• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् नबस्दा नयाँ गभर्नरदेखि एआइजीको फूलीसम्म रोकियो

चिकित्सकका सल्लाहमा बैठक कक्षको 'रि-सेटअप' हुँदै
64x64
किशोर दहाल मंगलबार, चैत ४, २०७६  १७:४५
1140x725
फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विटरबाट

काठमाडौं- 'म आफैं पनि गभर्नर नियुक्त भएको थिएँ। तर, एक महिनाअगाडि त भएको होइन। अन्तिम-अन्तिम दिनतिर भएको थियो। जुन दिन मेरो कार्यकाल सिद्धिदै थियो, त्यो दिन ३ बजे मन्त्रिपरिषद्को बैठक बसेर गभर्नरको नियुक्तिको सिफारिस भएको थियो। र, त्यसपछि मैले कार्यालय छोडेको थिएँ। त्यसपछिको गभर्नरको नियुक्ति पनि अहिले त्यस्तै त्यस्तै नै हुन्छ होला। चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ।'

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ नियुक्त हुनुपर्ने व्यवस्था भए पनि किन नभएको भन्ने प्रश्नको उत्तरमा फागुन १५ मा आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले दाबी गरेका कुरा हुन्, यी।

अहिलेका गभर्नर चिरञ्जीवी नेपालको पदावधि बुधबार पूरा हुँदैछ। तर, खतिवडाले दाबी गरेको समय सीमा बित्नै लाग्दा पनि नयाँ गभर्नर नियुक्ति हुनसकेको छैन। अझ सिफारिस समिति गठन भएर त्यसले सिफारिस गर्ने तीन जनामध्येबाट एकजना छान्ने ऐन अनुसारको काम त हुने स्थिति नै छैन।

मन्त्रिपरिषद्को पछिल्लो बैठक गत फागुन १८ गते बसेको थियो। फागुन २२ गते निर्णय सार्वजनिक गरिएको थियो।सामान्यताः हप्तामा एक वा दुई पटक बस्ने बैठक नबसेको १६ दिन भयो। तर, अर्को बैठक कहिले बस्छ भन्ने टुंगो छैन। मन्त्रिपरिषद् बैठक नियमित बस्न नसकेको कारण उल्लेखित जस्ता कैयौं कामहरु थन्किएर बसेका छन्। कतिपय काम प्रक्रियामै अल्झिएका छन्। त्यस्तै मध्येको एक हो, प्रहरीको बढुवा प्रक्रिया।

गृहसचिव महेश्वर न्यौपाने अध्यक्षताको बढुवा सिफारिस समितिले डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरेको थियो। एक हप्तासम्म उनीहरुमाथि उजुरी गर्न सकिने समय कटिसकेको छ। अब मन्त्रिपरिषद्ले बढुवा गर्नुपर्ने भए पनि त्यसो हुनसकेको छैन। यसले प्रहरीमा दोहोरो असर पारिरहेको छ।

पहिलो, प्रहरी एआइजी (अतिरिक्त महानिरीक्षक)विहीन भएको छ।

दोस्रो, प्राविधिक बाहेकका २६ वटा डिआइजीको दरबन्दी रहेकोमा तीनजना एआइजीका लागि सिफारिस भइसकेकोपछि अहिले ४ जना मात्रै डिआइजी छन्। अहिले प्रदेश २, सुदूरपश्चिम प्रदेश, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र महानगरीय प्रहरी कार्यालयमा मात्रै डिआइजी छन्। उसै पनि, डिआइजीले नेतृत्व गर्नुपर्ने कैयौं स्थानमा एसएसपीको भरमा छाडिएको थियो। एआइजी नहुँदा उनीहरुले गर्नुपर्ने नेतृत्व पनि एसएसपीकै भरमा छ।

