• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शल्यकक्षमा प्रधानमन्त्री : यसरी हुँदैछ मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीको शरीरमा अब चार वटा मिर्गौला
64x64
नेपाल लाइभ बुधबार, फागुन २१, २०७६  १३:०१
1140x725
फाइल तस्बिर
  • डा नारायण भुसाल

मिर्गौला प्रत्यारोपण गर्न सामान्यतयाः डेढदेखि दुई घन्टा समय लाग्छ। तर, बिरामीको अवस्था हेरी योभन्दा बढी समय पनि लाग्न सक्छ। शल्यक्रिया गर्नुअघि मिर्गाैला दिने र लिने र दुवैलाई ६ देखि ८ घन्टा खाली पेट राखिएको हुन्छ। तर नशाबाट स्लाइन दिइरहेको हुन्छ। 

मिर्गौला लिने र दिने व्यक्तिलाई एकै पटक अप्रेसन कक्षमा लगिन्छ। सुरुमा मिर्गौला लिने व्यक्तिलाई ढाडबाट दुखाइ कम गर्ने औषधि दिइन्छ। जसलाई इपिड्युरल एनेस्थेसिया भनिन्छ। यो औषधिले बिरामीलाई शल्यक्रिया गर्दा र पछि दुखाइ कम गर्न मद्दत गर्छ। साथै अर्को एउटा औषधि पनि दिइएको हुन्छ।

शल्यक्रिया बेहोस पारेर वा नपारी दुवै तरिकाले गर्न सकिन्छ। तर धेरैजसो शल्यक्रिया बेहोस पारेर नै गरिन्छ। त्यसले चिकित्सक र बिरामी दुवैलाई बढी सजिलो हुन्छ। 

मिर्गौला दिने र लिने व्यक्तिका लागि दुई वटा चिकित्सकीय टिम तयार भएको हुन्छ। एउटा टिमले लिने व्यक्ति र अर्को टिमले दिने व्यक्तिसँग काम गरिरहेको हुन्छ। लिने व्यक्तिलाई तयार पारेपछि अर्को टिमले दिने व्यक्तिको मिर्गौला निकाल्ने काम गर्छ।  

मिर्गौला दुई तरिकाबाट झिकिन्छ। एउटा घाउ बनाएर र अर्को घाउ नबनाई ल्याप्रोस्कोपीको दूरबिनको माध्यमबाट। धेरैजसो घाउ नबनाई मिर्गौला निकाल्ने गरिन्छ। याद गर्नुपर्ने कुरा के हो भने धेरैजसो मिर्गौला देब्रेपट्टिको झिकिन्छ। देब्रेपट्टिको भेन (नशा) लामो हुने भएकाले जोड्न सजिलो हुन्छ। तर दायाँपट्टिको झिक्नै नमिल्ने भने होइन। 

nimb
nimb
Ncell 2
Ncell 2

एकातिर मिर्गौला झिक्ने काम हुन्छ भने अर्कोतिर चिकित्सकीय टिमले मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिको शरीरमा ठाउँ बनाइरहेको हुन्छ। यो ठाउँ तयार पार्ने कामलाई चिकित्सकीय भाषामा बेड प्रिपियर भनिन्छ। मिर्गौला झिकिसकेपछि त्यसलाई सफा गर्नुपर्छ। झिक्ने बित्तिकै तुरुन्तै लगेर अर्को बिरामीको शरीरमा टाँस्ने होइन। झिकेको मिर्गौलालाई स्लाइनले आइसमा डुबाउँदै सफा गरिन्छ। त्यसपछि चिसोमा राखिन्छ। मिर्गौलामा भएको रगत, फ्याटहरु सफा गर्नुपर्ने हुन्छ। त्यसपछि तुरुन्तै लिने व्यक्तिमा लगेर टाँसिन्छ। 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराइरहनु भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा अहिले तीन वटा मिर्गौला छन्। दुई वटा आफ्नै मिर्गौला र अर्को १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला। बुझ्नुपर्ने कुरा के हो भने, प्रत्यारोपण गर्दा शरीरमा भएको मिर्गौला झिकेर फालिँदैन। नाइटोमुनि शरीरको भित्री भागको दायाँ या बायाँ लगेर जोड्ने हो।

प्रधानमन्त्रीको पहिले नै दायाँ भागमा नाइटोमुनि तेस्रो मिर्गौला भएकोले अब बायाँपट्टि नाइटोमुनि चौथो मिर्गौला राखिने छ। मिर्गौला टाँसिसकेपछि नशा जोड्ने काम हुन्छ। मिर्गौला प्रत्यारोपणको सबैभन्दा चुनौतीपूर्ण काम रगतका नशा र पिसाब नली जोड्ने हो। नयाँ मिर्गौलाको रक्तनलीहरु बिरामीको पेटको तल्लो भागमा रगत नली जोडिएको हुन्छ। बिरामीको पिसाब नली र नयाँ मिर्गौलाको पिसाब नली जोड्ने बित्तिकै बिरामीले पिसाब फेर्न थालिहाल्छ।

त्यसका लागि ३० देखि ४५ मिनेट समय लाग्छ। त्यसपछि बन्द गर्ने र सफा गर्ने काम गरिन्छ। मिर्गौला प्रत्यारोपण गरेको बिरामीले सुरुमा धेरै पिसाब फेर्छ। प्रत्यारोपण गरेको दिनभरिमा ८ लिटरसम्म पिसाब फेर्न सक्छ। त्यसपछि बिरामीलाई विभिन्न नदुख्ने र अन्य एन्टिबायोटिक औषधि दिइन्छ। शल्यक्रिया गरेको ६ घन्टापछि बिरामीलाई केही पानी र अन्य झोल खानेकुरा दिइन्छ। 

यो बीचमा बिरामीको रगतको जाँच भइरहेको हुन्छ। भोलिपल्ट बिरामीलाई सामान्य हिँडडुल गर्न, खान दिइन्छ। शल्यक्रिया गरेको ५ देखि ७ दिनमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ। मिर्गौला दिने व्यक्तिलाई ३ दिनसम्म अस्पतालमा राखिन्छ। त्यसपछि उसलाई डिस्चार्ज दिन मिल्छ। अहिले मिर्गौला प्रत्यारोपण गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको  हकमा पनि यही प्रक्रिया लागू हुन्छ।

नोट : किस्ट मेडिकल कलेजका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा भुसाल प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रत्यक्ष संलग्न छैनन्। याे सामग्री मिर्गौला प्रत्यारोपण प्रक्रियाका विषयमा डा भुसालसँग स्वास्थ्यखबरका लागि कल्पना पौडेलले गरेको कुराकानीमा आधारित हो।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
सम्बन्धित सामग्री
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको... बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश दरपिठ आदेश सदरपछि महान्यायाधिवक्ता कँडेललाई काम गर्न बाटो खुलेको छ । दरपिठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गत चैत ३० गते भिन्नै न... बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख ३, २०८३
कांग्रेस विवाद मुद्दा : बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्