एजेन्सी- बलिउड एक्टेरेस कियारा आडवाणी अहिले फिल्म भुलभलैया २ को सुटिङ्मा ब्यस्त छिन्। यसमा उनको अपोजिट छन् कार्तिक आर्यन। उनले अक्षय कुमार, दिलजीत दोसांझ अनी करीना कपूर अभिनित फिल्म गुड न्युजमा अभिनय गरेकी थिइन्।
भुलभुलैया २ पछि उनी अक्षय कुमारसँग लक्ष्मी बममा अभिनय गर्ने तयारीमा छिन्। तर उनको रहर भने अर्कै रहेछ। ब्यस्ताकै विचमा हालै आएको उनको एक अन्तर्वार्तामा उनले रणवीर सिंहसँग काम गर्न इच्छुक रहेको बताइन्। उनले रणविर रोचक अभिनेता भएकाले आफु काम गर्न इच्छुक भएको बताएकी थिइन्।
डब्बु रतनानीको क्यालेन्डरका लागि खिचाएको तस्बिरका कारण कियारा केही महिना अगाडि ट्रोलमा परेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।