त्यस्तै, १४ सय कर्मचारी भएको, ३९ अर्ब ऋण भएको तथा वाइडबडी खरिदको लफडामा फसेको नेपाल वायुसेवा निगमको नेतृत्व पनि नेतृत्वविहीन छ। प्रधानमन्त्री ओलीकै सुझावमा माघ ४ गते निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजिनामा दिएका थिए। अहिले निगम कोरोनाको कारण सबै भन्दा बढी मारमा पर्ने कम्पनी पनि हो। यसका कतार, बैंकक, भारतको दिल्ली बाहेक २ गन्तव्य, मलेसिया उडान बन्द भएको छ। सातामा ६५ उडानमा अब १७ वटा मात्रै उडान बाँकी छ। तर, यस्तो अवस्थामा संस्थाको नयाँ नेतृत्व चयन हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, भिजिट नेपाल २०२० स्थगित भइसकेको छ। तर, यससँग सम्बन्धित सचिवालय भने अझै अस्तित्वमै छ। करिब एक अर्ब बजेट भएको सचिवालयमा एक दर्जनभन्दा बढी कर्मचारी छन्। नेपाल भ्रमणसँग सम्बन्धित कुनै पनि प्रबर्द्धनात्मक कार्यक्रम नभइरहेको सन्दर्भमा सचिवालयको औचित्यमाथि प्रश्न उठिरहेको छ।सचिवालयका कर्मचारीहरु सेवा सुविधामा बसिरहने तर काम पनि नहुने स्थिति छ। मन्त्रिपरिषद् बैठकले संयोजकतोकेर गठन भएको सचिवालयका सन्दर्भमा उसैले थप निर्णय लिनसक्छ। तर, मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।

पुराना काम थाती बसेको मात्रै होइन। मन्त्रिपरिषद्बाट अपेक्षा गरिएका कतिपय निर्णय बाँकी छ। अहिले सबैभन्दा चर्चामा रहेका कोरोना भाइरसबारे मन्त्रिपरिषद्बाट केही विशेष निर्णय हुनसक्ने आम अपेक्षा पनि पूरा हुनसकेको छैन। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिले केही महत्त्वपूर्ण निर्णयहरु भइरहेका छन्, तर कार्यान्वयमा प्रशंस्तै शंका भइरहेका छन्।

रणनीतिक मात्रै होइन, नियमित निर्णयहरु पनि हुनसकेका छैनन्।

प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण नियमित बैठक बस्न नसकेको धेरेको बुझाइ छ। तर, केही दिनयता उनको सक्रियताले बैठक बस्नसक्ने अवस्थाकै संकेत गर्छ। उनलेशुक्रबार मात्रै आफ्नो सचिवालयका केही सदस्यलाई भेटेको तस्बीर सार्वजनिक भएको थियो। साथै, शनिबार सार्क मुलुकका प्रतिनिधिहरुसँग भिडियो वार्तामा सहभागी भए। सो वार्तामा उनी झन्डै डेढ घण्ट सहभागी भए। तर, सम्भवतः खराब स्वास्थ्य स्थितिकै कारण उनले आफ्नो तयारी सम्बोधन पूरा भने पढेनन्।

Xtrem

Xtrem

'जतिखेर पनि बस्न सक्छ'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा मन्त्रिपरिषद् बैठक जतिबेला पनि बस्न सक्ने बताउँछन्। 'बैठक प्रधानमन्त्रीले आफ्नो सहजतामा जतिबेला पनि बोलाउन सक्नुहुन्छ', उनले भने,'अहिले तपाईंसँग कुरा हुँदाहुँदै पनि बस्ने भन्ने निर्णय गर्न सक्नुहुन्छ। प्रधानमन्त्रीले अनुकूल ठानेपछि बैठक बस्छ। अहिले उहाँले आराम गर्नुभएको छ।'

थापाले प्रधानमन्त्री आराम गरिरहेको तर त्यसै कारणले बैठक भने नरोकिएको बताए। आराम गर्नुपरेकै कारण बैठक नबसेको हो भन्ने प्रश्नमा उनले भने 'भिडियो कन्फ्रेन्समा बोलिसक्नुभएको छ। छुट्टै आराम त किन चाहियो र?'

थापाले नियमित रुपमा मन्त्रिपरिषद् बैठक बस्ने गरेको कक्षमा डाक्टरकै सल्लाहमा 'रि-सेटअप'को काम चलिरहेको बताए।'रि- सेटअप गर्नु भनेर डाक्टरले नै भनेका थिए', उनले भने, 'बनाउने काम हुँदैथियो। त्यो सकिएको छैन होला।'

निर्णय थाती रहेका कामका सन्दर्भमा भने थापाले रुची देखाएनन्। 'क्याबिनेटले गर्ने स्पेसिफिक निर्णयहरुको बारेमा त मैले के भन्नु र?'

यो पनि पढ्नुहोस

बिरामी प्रधानमन्त्री कि देश?बुधबार, फागुन २८, २०७६

 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १७:४५
  • #CabinetMeeting

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्