विराटनगर– बिहे गर्ने आश्वासनमा एक महिलालाई यौन शोषण गरी गर्भवती भएपछि हत्या गर्न खोज्ने युवक पक्राउ परेका छन्।
सुनसरीको बराह नगरपालिका ७ का २३ वर्षीय अजय झालाई प्रहरीले पक्राउ गरेको हो।
उनले एक ३० वर्षीया महिलालाई फागुन २६ गते भाउन्नेको जंगलमा लगेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ। महिला ७ महिने गर्भवती भएपछि उनले जंगलमा लगेर घाँटी थिची हत्या प्रयास गरेका हुन्। हत्याको क्रममा अन्य व्यक्तिहरु देखेपछि उनी भागेका थिए।
घटनापछि भागेका उनलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो। उनलाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन मुद्धामा कारबाही हुने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।
जंगलमा घाँस काट्न गएका महिलाले प्रहरीलाई खबर गरी महिलाको उद्धार गरिएको थियो। अस्पतालमा महिलाको बच्चा जन्मिएको र बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पीडित महिला एक होटमाल काम गर्दथिन्। श्रीमानले अर्काे बिहे गरेपछि उनी एक्लै बस्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।