• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रधानमन्त्री ओलीलाई शुभेच्छा पत्र 

डा सुवास प्याकुरेल मंगलबार, फागुन २७, २०७६  २१:०५
1140x725

सम्माननीय प्रधानमन्त्रीज्यू, 
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालको शय्यामा आराम गरिरहनुभएका यहाँलाई सर्वप्रथम शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आफैंमा आत्मविश्वासका धनी तपाईंले यति उच्चस्तरको उपचारका लागि नेपाली चिकित्सा जगतप्रति देखाउनुभएको विश्वासले नेपालको समग्र स्वास्थ्य क्षेत्र र आमनेपाली सबैको आत्मविश्वास ह्वात्तै बढाएको छ।

मिर्गौला प्रत्यारोपणका लागि तपाईंले सार्वजनिक अस्पताल, त्यो पनि नेपालको पहिलो मेडिकल कलेजको शिक्षण अस्पताल रोज्नुले पनि थप सकारात्मक सन्देश छोडेको छ। यसबाट  नेपाली स्वास्थ्य प्रणालीमा हाइलाइटर दलिएको अनुभूति भएको छ। निश्चय नै यसले देशको स्वास्थ्य विकासमा महत्व राख्ने नै छ। 

आफ्नो उपचार भएको अवस्थामा वा भनौं स्वास्थ्यको संवेदनशीलता र महत्व महसुस भएको अवस्थामा तपाईं मुलुकको कार्यकारी प्रमुख हुनुभएको नाताले यही मनोबल र महत्व कसरी तीन करोड नेपालीको विषयमा जोडेर लानु हुनेछ  भन्ने विषय बुँदागत रुपमा यसै शुभेच्छा पत्रमार्फत सेयर गर्ने अनुमति चाहन्छु।

प्रष्ट छ, प्रधानमन्त्रीको हैसियतमा आफ्नै शरीरको मुटु, मिर्गौला, फोक्सो, आँखा र अन्य अंगमात्र नभई नैतिक रुपमा तीन करोड नेपालीका तीन करोड मुटु, ६ करोड फोक्सो, ६ करोड मिर्गौला, ६ करोड आँखा लगायत तीन करोड शरीरकै जिम्मेवारी यहाँकै काँधमा छ।

यतिखेर तत्काल कदम चाल्नुपर्ने कोरोना भाइरस संक्रमणको रोकथाम  र परिआउँदा तत्सम्बन्धमा चालिनुपर्ने कदमका बारेमा  नेपालको तयारीको डोज पुगे/नपुगेको बहस चलिराखेको छ। यसै सन्दर्भमा तपाईंले यतिखेर महसुस गर्नु भएको स्वास्थ्य नै सर्वोपरी हो भन्ने भाव जोडेर हेर्नुहुनेछ भन्ने आशा सबै नेपालीले गरेका छन्। आरामका बेलामा पनि ग्रहण गर्न सकिने भएकाले निम्न तीन बुँदाहरु प्रमज्यू समक्ष राख्ने जमर्को गरेको छु। 

१. स्वास्थ्य सेवामा सेवापक्ष ओझेलमा परेका सन्दर्भमा 
प्रमज्यू, नेपालको संविधानमा जनस्वास्थ्यका लागि छुट्टै धारा नै खोलियो। स्वास्थ्य डोमेनलाई बहुआयामिक विधा मनेर होस्टिक मोडेलको कानुन पनि बनाइयो। पहिलेपहिलेको भन्दा उदार र फराकिलो स्वास्थ्य नीति पनि आयो। स्वास्थ्य क्षेत्रले तीन तहको सरकारको बुई चढेर घर-आँगनसम्म छिर्ने मौका पनि पायो।

चिकित्सा शिक्षा आयोगको गठनसँगै नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजप्रतिको फोकसको बिर्को उघारेर आफूलाई जनस्वास्थ्य संरक्षण र चिकित्सकीय गुणस्तरमा खटिने वातावरण पनि बन्यो। डाक्टर, नर्स, पारामेडिक्स, अस्पताल र मेडिकल कलेजको संख्या पनि बढेर गयो।

तर प्रमज्यू, सेवाग्राहीका रुपमा आम नागरिकका लागि माथि उल्लेखित सबै विकासक्रम फगत ‘ब्याक इन्ड’ मात्र हुन्। सेवाग्राहीले अनुभूति गर्ने ‘फ्रन्ट इन्ड’ भनेको आपत पर्दा पाइने जानकारी र सहयोग, बोलाउनासाथ आइपुग्ने सुविधायुक्त एम्बुलेन्स (हेर्दै ट्यांका जस्ता लाग्ने एम्बुलेन्स हैन है प्रमज्यू), अस्पतालमा टिकट काट्नकै लागि तीन घन्टा लाइन लाग्नुपर्ने अवस्था, परिआउँदा चित्त नबुझेको कुरा राख्न सक्ने अवस्था, परिआउँदा चित्त नबुझेको कुरा राख्न सक्ने व्यवस्था, अस्पताल र स्वास्थ्यकर्मीको राम्रो बोलीवचन, विश्वसनीय रिपोर्ट, रेफरलको सपोर्ट, शुल्क सम्बन्धी पूर्वजानकारी नियमन र नियन्त्रणको दायरामा रहने उपचार शुल्क र बिमामार्फत त्यसको उचित सम्बोधन जस्ता पक्षहरु हुन्। सेवापक्षको कुरालाई सांकेतिक रुपमा बोल्नुपर्दा यस्तो लाग्छ, मानौं राम्रोसँग पाकेको कुरालाई पनि पस्किने बेलामा ध्यान नपुर्‍याएझैं लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. डाटाकेन्द्रित हुनुपर्ने स्वास्थ्य क्षेत्र दाताकेन्द्रित भएको सन्दर्भमा 
प्रमज्यू, चिकित्सा क्षेत्रको विशिष्ट विशेषता भनेकै तथ्य र तथ्यांकमा टेकेर बोल्नु र नीति कोर्ने कलमको बिर्को खोल्नु हो। 

