन सुरु हुने यो बेला भरिभराउ र भीडभाडयुक्त हुनुपर्ने काठमाडौँको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहका होटल, रेस्टुरेन्ट र गल्ली  सुनसान छन् । यसो किन भयो भने कुनै पनि महामारी वा विपत् फैलिनेबित्तिकै पर्यटन क्षेत्र सबैभन्दा छिटो प्रभावित हुन्छ । त्यसो हुनुमा विभिन्न देशले जारी गर्ने यात्रा सम्बन्धी सन्देश (ट्राभल एड्भाइजरी) र पर्यटक आफैले लिने निर्णय कारक हुन्छन्। स्रोत मुलुकमा हुने आर्थिक मन्दी तथा गन्तव्य मुलुकमा हुने प्राकृतिक विपत्ति र अन्य मानवसिर्जित घटनाका कारण पनि पर्यटकको संख्यामा कमी आउने गर्छ ।

सगरमाथा नजिककाे नाम्चे बजार                                                                                तस्बिरः कल्ले काेर्ताेलाइनेन/अनस्प्ल्यास

हिमाल आरोहणः नेपालको पर्यटकीय गतिविधि सम्बन्धी ‘ब्राण्डिङ’ सर्वोच्च शिखर सगरमाथामा निर्भर हुन्छ । गत फागुन २८ गते सरकारले आगामी वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगाएपछि सन् २०१५ यता तेस्रो पटक सगरमाथामा आरोहण नहुने भएको छ । ‘आइसफल डाक्टर’ भनिने सगरमाथामा व्यावसायिक आरोहणका लागि बाटो बनाउने एक विशेष टोलीले आफ्नो काम सुरु गरिसकेको थियो भने टेन्ट, डोरी, अक्सिजन सिलिण्डरजस्ता सामग्री आधार शिविरतर्फ लैजाने तयारी हुँदै थियो । पर्यटन विभागका अनुसार यो सिजनका लागि १३ जना आरोहीले नेपालका हिमाल चढ्न अनुमति लिएका थिए।

हरेक वर्ष करिब ३ सयदेखि ४ सयसम्म विदेश आरोही सगरमाथाको आरोहणका लागि नेपाल आउँछन् । झण्डै त्यति नै संख्यामा उनीहरुका सहयोगी (पथ प्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदि) ले सिजनमा काम पाउँछन् । बसन्त याममा अन्य हिमाल चढ्न ६ सयसम्म आरोही नेपाल आउँछन् । कतिपय आरोही एक्लै हिमाल चढ्छन् तर अधिकांशले पथप्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदिको सहयोग लिन्छन् । वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणबाट सरकारले करिब ४१ करोड राजश्ववापत उठाउँछ ।

nimb
nimb

“राम्रो व्यापार भएमा हिमाल आरोहणबाट मात्र हामीलाइ वर्षेनि रु १४ कराेड आम्दानी हुन्छ । कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष हामीलाई करिब १४ करोड नोक्सान हुने देखिन्छ,”  पर्वतारोहण संघ नेपालकाअध्यक्ष सन्तवीर लामाले भने, “बेरोजगारी बढ्छ । धेरै पर्यटन व्यवसायीहरुले ऋण लिएर व्यापार गरेकाले समयमा बैंकको ब्याज र किस्ता तिर्न नसक्दा डुब्ने अवस्था छ ।”

पदयात्राः पदयात्राको मुख्य आकर्षण पनि हिमाल नै हुन् । नेपालका प्रमुख पदमार्ग सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, मकालुजस्ता हिमाल नजिक र लाङटाङ, डोल्पोजस्ता संरक्षित क्षेत्रमा पर्छन् । टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल  (टान)की महासचिव सरिता लामाका अनुसार नेपालमा वर्षेनि १ लाख ८० हजार पर्यटकले पदयात्रा गर्छन् । त्यसरी पदयात्रा गर्नेमा युरोपेली मुलुकका नागरिक बढी हुन्छन्। पर्वतारोहण र पदयात्रा गरेर यो पर्यटन याममा मात्र १५ अर्ब रुपैयाँ घाटा हुनुका साथै एक लाख ५० हजार कामदार बेरोजगार हुनसक्ने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

“यो सिजनल व्यवसाय भएकाले यसको दीर्घकालीन असर धेरै छ । कामदारको रोजीरोटीको सवाल छ,” टानकै लामाले बताइन् । उनका अनुसार नेपाल आउने १ लाखभन्दा बढी पदयात्रीमध्ये हरेकले दिनहुँ ८० अमेरिकी डलर खर्च गर्छन् भने १५ दिनसम्म नेपाल बस्छन्।

होटल व्यवसायः पदयात्रा वा हिमाल आरोहणका लागि आउनेसहित अन्य पर्यटकको पहिलो वासस्थान होटल हुन्  राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका होटल अनि पदमार्गमा पर्ने होमस्टे र टि हाउससमेत मर्कामा परेका छन्। कतिपय होटलले आफ्ना कर्मचारीलाई बिदामा पठाएका छन् भने कतिले उनीहरुले काम गर्ने समय घटाएका छन्।

होटल संघ नेपालका अनुसार कोरोना भाइरसका कारण होटलको सरदर अकुपेन्सी दर १० प्रतिशत भन्दा कम रहेको छ । “न्युनतम ४० प्रतिशत अकुपेन्सी भएन भने होटल संचालन गर्न सम्भव नै हुँदैन,” संघकी अध्यक्ष  सिर्जना राणाले  काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा बताइन् । प्रारम्भिक तथ्याङ्क अनुसार होटल क्षेत्रले करिब १ अर्ब ८० करोड बराबर मासिक घाटा बेहोर्ने देखिन्छ ।

पर्यटन क्षेत्र किन बढी प्रभावित हुन्छ ?

