• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीश राणा जोडिएको एक पोखरीको जग्गा विवाद : ३ वर्षसम्म आएन सुनुवाइको पालो 

उल्टेला त प्रधानन्यायाधीशको फैसला?
64x64
नेपाल लाइभ बिहीबार, फागुन २२, २०७६  ०६:२४
1140x725

काठमाडौं–वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको आदेशले व्यक्तिको भएको महोत्तरीको सार्वजनिक पोखरीको जग्गा विवाद ३ वर्षमा एक पटक पनि सुनुवाइ हुन सकेको छैन। 

२०७३ सालमा सर्वोच्चमा सरकारका तर्फबाट दर्ता भएको निवेदन आठ पटक पेशी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ हुन नसकेको हो। 

महोत्तरी जलेश्वर नगरपालिकामा रहेको कित्ता नम्वर ११८ को १९ कठ्ठा १९ धुर पोखरीको जग्गा विवाद २४ न्यायाधीशको इजलाशमा पेशी तोकिँदा पनि सुनुवाइ हुन नसकेको हो। 

प्रधानन्यायाधीश राणा र  र पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको इजलाशले सार्वजनिक पोखरीलाई व्यक्तिको हुने फैसला सुनाउँदै २०७२ जेठ १८ गते मालपोत कार्यालय महोत्तरीलाई दर्ता गर्न आदेश भएको थियो। 

यस्तो थियो विवाद 

महोत्तरी जलेश्वर नगरपालिकामा रहेको उक्त जग्गाको विवाद २०४२ सालदेखि भएको थियो। जलेश्वर नगरपालिकाका राघो ठाकुर भुमिहार, कमलदेव ठाकुर, महादेव ठाकुर, लक्ष्मण ठाकुर, मदन ठाकुर र वेचनदेव ठाकुरले उक्त पोखरी आफ्नो पुर्खाको भन्दै गाउँ ब्लकमा रहेको जग्गा व्यक्तिको हुनुपर्ने भन्दै दर्ताको चलखेल सुरु गरेका थिए। २०२४/२५ सालमा आफ्ना पुर्खाले कमाएको अंशबण्डासमेत गरेको दाबीसहित उनीहरूले जग्गा कब्जाको प्रयास गरेका थिए।   उनीहरूले उक्त जग्गाको पानीपोत कर जिल्ला विकास समितिमा बुझाएको र २०४२ कात्तिक ३० मा जग्गा दर्ता गर्ने मिलापत्र भएको दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

२०१६ सालदेखि उक्त जग्गा आफूहरूले भोगचलन गरेको तर नापी हुँदा पोखरीको डिल र त्यसवरपरको जग्गा ‘गाउँ ब्लक’मा राखी नापी भएको उनीहरूको दाबी थियो। 

पोखरी भित्रको जग्गा २०२६ सालमा कित्ता नम्बर ११८ कायम भई नापी भएको थियो। सोही दाबी लिएर उनीहरूले सुरुमा २०५१ चैत १३ गते छुट जग्गा दर्ता गरि पाउँ भन्दै मालपोत कार्यालय महोत्तरीमा निवेदन दिएका थिए। उनीहरूको निवेदनमा कुनै टुङ्गो नलगाई मालपोतले उक्त जग्गा सरकारी भएको निर्णय गरेको थियो।  तर २०५७ सालमा नापी हुँदा पनि उक्त जग्गा सार्वजनिक ऐलानीको रुपमा कायम भयो। नापीमा पुनः जग्गा सार्वजनिक भएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दायर गरे।

२०१६ सालदेखि आफ्नो पुर्खाले कमाएको जग्गा २०२५ पछि सार्वजनिक भएकाले मालपोत र नापी कार्यालयको उक्त निर्णय बदर हुुनपर्ने माग गर्दै उनीहरूले रिट दायर गरे। उक्त रिटमा फैसला सुनाउँदै तत्कालीन उच्च अदालत जनकपुरले २०६६ मंसिर २२ गते दाबी नपुग्ने फैसला सुनायो। न्यायाधीशहरू सुरेन्द्रवीरसिंह बस्न्यात र राजकुमार वनको इजलाशले निवेदकको दाबी नपुग्ने भन्दै उक्त जग्गा सार्वजनिक भएको ठहर गर्‍यो। 

