• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिटौला समूहको सन्देश : हामी कमजोर छैनौं

गगन थापा : सिटौलाको नेतृत्वमा महाधिवेशनमा जान्छौं, प्रदीप पौडेल : दिग्भ्रमित हुनु जरुरी छैन
64x64
लिलु डुम्रे सोमबार, चैत ३, २०७६  १६:३८
1140x725

काठमाडौं-पार्टीभित्रको वैचारिक समूहका रुपमा परिभाषित गर्दै आएको नेपाली कांग्रेसको तेस्रो धारले आफ्नो शक्ति कमजोर नभएको सन्देश दिने प्रयास गरेको छ। 

सोमबार पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरु एक स्थानमा भेला भएर अबको महाधिवेशनमा सिटौलाकै नेतृत्वमा अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

१३ औं महाधिवेशनको उम्मेदवार घोषणासभा भएकै स्थानमा उभिएर सो पक्षले आफूहरु महाधिवेशन केन्द्रित भएको सन्देशसमेत दिएको छ। 

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा आफ्नो समूहका नेताहरुलाई दायाँबायाँ राखेर नेता कार्यकर्तालाई जिल्ला जानसमेत सिटौलाले निर्देशन दिए।

पार्टी संरचनाको समायोजन सकिएका जिल्लाहरुमा फागुन १६ बाट क्रियाशील सदस्यताको वितरण प्रारम्भ भइसकेको छ।

महाधिवेशनको आधार क्रियाशील सदस्य भएको बताउँदै नेता सिटौलाले कार्यकर्तालाई भने, ‘तपाईंहरु जिल्ला जानुस्। संघीय, समावेशी र संख्या बढ्ने गरी संरचना बनेका छन्। क्रियाशील सदस्यता वितरणको काममा लाग्नुस्।’

१४ औं महाधिवेशन २०७७ फागुनबाट पर सार्ने प्रयास भए आफ्नो समूहले त्यसलाई स्विकार्नै नसक्ने सिटौलाले स्पष्ट पारे। उनले भने, ‘तोकिएको समयमै महाधिवेशन गराउन सभापति र महामन्त्रीलाई सबै प्रकारको सहयोग गर्न तयार छौं। कुनै पनि बहानामा महाधिवेशन सारे हामीलाई मान्य हुँदैन।’

आफ्नो समूहका नेतालाई समेत विभागमा अवसर दिलाएका नेता सिटौलाले सभापति शेरबहादुर देउवाले विभाग गठन गरेकोमा आपत्ति जनाए। चार वर्षे नियमित कार्यकाल सकिएपछि विभाग गठन गर्नुको औचित्य नहुने उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विधान अनुरुप पार्टी सञ्चालन नहुँदा कांग्रेस कमजोर रहेको औंल्याउँदै उनले भने, ‘कार्यतालिका प्रभावित भइसकेको छ। क्रियाशील सदस्यता वितरण सुरु हुन सकेको छैन।’

कार्यतालिका र कार्यविधि संस्थापन पक्षले एकपक्षीय ढंगले सार्वजनिक गर्दा अस्वस्थ खेल सुरु भइसकेको बताए।

अनुशासन समितिमा रहेका सिटौला पक्षका नेता उमाकान्त चौधरीले दिएको राजीनामा फिर्ता भएको उनले जानकारी गराए। ‘अनुशासन समितिमा रहेर काम गर्दा उहाँका केही कठिनाइ थिए। तपाईं बस्दा ठीक हुन्छ भनी सल्लाह दिएपछि राजीनामा फिर्ता गर्नुभएको छ’, उनले भने।
चौधरी कार्यक्रममा उपस्थित हुन नसकेको जनाउँदै उनले भने, ‘सञ्चारमाध्यमप्रति मेरो गुनासो छ। तथ्य बुझेर लेखिदिनु होला। उहाँ हामीसँगै हुनुहुन्छ।’

