• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर 

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  १९:२६
1140x725

काठमाडौ– जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। 

जिल्ला अदालत धनुषाको फैसलाले हाल नख्खु जेलमा थुनामा रहेका उनलाई विशेषले पनि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार गरेको ठहर गरेको हो। 

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी ,शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलाशले साहलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।

विशेषले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र १९ कराेड ४४ लाख ३८ हजार ९ सय बिगाे र साेही बराबर जरिवाना अनि सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर‚ सजाय पछि निर्धारण गर्ने भएकाे छ। 

जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’विरुद्धका २०७३ पुस २५ र २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेषले टक्लाको मुद्दामा गत शुक्रबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो। साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो। साहले मन्त्री र सांसदको रुपमा पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको जिकीर गर्दै २०७३ पुस २५ गते अख्तियारले मुद्दा दायर गरेको थियो।

सम्पत्ति शुद्धिकरण विभागले २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Ncell 2
Ncell 2

अख्तियारको दाबी साढे ३१ करोड‚ विशेषद्वारा ३९ करोड ठहर

अख्तियारले साहविरुद्ध अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको थियो। व्यवस्थापिका संसदका सदस्य (सभासद) तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनयापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

साहविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको थियो। आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य (सभासद) भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेलामा समेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वाभाविक रुपमा सम्पत्ति लुकाएको अख्तियारको दाबी थियो। 

साहले आफू तथा परिवारका सदस्यका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोबार, ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीका नामबाट भएका आर्थिक कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। 

आयआर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अख्तियारको अभियोगमा उल्लेख छ। 

अख्तियारले साहलाई बिगो ३१ करोड ५० लाख २६ हजार कायम गरी असुल गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय गर्न माग गरेको छ। 


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साहविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। 

विभागले साहले गैरकानुनी रुपमा डर/धम्की देखाएर चन्दा र जबर्जस्ती असुलीमार्फत् सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो। सम्पत्ति शुद्धीकरण विभागले सञ्जय साहका नाममा रहेका विभिन्न सम्पत्तिहरु रोक्का गर्दै अनुसन्धान गरेको थियो। 

साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुका नाममा हस्तान्तरण गरेको विभागको दाबी थियो। साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको‚ अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ। 

विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा साधन बुबा साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डेसमेत गरी कूल १२ जना प्रतिवादीहरुको मिलेमतोमा लुकाएको दाबी गरेको थियो। 

साहले घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाइ नयाँ कानुनी स्रोत, स्वामित्वसमेत सिर्जना गरी वैधानिक स्रोत देखाइ सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्