‘नापी हुँदा ऐलानी जनिएको, नापीको समयमा कानुनबमोजिम आफ्नो नाममा दर्ता नगराई पोत मिनाहा भएको अवस्था पछाडीमात्र पानी कर तिरेको भन्ने आधारमा ऐलानी पोखरी सार्वजनिक हित प्रतिकुल हुने गरि व्यक्तिको नाममा गर्न मिल्ने देखिँदैन’ उच्चको फैसलामा भनिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उच्च अदालतमा मुद्दा हारेलगत्तै उनीहरू सर्वोच्च आए। २०६७ सालमा उनीहरूले दायर गरेको निवेदनमा सर्वोच्चले पुनरावेदनको अनुमति दियो।  २०७० भदौ १६ गते सर्वोच्चले उक्त मुद्दामा पोखरीको डिल अंशबण्डा भएको देखिएको दाबी गर्दै निस्सा हुने आदेश गरेको थियो। सर्वोच्चको यो आदेशपछि यो विवाद पुनः सर्वाेच्चमा सुरु भएको थियो। 

उक्त मुद्दामा फैसला सुनाउँदै २०७० जेठ १८ गते प्रधानन्यायाधीश राणा र पूर्व प्रधानन्यायाधीश साहको इजलाशले व्यक्तिको दाबी पुग्ने भएकाले दर्ता गर्नु भनि फैसला सुनायो। 

सर्वोच्चले पोखरी व्यक्तिको भएको ठहर गर्नका लागि २०१६ सालमा पारित भएको लिखत बण्डापत्र र जलेश्वर नगरपालिकाले मिलापत्र गराएको तर्क अघि सार्‍यो। सर्वोच्चले फैसला गर्दा छुट जग्गा दर्ता गरि पाउँ भनि निवेदन दिएकै अवस्थामा सरकारले उक्त जग्गा सार्वजनिक भएको भनि मालपोत कार्यालयले निर्णय गरेको नमिलेको ठहर गर्दै तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला पनि उल्टायो। 

३ वर्षमा सधैं सुनुवाइ सर्दै

सरकारी पक्षले हारेपछि भूमिसुधार विभाग, मालपोत कार्यालय लगायतले पुनरावेदन निवेदन दिए। २०७३ असोज १० गते सरकारी निवेदन सर्वोच्चमा दर्ता भयो। उक्त निवेदन पटक–पटक पेशी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ। 

हालसम्म उक्त मुद्दामा आठ पटक पेशी तोकिएको छ तर एक पटक पनि सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दा हालसम्म २४ न्यायाधीशको इजलाशमा पेशी तोकिएको छ। पहिलो पटक २०७५ पुस १२ गते न्यायाधीशहरू प्रकाशमान सिंह, पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा पेशी थियो भने अन्तिम पटक २०७६ माघ ९ गते पेशी रहेको थियो।

उक्त मुद्दा हालसम्म दुई पटक विपक्षका कानुन व्यवसायीले हटाएका छन् भने ६ पटक हेर्न नमिल्ने हुँदै सुनुवाइ सर्दै आएको छ। उक्त मुद्दा प्रधानन्यायाधीश राणा डम्बरबहादुर शाही, हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले हेर्न मिल्दैन। एक पटक प्रधानन्यायाधीश राणा आफैंले आफूसहितको इजलाशमा पनि पेशी तोकेका थिए। २०७६ असार २६ गते राणा र कुमार रेग्मी र मनोजकुमार शर्माको इजलाश तोकिएको थियो। पहिलो फैसलामा संलग्न भएकाले उनले उक्त मुद्दा हेरेनन्। 

प्रधानन्यायाधीशको फैसला उल्टेला त? 

उक्त मुद्दाको पेशी बिहीबार तीन न्यायाधीशको पूर्ण इजलाशले सुनुवाइ गर्ने छ। इजलाशले यसअघिको संयुक्त इजलाशको आदेश सदर गरेमा उक्त जग्गा व्यक्तिको हुने छ। यदि प्रधानन्यायाधीश सहितको इजलाशको आदेश बदर गरेमा सार्वजनिक ठहर हुने छ। 

यस्तो छ फैसला

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
केनले जिते बालोन डी’ओर
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्