नेपालको सन्दर्भमा बिरामीका रेकर्डहरु बाक्ला फाइल र ढड्डाका रुपमा बेकारको ठाउँ ओगटेर बसेका छन्। उता डाक्टरले खोज्दा एक्स-रे हेर्न पाउँदैनन्, यता भने एक्स-रे प्लेट घरघरमा धुलो उडाउने र ग्रहण हेर्ने जस्ता काममा दुरुपयोग भइरहेका हुन्छन्।

छिट्टै नै प्रमज्यूले डिजिटल नेपालको नारा सफल पार्नमा सहायक हुनेगरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड र नेसनल हेल्थ ग्रिड सहितको एकीकृत हेल्थ सिस्टम, स्मार्ट हेल्थ कार्ड र त्यसैसँग बिमाको समन्वय गर्न सक्दामात्र स्वास्थ्य सेवा थप  व्यवस्थित, वैज्ञानिक, सरलीकृत र अनुसन्धानपरक बन्नेछ। यसबाट हाई भोल्युमको डोनर एजेन्सीहरुको बोली लो भोल्युममा झर्ने निश्चित हुन्छ। फलस्वरुप प्रकारान्तरमा नेपालको स्वास्थ्य क्षेत्र दाताकेन्द्रित नबनी डाटाकेन्द्रित बन्न पुग्छ। प्रमज्यू, जुन क्षेत्रमा पनि प्राविधिकसम्मत चल्दै जाँदा स्वतः विधिसम्मत बन्दै जान्छ नै।  

३. स्वास्थ्य बिमामा समस्याले सीमा नाघेको सन्दर्भमा 
सर्वव्यापी स्वास्थ्य पहुँच (युनिभर्सल हेल्थ कभरेज) को ग्लोबल नारा र संविधानको ३५ नम्बर धारा दुवैलाई साझा सम्बोधन गर्नसक्ने इन्जिनका रुपमा स्वास्थ्य बिमा आफैंमा उत्कृष्ट अभ्यास हो सैद्धान्तिक रुपले। स्वास्थ्य बिमाका अपरिहार्य पिलरहरु नठड्याई सुरु गरिएकाले विद्यमान बिमा कार्यक्रम आफैंमा फितलो छ र यसले आशातित आउटपुट दिन सकिरहेको छैन। आठ लाखभन्दा बढी बिमा दावी क्लियर हुन  नसकेको तथ्यांक बाहिरिँदा यसको भविष्यलाई लिएर चिन्ता बढ्दै गएको छ। 

जनताबाट पैसा उठाएर सेवाप्रदायक अस्पतालहरुलाई उधारोमा काम लगाएर उनीहरुको पैसा अड्काइँदैछ। यसबाट पब्लिक अस्पतालहरु सुक्दै जाने र पहुँच पुर्‍याउने निजी अस्पतालहरु फुक्दै जाने सम्भावना रहन्छ। 

प्रमज्यू, स्वास्थ्य बिमाका विषयमा काँक्रो काट्दाको झैं तपाईंलाई रिपोर्टिङ हुँदा तितो-तितो फालेर मिठो-मिठो मात्रै सुनाइएको हुन सक्छ। कृपया क्रस चेक गर्नुहोला। 

प्रमज्यू, रिकभरी फेजमा भएका बेला तपाईंको दिमागमा समस्याको भारी बोकाउन खोजेको भने होइन। यस पत्रको आसय अस्पतालको बेडमा रहँदा अस्पताल, उपचार र जनताको स्वास्थ्यको विषयमा तपाईंको ध्यान तानोस् भन्ने मात्र हो। 

तेस्रो पक्षले बिल भुक्तानी गर्ने सवारी दुर्घटनाको उपचार विषय, पर्यटकको स्वास्थ्यको विषय, बाहिर जानेहरुका लागि गरिने स्वास्थ्य परीक्षणको विषय र त्यसभित्र रहेको झेली खेलले  कसरी स्वास्थ्य क्षेत्रलाई दूषित गरेको छ भन्ने त पछि भनौंला।

यहाँलाई पुन एक पटक शीघ्र स्वास्थ्यलाभको कामना। अहिलेलाई बिट मार्ने अनुमति चाहन्छु। 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्