• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिटौला समूहको सन्देश : हामी कमजोर छैनौं

गगन थापा : सिटौलाको नेतृत्वमा महाधिवेशनमा जान्छौं, प्रदीप पौडेल : दिग्भ्रमित हुनु जरुरी छैन
64x64
लिलु डुम्रे सोमबार, चैत ३, २०७६  १६:३८
1140x725

काठमाडौं-पार्टीभित्रको वैचारिक समूहका रुपमा परिभाषित गर्दै आएको नेपाली कांग्रेसको तेस्रो धारले आफ्नो शक्ति कमजोर नभएको सन्देश दिने प्रयास गरेको छ। 

सोमबार पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरु एक स्थानमा भेला भएर अबको महाधिवेशनमा सिटौलाकै नेतृत्वमा अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

१३ औं महाधिवेशनको उम्मेदवार घोषणासभा भएकै स्थानमा उभिएर सो पक्षले आफूहरु महाधिवेशन केन्द्रित भएको सन्देशसमेत दिएको छ। 

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा आफ्नो समूहका नेताहरुलाई दायाँबायाँ राखेर नेता कार्यकर्तालाई जिल्ला जानसमेत सिटौलाले निर्देशन दिए।

पार्टी संरचनाको समायोजन सकिएका जिल्लाहरुमा फागुन १६ बाट क्रियाशील सदस्यताको वितरण प्रारम्भ भइसकेको छ।

महाधिवेशनको आधार क्रियाशील सदस्य भएको बताउँदै नेता सिटौलाले कार्यकर्तालाई भने, ‘तपाईंहरु जिल्ला जानुस्। संघीय, समावेशी र संख्या बढ्ने गरी संरचना बनेका छन्। क्रियाशील सदस्यता वितरणको काममा लाग्नुस्।’

१४ औं महाधिवेशन २०७७ फागुनबाट पर सार्ने प्रयास भए आफ्नो समूहले त्यसलाई स्विकार्नै नसक्ने सिटौलाले स्पष्ट पारे। उनले भने, ‘तोकिएको समयमै महाधिवेशन गराउन सभापति र महामन्त्रीलाई सबै प्रकारको सहयोग गर्न तयार छौं। कुनै पनि बहानामा महाधिवेशन सारे हामीलाई मान्य हुँदैन।’

आफ्नो समूहका नेतालाई समेत विभागमा अवसर दिलाएका नेता सिटौलाले सभापति शेरबहादुर देउवाले विभाग गठन गरेकोमा आपत्ति जनाए। चार वर्षे नियमित कार्यकाल सकिएपछि विभाग गठन गर्नुको औचित्य नहुने उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विधान अनुरुप पार्टी सञ्चालन नहुँदा कांग्रेस कमजोर रहेको औंल्याउँदै उनले भने, ‘कार्यतालिका प्रभावित भइसकेको छ। क्रियाशील सदस्यता वितरण सुरु हुन सकेको छैन।’

कार्यतालिका र कार्यविधि संस्थापन पक्षले एकपक्षीय ढंगले सार्वजनिक गर्दा अस्वस्थ खेल सुरु भइसकेको बताए।

अनुशासन समितिमा रहेका सिटौला पक्षका नेता उमाकान्त चौधरीले दिएको राजीनामा फिर्ता भएको उनले जानकारी गराए। ‘अनुशासन समितिमा रहेर काम गर्दा उहाँका केही कठिनाइ थिए। तपाईं बस्दा ठीक हुन्छ भनी सल्लाह दिएपछि राजीनामा फिर्ता गर्नुभएको छ’, उनले भने।
चौधरी कार्यक्रममा उपस्थित हुन नसकेको जनाउँदै उनले भने, ‘सञ्चारमाध्यमप्रति मेरो गुनासो छ। तथ्य बुझेर लेखिदिनु होला। उहाँ हामीसँगै हुनुहुन्छ।’