नेता सिटौलाले आफ्नो समूह महाधिवेशनसम्म पुग्दा अझै विस्तारित हुने दाबी गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महाधिवेशन गतिविधि सुरु भएसँगै नेता गगन थापाले समूह परिवर्तन गरे भनी समाचारहरु समेत बाहिरिएका थिए। बाहिरी प्रचारको निवारण गर्ने थापाको प्रयास थियो। नेता थापाले विचार समूहका नेता सिटौला नै अघि लगाएर आफ्नो समूह महाधिवेशनमा जाने बताए।

‘नेता सिटौलाको नेतृत्वमा एक ठाउँ उभिएर महाधिवेशनमा जान्छौं। हामी अलमलिएका छैनौं। महाधिवेशनका लागि हाम्रो शक्ति समुच्च रुपमा प्रयोग गर्छौं’, थापाले भने।

सभापति देउवा र महामन्त्री डा शशांक कोइरालाले आफ्नो पदीय भूमिका अनुसार काम नगरेको भन्दै थापाले आपत्ति जनाए। तल्लो तहको संगठन समायोजन समयमा नसकिनुमा सभापति र महामन्त्री दोषी रहेको उनले दाबी थियो। उनले भने, ‘कुन कुन जिल्लामा किन सकिएन, नामावली नआएका जिल्लामा ताकेता गर्ने काम महामन्त्रीको होइन?’

यो समूहले महाधिवेशन समयमा गराउन दबाबसमेत बढाउने भएको छ। महाधिवेशन गराउन सबै प्रकारको सहयोग आफ्नो समूहबाट हुने प्रतिबद्धता जनाउँदै नेता थापाले भने, ‘अन्य दलबाट आएकालाई समायोजन गर्ने नाममा महाधिवेशनको मिति सार्न पाइँदैन।’

सजिलोका लागि विधान मिच्दा पार्टी कमजोर भएको उल्लेख गर्दै नेता थापाले विधानको पालना मूल नेतृत्वबाटै नभएको आरोप लगाए।

सिटौलाका सारथी रहेका अर्का युवा नेता प्रदीप पौडेलले तेश्रो धारका नेता एक स्थानमा नभएको भ्रम नपाल्न आग्रह गरे। ‘दिग्भ्रमित हुनु जरुरी छैन। हामी जहाँ थियौं, त्यहीँ छौं।’

पार्टीकै भविष्यका लागि बेला बेलामा अन्य समूहसँग सहकार्य हुँदैमा विचार समूहका नेताहरुले आफ्नो स्थान छोडेको भन्न नहुने उनको तर्क थियो। 
पार्टी मूल नेतृत्वले कांग्रेस र देशको भन्दा बढी गुटको महत्त्व दिएको भन्दै असन्तुष्टि पोखे। पार्टीमा भएको क्षति वर्तमान नेतृत्वले पूरा गर्नै नसक्ने ठोकुवा समेत उनले गरे। समयमा महाधिवेशन नहुने आशंका उनले समेत राखे।

‘जिल्लाहरुमा संगठन संरचना बन्न सकेको छैन। महाधिवेशन कार्यतालिका अवरुद्ध हुन पुगेको छ’, उनले भने।

संख्यामा कमजोर भए पनि तेश्रो धार विचारमा प्रधान भएको पौडेलको दाबी थियो। सिटौलाकै नेतृत्वमा वैचारिक बहस सञ्चालन गर्ने बताउँदै उनले महाधिवेशन समयमा गराउन आफ्नो समूहले दबाब बढाउने बताए।

नेपाल विद्यार्थी संघमा आफ्नो तर्फबाट महामन्त्री बनेका बलदेव तिमल्सिना र युवराज पाण्डेयले बैठकको संयोजन गरेका गरेका थिए। भेलामा सिटौला निकटका नेता कार्यकर्ता भरिएका थिए।  
 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:३८
  • #nepalicongress
  • #poltics
  • #congressleader

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकाम... शनिबार, असोज ३१, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्