एजेन्सी–भारतीय टेलिभिजन स्टार मेघा गुप्ताले श्रीमान् सिद्धान्त कार्निकसँग डिभोर्सको निर्णय गरेको सार्वजनिक भएको छ। उनीहरुले चार वर्ष अगाडि मात्रै विवाह गरेका थिए।
सिद्धान्तले लामो समयदेखि दुबै जना आफ्नो सम्बन्ध जोगाउन लागेको तर नसकेपछि डिभोर्सको निर्णयमा पुगेको बताएका छन्।
एकातिर डिभोर्सको खवर सार्वजनिक भइरहेको छ भने उनको सामाजिक सञ्जालमा एकपछि अर्को बोल्ड तस्बिर सार्वजनिक भइरहेका छन्। उनले विकिनीमा योगासन गरिरहेको तस्विर सार्वजनिक गरेकी छिन्। मेघा प्राय टेलिसिरियलहरुमा बुहारीको भुमिकामा देखिने गरेकी छिन्। उनले कुमकुम, कुसुम लगयतका सिरियलमा अभिनय गरेकी छिन्।
उनले समुन्द्री किनारमा खिचेका सेक्सी लुक्सका तस्बिरहरु समेत सार्वजनिक गरेकी छिन्। उनी फोटो सुटको शौखिन समेत मानिन्छिन्। प्राय सामाजिक सञ्जालमा नयाँ नयाँ बोल्ड तस्विरहरु राखिरहेकी हुन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।