• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीश राणा जोडिएको एक पोखरीको जग्गा विवाद : ३ वर्षसम्म आएन सुनुवाइको पालो 

उल्टेला त प्रधानन्यायाधीशको फैसला?
64x64
नेपाल लाइभ बिहीबार, फागुन २२, २०७६  ०६:२४
1140x725

काठमाडौं–वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको आदेशले व्यक्तिको भएको महोत्तरीको सार्वजनिक पोखरीको जग्गा विवाद ३ वर्षमा एक पटक पनि सुनुवाइ हुन सकेको छैन। 

२०७३ सालमा सर्वोच्चमा सरकारका तर्फबाट दर्ता भएको निवेदन आठ पटक पेशी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ हुन नसकेको हो। 

महोत्तरी जलेश्वर नगरपालिकामा रहेको कित्ता नम्वर ११८ को १९ कठ्ठा १९ धुर पोखरीको जग्गा विवाद २४ न्यायाधीशको इजलाशमा पेशी तोकिँदा पनि सुनुवाइ हुन नसकेको हो। 

प्रधानन्यायाधीश राणा र  र पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको इजलाशले सार्वजनिक पोखरीलाई व्यक्तिको हुने फैसला सुनाउँदै २०७२ जेठ १८ गते मालपोत कार्यालय महोत्तरीलाई दर्ता गर्न आदेश भएको थियो। 

यस्तो थियो विवाद 

महोत्तरी जलेश्वर नगरपालिकामा रहेको उक्त जग्गाको विवाद २०४२ सालदेखि भएको थियो। जलेश्वर नगरपालिकाका राघो ठाकुर भुमिहार, कमलदेव ठाकुर, महादेव ठाकुर, लक्ष्मण ठाकुर, मदन ठाकुर र वेचनदेव ठाकुरले उक्त पोखरी आफ्नो पुर्खाको भन्दै गाउँ ब्लकमा रहेको जग्गा व्यक्तिको हुनुपर्ने भन्दै दर्ताको चलखेल सुरु गरेका थिए। २०२४/२५ सालमा आफ्ना पुर्खाले कमाएको अंशबण्डासमेत गरेको दाबीसहित उनीहरूले जग्गा कब्जाको प्रयास गरेका थिए।   उनीहरूले उक्त जग्गाको पानीपोत कर जिल्ला विकास समितिमा बुझाएको र २०४२ कात्तिक ३० मा जग्गा दर्ता गर्ने मिलापत्र भएको दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

२०१६ सालदेखि उक्त जग्गा आफूहरूले भोगचलन गरेको तर नापी हुँदा पोखरीको डिल र त्यसवरपरको जग्गा ‘गाउँ ब्लक’मा राखी नापी भएको उनीहरूको दाबी थियो। 

पोखरी भित्रको जग्गा २०२६ सालमा कित्ता नम्बर ११८ कायम भई नापी भएको थियो। सोही दाबी लिएर उनीहरूले सुरुमा २०५१ चैत १३ गते छुट जग्गा दर्ता गरि पाउँ भन्दै मालपोत कार्यालय महोत्तरीमा निवेदन दिएका थिए। उनीहरूको निवेदनमा कुनै टुङ्गो नलगाई मालपोतले उक्त जग्गा सरकारी भएको निर्णय गरेको थियो।  तर २०५७ सालमा नापी हुँदा पनि उक्त जग्गा सार्वजनिक ऐलानीको रुपमा कायम भयो। नापीमा पुनः जग्गा सार्वजनिक भएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दायर गरे।

२०१६ सालदेखि आफ्नो पुर्खाले कमाएको जग्गा २०२५ पछि सार्वजनिक भएकाले मालपोत र नापी कार्यालयको उक्त निर्णय बदर हुुनपर्ने माग गर्दै उनीहरूले रिट दायर गरे। उक्त रिटमा फैसला सुनाउँदै तत्कालीन उच्च अदालत जनकपुरले २०६६ मंसिर २२ गते दाबी नपुग्ने फैसला सुनायो। न्यायाधीशहरू सुरेन्द्रवीरसिंह बस्न्यात र राजकुमार वनको इजलाशले निवेदकको दाबी नपुग्ने भन्दै उक्त जग्गा सार्वजनिक भएको ठहर गर्‍यो। 

