• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् नबस्दा नयाँ गभर्नरदेखि एआइजीको फूलीसम्म रोकियो

चिकित्सकका सल्लाहमा बैठक कक्षको 'रि-सेटअप' हुँदै
64x64
किशोर दहाल मंगलबार, चैत ४, २०७६  १७:४५
1140x725
फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विटरबाट

काठमाडौं- 'म आफैं पनि गभर्नर नियुक्त भएको थिएँ। तर, एक महिनाअगाडि त भएको होइन। अन्तिम-अन्तिम दिनतिर भएको थियो। जुन दिन मेरो कार्यकाल सिद्धिदै थियो, त्यो दिन ३ बजे मन्त्रिपरिषद्को बैठक बसेर गभर्नरको नियुक्तिको सिफारिस भएको थियो। र, त्यसपछि मैले कार्यालय छोडेको थिएँ। त्यसपछिको गभर्नरको नियुक्ति पनि अहिले त्यस्तै त्यस्तै नै हुन्छ होला। चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ।'

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ नियुक्त हुनुपर्ने व्यवस्था भए पनि किन नभएको भन्ने प्रश्नको उत्तरमा फागुन १५ मा आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले दाबी गरेका कुरा हुन्, यी।

अहिलेका गभर्नर चिरञ्जीवी नेपालको पदावधि बुधबार पूरा हुँदैछ। तर, खतिवडाले दाबी गरेको समय सीमा बित्नै लाग्दा पनि नयाँ गभर्नर नियुक्ति हुनसकेको छैन। अझ सिफारिस समिति गठन भएर त्यसले सिफारिस गर्ने तीन जनामध्येबाट एकजना छान्ने ऐन अनुसारको काम त हुने स्थिति नै छैन।

मन्त्रिपरिषद्को पछिल्लो बैठक गत फागुन १८ गते बसेको थियो। फागुन २२ गते निर्णय सार्वजनिक गरिएको थियो।सामान्यताः हप्तामा एक वा दुई पटक बस्ने बैठक नबसेको १६ दिन भयो। तर, अर्को बैठक कहिले बस्छ भन्ने टुंगो छैन। मन्त्रिपरिषद् बैठक नियमित बस्न नसकेको कारण उल्लेखित जस्ता कैयौं कामहरु थन्किएर बसेका छन्। कतिपय काम प्रक्रियामै अल्झिएका छन्। त्यस्तै मध्येको एक हो, प्रहरीको बढुवा प्रक्रिया।

गृहसचिव महेश्वर न्यौपाने अध्यक्षताको बढुवा सिफारिस समितिले डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरेको थियो। एक हप्तासम्म उनीहरुमाथि उजुरी गर्न सकिने समय कटिसकेको छ। अब मन्त्रिपरिषद्ले बढुवा गर्नुपर्ने भए पनि त्यसो हुनसकेको छैन। यसले प्रहरीमा दोहोरो असर पारिरहेको छ।

पहिलो, प्रहरी एआइजी (अतिरिक्त महानिरीक्षक)विहीन भएको छ।

दोस्रो, प्राविधिक बाहेकका २६ वटा डिआइजीको दरबन्दी रहेकोमा तीनजना एआइजीका लागि सिफारिस भइसकेकोपछि अहिले ४ जना मात्रै डिआइजी छन्। अहिले प्रदेश २, सुदूरपश्चिम प्रदेश, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र महानगरीय प्रहरी कार्यालयमा मात्रै डिआइजी छन्। उसै पनि, डिआइजीले नेतृत्व गर्नुपर्ने कैयौं स्थानमा एसएसपीको भरमा छाडिएको थियो। एआइजी नहुँदा उनीहरुले गर्नुपर्ने नेतृत्व पनि एसएसपीकै भरमा छ।