नेता सिटौलाले आफ्नो समूह महाधिवेशनसम्म पुग्दा अझै विस्तारित हुने दाबी गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महाधिवेशन गतिविधि सुरु भएसँगै नेता गगन थापाले समूह परिवर्तन गरे भनी समाचारहरु समेत बाहिरिएका थिए। बाहिरी प्रचारको निवारण गर्ने थापाको प्रयास थियो। नेता थापाले विचार समूहका नेता सिटौला नै अघि लगाएर आफ्नो समूह महाधिवेशनमा जाने बताए।

‘नेता सिटौलाको नेतृत्वमा एक ठाउँ उभिएर महाधिवेशनमा जान्छौं। हामी अलमलिएका छैनौं। महाधिवेशनका लागि हाम्रो शक्ति समुच्च रुपमा प्रयोग गर्छौं’, थापाले भने।

सभापति देउवा र महामन्त्री डा शशांक कोइरालाले आफ्नो पदीय भूमिका अनुसार काम नगरेको भन्दै थापाले आपत्ति जनाए। तल्लो तहको संगठन समायोजन समयमा नसकिनुमा सभापति र महामन्त्री दोषी रहेको उनले दाबी थियो। उनले भने, ‘कुन कुन जिल्लामा किन सकिएन, नामावली नआएका जिल्लामा ताकेता गर्ने काम महामन्त्रीको होइन?’

यो समूहले महाधिवेशन समयमा गराउन दबाबसमेत बढाउने भएको छ। महाधिवेशन गराउन सबै प्रकारको सहयोग आफ्नो समूहबाट हुने प्रतिबद्धता जनाउँदै नेता थापाले भने, ‘अन्य दलबाट आएकालाई समायोजन गर्ने नाममा महाधिवेशनको मिति सार्न पाइँदैन।’

सजिलोका लागि विधान मिच्दा पार्टी कमजोर भएको उल्लेख गर्दै नेता थापाले विधानको पालना मूल नेतृत्वबाटै नभएको आरोप लगाए।

सिटौलाका सारथी रहेका अर्का युवा नेता प्रदीप पौडेलले तेश्रो धारका नेता एक स्थानमा नभएको भ्रम नपाल्न आग्रह गरे। ‘दिग्भ्रमित हुनु जरुरी छैन। हामी जहाँ थियौं, त्यहीँ छौं।’

पार्टीकै भविष्यका लागि बेला बेलामा अन्य समूहसँग सहकार्य हुँदैमा विचार समूहका नेताहरुले आफ्नो स्थान छोडेको भन्न नहुने उनको तर्क थियो। 
पार्टी मूल नेतृत्वले कांग्रेस र देशको भन्दा बढी गुटको महत्त्व दिएको भन्दै असन्तुष्टि पोखे। पार्टीमा भएको क्षति वर्तमान नेतृत्वले पूरा गर्नै नसक्ने ठोकुवा समेत उनले गरे। समयमा महाधिवेशन नहुने आशंका उनले समेत राखे।

‘जिल्लाहरुमा संगठन संरचना बन्न सकेको छैन। महाधिवेशन कार्यतालिका अवरुद्ध हुन पुगेको छ’, उनले भने।

संख्यामा कमजोर भए पनि तेश्रो धार विचारमा प्रधान भएको पौडेलको दाबी थियो। सिटौलाकै नेतृत्वमा वैचारिक बहस सञ्चालन गर्ने बताउँदै उनले महाधिवेशन समयमा गराउन आफ्नो समूहले दबाब बढाउने बताए।

नेपाल विद्यार्थी संघमा आफ्नो तर्फबाट महामन्त्री बनेका बलदेव तिमल्सिना र युवराज पाण्डेयले बैठकको संयोजन गरेका गरेका थिए। भेलामा सिटौला निकटका नेता कार्यकर्ता भरिएका थिए।  
 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:३८
  • #nepalicongress
  • #poltics
  • #congressleader

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्