‘नापी हुँदा ऐलानी जनिएको, नापीको समयमा कानुनबमोजिम आफ्नो नाममा दर्ता नगराई पोत मिनाहा भएको अवस्था पछाडीमात्र पानी कर तिरेको भन्ने आधारमा ऐलानी पोखरी सार्वजनिक हित प्रतिकुल हुने गरि व्यक्तिको नाममा गर्न मिल्ने देखिँदैन’ उच्चको फैसलामा भनिएको थियो। 

उच्च अदालतमा मुद्दा हारेलगत्तै उनीहरू सर्वोच्च आए। २०६७ सालमा उनीहरूले दायर गरेको निवेदनमा सर्वोच्चले पुनरावेदनको अनुमति दियो।  २०७० भदौ १६ गते सर्वोच्चले उक्त मुद्दामा पोखरीको डिल अंशबण्डा भएको देखिएको दाबी गर्दै निस्सा हुने आदेश गरेको थियो। सर्वोच्चको यो आदेशपछि यो विवाद पुनः सर्वाेच्चमा सुरु भएको थियो। 

उक्त मुद्दामा फैसला सुनाउँदै २०७० जेठ १८ गते प्रधानन्यायाधीश राणा र पूर्व प्रधानन्यायाधीश साहको इजलाशले व्यक्तिको दाबी पुग्ने भएकाले दर्ता गर्नु भनि फैसला सुनायो। 

सर्वोच्चले पोखरी व्यक्तिको भएको ठहर गर्नका लागि २०१६ सालमा पारित भएको लिखत बण्डापत्र र जलेश्वर नगरपालिकाले मिलापत्र गराएको तर्क अघि सार्‍यो। सर्वोच्चले फैसला गर्दा छुट जग्गा दर्ता गरि पाउँ भनि निवेदन दिएकै अवस्थामा सरकारले उक्त जग्गा सार्वजनिक भएको भनि मालपोत कार्यालयले निर्णय गरेको नमिलेको ठहर गर्दै तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला पनि उल्टायो। 

३ वर्षमा सधैं सुनुवाइ सर्दै

सरकारी पक्षले हारेपछि भूमिसुधार विभाग, मालपोत कार्यालय लगायतले पुनरावेदन निवेदन दिए। २०७३ असोज १० गते सरकारी निवेदन सर्वोच्चमा दर्ता भयो। उक्त निवेदन पटक–पटक पेशी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ। 

हालसम्म उक्त मुद्दामा आठ पटक पेशी तोकिएको छ तर एक पटक पनि सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दा हालसम्म २४ न्यायाधीशको इजलाशमा पेशी तोकिएको छ। पहिलो पटक २०७५ पुस १२ गते न्यायाधीशहरू प्रकाशमान सिंह, पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा पेशी थियो भने अन्तिम पटक २०७६ माघ ९ गते पेशी रहेको थियो।

उक्त मुद्दा हालसम्म दुई पटक विपक्षका कानुन व्यवसायीले हटाएका छन् भने ६ पटक हेर्न नमिल्ने हुँदै सुनुवाइ सर्दै आएको छ। उक्त मुद्दा प्रधानन्यायाधीश राणा डम्बरबहादुर शाही, हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले हेर्न मिल्दैन। एक पटक प्रधानन्यायाधीश राणा आफैंले आफूसहितको इजलाशमा पनि पेशी तोकेका थिए। २०७६ असार २६ गते राणा र कुमार रेग्मी र मनोजकुमार शर्माको इजलाश तोकिएको थियो। पहिलो फैसलामा संलग्न भएकाले उनले उक्त मुद्दा हेरेनन्। 

प्रधानन्यायाधीशको फैसला उल्टेला त? 

उक्त मुद्दाको पेशी बिहीबार तीन न्यायाधीशको पूर्ण इजलाशले सुनुवाइ गर्ने छ। इजलाशले यसअघिको संयुक्त इजलाशको आदेश सदर गरेमा उक्त जग्गा व्यक्तिको हुने छ। यदि प्रधानन्यायाधीश सहितको इजलाशको आदेश बदर गरेमा सार्वजनिक ठहर हुने छ। 

यस्तो छ फैसला

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र... मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्