पर्यटन मूलतः सेवामूलक व्यवसाय हो । यसैले गर्दा यसको असर सोचेभन्दा बढी पर्ने विज्ञहरु बताउँछन् । लण्डनमा मुख्यालय रहेका वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.९ प्रतिशत छ । १० लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको यस क्षेत्रले मुलुकको अर्थतन्त्रमा करिब ४० अर्ब रुपैयाँको योगदान पुर्‍याएको छ । एक अध्ययन अनुसार एकजना पर्यटकले कम्तिमा ८ जनालाई रोजगारी दिन्छ। नेपालजस्तो देशमा अधिकांश परिवार एक जनाको आम्दानीमा भर पर्ने भएकाले यसको प्रभावमा ठूलो जनसंख्या पर्ने अनुमान गर्न सकिन्छ।

पर्यटन व्यवसायलाई असर गर्दा त्यसमा प्रत्यक्ष र परोक्ष रुपमा यातायात, वायुसेवा, मनोरञ्जन, खेलकुदलगायत क्षेत्रमा काम गर्ने व्यक्ति प्रभावित हुन्छन् । टानकी महासचिव लामाका अनुसार पर्यटनमा असर पर्दा होटल, यातायात र हवाई सेवालाई सबैभन्दा पहिला क्षति पुग्छ।

पर्वतकाे सदरमुकाम कुश्मास्थित कालिगण्डकी नदीमा निर्माणाधीन बञ्जी  जम्प                                   तस्बिरः दीपक अधिकारी

नेपालको पर्यटन क्षेत्रले यो संकटलाई कसरी झेलिरहेको छ ?

विगत एक सातायता पर्यटन व्यवसायीहरु सम्बन्धित सरोकारवालाहरुसँग विभिन्न राहत प्याकेज र छुटबारे छलफल गरिरहेका छन् । पर्यटन अन्तर्गतका सबै क्षेत्रले आफ्ना माग अघि सारेका छन् । व्यवसायीहरुले आफ्ना कर्मचारीलाई तलब, बैंकको ऋण र घरभाडा मुख्य चुनौती रहेको बताएका छन् । सहुलियतपूर्ण कर्जा, कर्जाको पुनःतालिकीकरण र कर छुट उनीहरुका मुख्य माग हुन् । होटल संघ नेपालका सदस्यहरुले बैंकबाट लिएको ऋण करिब एक अर्बको हाराहारीमा रहेको उक्त संस्थाकी अध्यक्ष सिर्जना राणाले बताएकी छन् ।

'सरकारले पर्यटन व्यवसायीहरुको लागि राहतको प्याकेज ल्याउनुपर्छ । सरकारले कर मिनाह दिनुपर्छ,' टानका अध्यक्ष सुवेदीले भने, ' हाम्रो व्यवसाय सामान्य अवस्थामा फर्किन एक वर्षसम्म लाग्ने हुनाले बैंक ऋण र ब्याज तिर्न सहज बनाइदिनुपर्‍यो। कर्मचारीलाई तलब खुवाउन आर्थिक सहयोग गर्नुपर्‍यो।'

सुवेदीको भनाइमा सही थाप्दै नेपाल पर्वतारोहण संघका सन्तवीर लामाले सरकारले हिमाल आरोहणको क्षेत्रमा काम गरिरहेका कामदारलाई हिमाल सरसफाई गर्न लगाउनसक्ने बताए । 'सरकारले वातावरणमा काम गर्ने संघ संस्थासँग सहकार्य गर्दै वातावरण कोषको प्रयोग गरेर हिमालको सरसफाइ थाल्नुपर्छ । यसो भएमा अहिले बेरोजगारमध्ये २५ प्रतिशतले काम पाउँछन्,' उनले भने ।

सरकारले के योजना अघि सारेको छ ?

नेपाल रिपब्लिक मिडिया प्रालिले सोेमबार कोभिड–१९ बाट नेपाली अर्थतन्त्रलाई पर्न सक्ने दुष्प्रभाव र त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने विषयमा आयोजना गरेको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारले जुन–जुन व्यवसायमा समस्या देखिएको छ, त्यहाँ–त्यहाँ नै कर छुट र सहुलियत दिने तयारी गरिरहेको बताए । 'सरकारले कर फिर्ता लगायत कार्यक्रम ल्याएर पनि व्यवसायीको समस्या सम्बोधन गर्नेछ । हामीकहाँ निर्यातमा सहुलियत दिने नीतिनै छ,' उनले भने, 'अहिले ब्याज अनुदानसमेत दिनेछौँ । बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौँ ।'

southasiacheck.org बाट साभार

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १२:२३
  • #Novel Corona Virus
  • ##nepaltourism

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
रसुवाको टिमुरेमा चार दिनपछि सात वर्षीया बालिकाको जीवितै उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्