• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
स्थानीय तहका सहकारीमा चुनौतीका चाङ, नियमन र अनुगमन गर्ने निकाय बेखबर
64x64
नेपाल लाइभ शनिबार, फागुन २४, २०७६  ०७:११
1140x725

काभ्रे- सहकारी ऐन २०७४ लागू भइसकेपछि स्थानीय र प्रदेश सरकारको मातहतमा गएका सहकारी संस्थाहरुमा पछिल्लो २ वर्षदेखि नियमित अनुगमन र नियमन हुन सकेको छैन।
साविकका सहकारी डिभिजन कार्यालयले गरिरहेको काम संघीयता कार्यान्वयनपछि दर्ता, नियमन, अनुगमन, खारेजीलगायत अधिकार दिएर स्थानीय तहलाई  हस्तान्तरण गरिएको थियो। तर, स्थानीय तहले सहकारी क्षेत्रसँग सम्बन्धित प्रशासनिक कार्यहरु चुस्त-दुरुस्त रुपमा संचालन गर्न नसक्दा समस्या देखिएको हो। 

शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले काभ्रेका स्थानीय तहसँग गरेको `स्थानीय तहमा सहकारी´ विषयक छलफल कार्यक्रममा त्यहाँका जनप्रतिनिधि र कर्मचारीले सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको धारणा राखेका छन। सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न नसक्नु, नियमित नियमन र अनुगमन नहुनु, कर्मचारी अभाव र सहकारी क्षेत्रलाई गरिने उपेक्षाजस्ता कारणले समस्या निम्तिएको उनीहरुले गुनासो पोखेका हुन्।

साविकका सहकारी डिभिजन कार्यालयले १ लाख ३० हजार सदस्यसहित काभ्रे जिल्लामा १ हजार ४ सय ९७ सहकारी दर्ता रहेको तथ्यांक र तिनका कागजात  स्थानीय तहलाई बुझाएको थियो। तर, ती सहकारी संस्थाहरु दुई वर्ष बितिसक्दा पनि स्थानीय तहमा सूचीकृत भएका छैनन्।

काभ्रे जिल्ला सहकारी संघका सचिव दिलीप शर्माका अनुसार सहाकारीहरुको तथ्यांक संकलनमै स्थानीय तहलाई सकस परिरहेको छ। `१ हजार ४ सय बढी सहकारी संस्था रहे पनि ४ दर्जन सहकारी मात्रै सूचीकृत भएर तथ्यांक बुझाएका छन्। यो वर्षभित्र ६ सयको हाराहारीमा आउने अपेक्षा हाम्रो छ,' शर्मा भन्छन्।' सूचीकृत हुन आउन बारम्बार भन्दा पनि नआएको उनको भनाई छ। `कुन संस्था सक्रिय र कुन निस्क्रिय छन् भन्ने नै थाहा छैन स्थानीय तहलाई। अहिले सम्पत्ति सुद्धिकरण निवारण, कोपोमिस कार्यान्वयन, ऐन नियमावली कार्यान्वयनजस्ता विषय आइरहेका छन्। तर जिल्लाका कतिपय संस्थाहरुले सहकारीका साधारण सिद्धान्तनै बुझ्दैनन्,' शर्माले भने।

मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही अहिले स्थानीय सरकार आफैं अलमलमा भएका कारण सहाकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको स्वीकार्छिन्। `हामीले स्थानीय सरकार संचालन सम्बन्धी कानुनका आधार निर्माण पनि गर्नुपर्ने र कार्यान्वयन पनि गर्नुपर्ने काम सँगसँगै गर्नुपर्ने भएका कारण धेरै कुरामा अफ्ठेरो छ। बिस्तारै सिक्ने क्रममा छौं,´ उनले भनिन। 

स्थानीय तहले सहकारी क्षेत्र संचालन गर्न नसकेको र त्यसलाई प्रदेश वा संघ मातहत ल्याउनु पर्ने आवाज उठ्न थालेको प्रति पनि उनले असन्तुष्टि जनाइन्। `हामीले सोचेअनुरुप काम गर्न नसकेको सत्य हो। तर हाम्रो क्षमता विकासका लागि गम्भीरताका साथ लागिरहेका छौं। कसैले स्थानीय तहको अधिकार खोस्न पाइँदैन। हामी अधिकार सम्पन्न भयौं, बिस्तारै क्षमतासम्पन्न पनि हुन्छौं,´ उपप्रमुख शाहीले भनिन्। स्थानिय तहमा कर्मचारी अभावका कारण सबै क्षेत्रलाई महत्व दिन नसकेको उनले स्वीकारिन्।

पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले सहकारी क्षेत्र ग्रामिण अर्थतन्त्र र वस्तु बजारीकरणसँग प्रत्यक्ष रुपमा जोडिएको भएपनि स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको बताइन्। `सहकारी क्षेत्रका लागि पर्याप्त बजेट भएन, कर्मचारी ब्यवस्थापन भएन भन्ने गुनासो छ। हामीले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्‍याैं। कर्मचारी खटनपटन पनि बिस्तारै व्यवस्थित हुँदैछ,´उनले भनिन्।

स्थानीय सरकारको अकर्मण्यता र कार्यक्षमता अभावका कारण नियमित नियमन र अनुगमन हुन नपाएका सहकारी संस्थाहरु स्वनियममा बसेर आर्थिक अनुशासन पालना र वित्तीय पारदर्शिता कायम गरिरहेको अवस्थामा छ्न्। तर, पनौती नगरपालिकाका सहकारी रजिस्टार इन्द्र प्रसाद अधिकारी सहकारी हेर्ने सामर्थ्य स्थानीय तहले राख्ने बताउँछन्। `सहकारी क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि कार्यविधि बन्ने क्रममा रहेका छन्। चाँडै सबै स्थानीय तहले त्यो बनाउँछौ। स्थानीय निकायले काम गर्न सक्दैन भनेर सहकारी हेर्ने अधिकारमाथि लग्ने भन्ने हुँदैन।अहिले सबै सिक्ने क्रममा छौं,´ उनले भने।

Ncell 2
Ncell 2

पनौती नगरपालिकामा अहिले २ सयको हाराहारी सहकारी छन्। तर, ती सबै सहकारीको विवरण भने नगरपालिका सँग छैन। 

नमोबुद्ध नगरपालिकाका सहकारी शाखा हेर्ने अधिकृत विमल कोइराला उक्त नगरपालिकामा रहेका १०४ वटा सहकारी मध्ये आधा मात्रै संचालनमा रहेको बताउँछन्। बाँकी  सहकारी कसरी संचालन भइरहेका छन् र कस्तो अवस्थामा छन भन्ने आफूलाई जानकारी नभएको उनको भनाई छ। कानुनी अस्पष्टता र जटिलताका कारण सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको पनि उनको भनाई छ।

`सहकारी क्षेत्रमा अहिले मुख्य रुपमा ऐन नियम कसरी कार्यान्वयन गराउने भन्ने समस्या छ। सेवा केन्द्र खोल्न आउनेलाई कसले स्वीकृत गर्ने? अनुगमन कसरी गर्नेजस्ता समस्या छन्। सहकारी संस्थाहरुलाई लेखा सम्बन्धी तालिमको पनि आवस्यकता छ,´उनले भने। 

पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले तत्कालीन सहकारी डिभिजन कार्यालयबाट नगरपालिकाले १ सय ३७ वटा सहकारीका फाइल बुझेर लगेको र ती फाइलमा दर्ता गर्दा मागिएका सामान्य कागजात बाहेक अरु कुनै कागजात नरहेको बताए।

संस्थाको वार्षिक प्रगति विवरणलगायत तथ्यांक नगरपालिकासँग नरहेको उनको भनाई छ। बजेट अभावका कारण अनुगमनमा समस्या हुने गरेको पनि उनले गुनासो पोखे। `हामी अहिले शून्य बजेटमा काम गरिरहेका छौं। सहकारी क्षेत्रका लागि नगरपालिकाले बजेट नै छुट्याइएको छैन। यसले अनुगमनलगायतका काममा अफ्ठेरो छ,' उनले भने।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सहकारीको कार्यक्षेत्र हेरेर प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेको भएपनि उनीहरुले त्यस क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताउँछन्। `सहकारी हस्तान्तरण गरियो तर व्यवस्थित हुन सकेको छैन। ऐन नियम कार्यविधि भन्दा बाहिर कृयाकलापहरु हुने गरेका छन्। तर, स्थानीय तह र प्रदेश सरकार यसमा गम्भीर छैनन्,´ उनले भने।

केहि प्रदेश र स्थानीय तहले सहकारी क्षेत्र नियमन गर्न बनाएको ऐन नियम संघसँग बाझिएको र अधिकांशले ऐन नियमावली नै नबनाएको उप्रेतीको भनाई छ। यस्ता समस्या समाधानका लागि सहकारी अभियान हरेक स्थानीय तहसँग समन्वय गर्न तयार रहेको पनि उनले बताए।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल र जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्णभक्त थापा पनि स्थानीय सरकारले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताउँछन्।आवश्यक नियमन र अनुगमन सँगसँगै स्थानीय सरकारले सहकारीलाई प्रवर्द्धनसमेत गर्नुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको भनाई छ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
सम्बन्धित सामग्री
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र... आइतबार, असार १, २०८२
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित आइतबार, असार १, २०८२
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै आइतबार, असार १, २०८२
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनकाे उपचार जारी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्