त्यस्तै, १४ सय कर्मचारी भएको, ३९ अर्ब ऋण भएको तथा वाइडबडी खरिदको लफडामा फसेको नेपाल वायुसेवा निगमको नेतृत्व पनि नेतृत्वविहीन छ। प्रधानमन्त्री ओलीकै सुझावमा माघ ४ गते निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजिनामा दिएका थिए। अहिले निगम कोरोनाको कारण सबै भन्दा बढी मारमा पर्ने कम्पनी पनि हो। यसका कतार, बैंकक, भारतको दिल्ली बाहेक २ गन्तव्य, मलेसिया उडान बन्द भएको छ। सातामा ६५ उडानमा अब १७ वटा मात्रै उडान बाँकी छ। तर, यस्तो अवस्थामा संस्थाको नयाँ नेतृत्व चयन हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, भिजिट नेपाल २०२० स्थगित भइसकेको छ। तर, यससँग सम्बन्धित सचिवालय भने अझै अस्तित्वमै छ। करिब एक अर्ब बजेट भएको सचिवालयमा एक दर्जनभन्दा बढी कर्मचारी छन्। नेपाल भ्रमणसँग सम्बन्धित कुनै पनि प्रबर्द्धनात्मक कार्यक्रम नभइरहेको सन्दर्भमा सचिवालयको औचित्यमाथि प्रश्न उठिरहेको छ।सचिवालयका कर्मचारीहरु सेवा सुविधामा बसिरहने तर काम पनि नहुने स्थिति छ। मन्त्रिपरिषद् बैठकले संयोजकतोकेर गठन भएको सचिवालयका सन्दर्भमा उसैले थप निर्णय लिनसक्छ। तर, मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।

पुराना काम थाती बसेको मात्रै होइन। मन्त्रिपरिषद्बाट अपेक्षा गरिएका कतिपय निर्णय बाँकी छ। अहिले सबैभन्दा चर्चामा रहेका कोरोना भाइरसबारे मन्त्रिपरिषद्बाट केही विशेष निर्णय हुनसक्ने आम अपेक्षा पनि पूरा हुनसकेको छैन। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिले केही महत्त्वपूर्ण निर्णयहरु भइरहेका छन्, तर कार्यान्वयमा प्रशंस्तै शंका भइरहेका छन्।

रणनीतिक मात्रै होइन, नियमित निर्णयहरु पनि हुनसकेका छैनन्।

प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण नियमित बैठक बस्न नसकेको धेरेको बुझाइ छ। तर, केही दिनयता उनको सक्रियताले बैठक बस्नसक्ने अवस्थाकै संकेत गर्छ। उनलेशुक्रबार मात्रै आफ्नो सचिवालयका केही सदस्यलाई भेटेको तस्बीर सार्वजनिक भएको थियो। साथै, शनिबार सार्क मुलुकका प्रतिनिधिहरुसँग भिडियो वार्तामा सहभागी भए। सो वार्तामा उनी झन्डै डेढ घण्ट सहभागी भए। तर, सम्भवतः खराब स्वास्थ्य स्थितिकै कारण उनले आफ्नो तयारी सम्बोधन पूरा भने पढेनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'जतिखेर पनि बस्न सक्छ'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा मन्त्रिपरिषद् बैठक जतिबेला पनि बस्न सक्ने बताउँछन्। 'बैठक प्रधानमन्त्रीले आफ्नो सहजतामा जतिबेला पनि बोलाउन सक्नुहुन्छ', उनले भने,'अहिले तपाईंसँग कुरा हुँदाहुँदै पनि बस्ने भन्ने निर्णय गर्न सक्नुहुन्छ। प्रधानमन्त्रीले अनुकूल ठानेपछि बैठक बस्छ। अहिले उहाँले आराम गर्नुभएको छ।'

थापाले प्रधानमन्त्री आराम गरिरहेको तर त्यसै कारणले बैठक भने नरोकिएको बताए। आराम गर्नुपरेकै कारण बैठक नबसेको हो भन्ने प्रश्नमा उनले भने 'भिडियो कन्फ्रेन्समा बोलिसक्नुभएको छ। छुट्टै आराम त किन चाहियो र?'

थापाले नियमित रुपमा मन्त्रिपरिषद् बैठक बस्ने गरेको कक्षमा डाक्टरकै सल्लाहमा 'रि-सेटअप'को काम चलिरहेको बताए।'रि- सेटअप गर्नु भनेर डाक्टरले नै भनेका थिए', उनले भने, 'बनाउने काम हुँदैथियो। त्यो सकिएको छैन होला।'

निर्णय थाती रहेका कामका सन्दर्भमा भने थापाले रुची देखाएनन्। 'क्याबिनेटले गर्ने स्पेसिफिक निर्णयहरुको बारेमा त मैले के भन्नु र?'

यो पनि पढ्नुहोस

बिरामी प्रधानमन्त्री कि देश?बुधबार, फागुन २८, २०७६

 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १७:४५
  • #CabinetMeeting

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्