• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् मन्त्रिपरिषद्का २२ निर्णय

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  २०:४५
1140x725

काठमाडाैं- सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।  

यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बैठकले काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार साप्ताहिक रूपमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै उनले यस्ताे जानकारी गराएका हुन्।

यी हुन् मन्त्रिपरिषद्का २२ निर्णय:

१. सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने।

२. हेजिङसम्बन्धी नियमावली (पहिलो संशोधन), २०७६ मा स्वीकृति प्रदान गर्ने।

३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित कि.नं. ११३१ को १०-६-४ विगाह जग्गामध्ये ६ विगाह जग्गा बिक्री गर्न स्वीकृति दिने।

४. नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरूलाई दुई वर्षको लागि मनोनयन गर्ने।
१. डा. स्वयम् प्रकाश श्रेष्ठ  
२. डा. युगनाथ घिमिरे, 
३. डा. विनायकप्रसाद राजभण्डारी, 
४. गोविन्द केसी, घोराही उपमहानगरपालिका-१५ दाङ
५. कृष्णप्रसाद पौडेल, सैंवु-२ ललितपुर, 
६. चुन्नप्रसाद शर्मा, बुटवल, रुपन्देही,
७. यमुना घले, भरतपुर-१९ चितवन। 

Ncell 2
Ncell 2
nimb
nimb

५. २०७६/११/०६ गतेसम्ममा तोकिएको कैदमा कम्तीमा ५० प्रतिशत तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दाबाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३ सय २९ जना कैदीहरूको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २ सय ७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने।
६.सेती नदी पोखरा मनपा ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्ग मिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने।

७.२०७६ फागुन २६ देखि चैत ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (सिएसडब्लू)को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागिताका लागि स्वीकृति दिने।

८. नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने।

९. बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगागढी चोक गढी नगरपालिका-५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको कूल ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख/पोल बिरुवाहरू हटाउन समेत स्वीकृति दिने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)(दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

११. २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने।

२०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय :

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने।

२. मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिवस्तरीय उच्च संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने। 

३. देहायका व्यक्तिहरूलाई नेपाल कानुन आयोगको सदस्य पदमा नियुक्त गर्ने :
 (क) शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं।
 (ख) उद्धवचन्द्र घिमिरे, विराटनगर-४, मोरङ।
 (ग) नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्ने :
 (क) रमा श्रेष्ठ, ललितपुर- महिला सदस्य
 (ख) हरिन्द्र राई, खोटाङ- जनजाति सदस्य
 (ग) भोजमान लाम्गादे, इलाम- दलित सदस्य

५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति दिने।

८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरूलाई नियुक्ति तथा मनोनयन गर्ने :
(क) कुमारप्रसाद पोखरेल (पूर्वमुख्यन्यायाधीश, उच्च अदालत, दिपायल)- अध्यक्ष
(ग) टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि-सदस्य 
(घ) ममतादेवी शर्मा, उपाध्याय, सहकारी क्षेत्रको विज्ञ- सदस्य
(ङ) सरस्वतीदेवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ- सदस्य
(च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत- सदस्य-सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर -१८ भैंसेपाटी)लाई नियुक्त गर्न स्वीकृत दिने।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बिई कम्प्युटर- ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिकासम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेसन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकारबमोजिमको कार्य गर्ने गरी बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरूमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको  स्रेतेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने।

१३. मौलाकाली केवलकार आयोजनाको रो एलाइन्मेन्ट (१०-१० मिटर रो एलाइन्मेन्टसहित केही टावर संरचनाहरू रहने गरी) र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्वनवलपुर) को गैंडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन/मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेसन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूल २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१५. देहायका स्थानीय तहलार्इ देहायबमोजिम जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने-
१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस-५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गाविस-५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गाविस- ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गाविस वडा नं. ७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस वडा नं. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि।
३. नराहा गाउँपालिका, सिरहाको गाउँपालिका को वडा नं. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गाविस वडा नं. ६ को ०-३-१ विगाह दिना भद्री प्राविको भवन निर्माण र वडा नं. ८ को ०-५-९ विगाह जवउ माविको भवन निर्माणको लागि।
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गाविस- ७ को ३-१२-१० विगाह बहुउद्देश्यीय रंगशाला निर्माणका लागि।
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको-२ को ३-०-० विगाह ल्याण्डफिल साइट निर्माणका लागि।
६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको-५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि।
७. गलकोट नगरपालिका, बाग्लुङको साविक मल्म गाविस-३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।
८. राजपुर नगरपालिका, रौतहटबाट साविक राजपुर गाविस-३ को ०-१०-० विगाह नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं. ५ को ०-५-० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्ति गर्ने।

१७. देहायका पदाधिकारीहरूलार्इ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने-
१. डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर- सदस्य
२. डा. रक्षा श्रेष्ठ, धरान-९, सुनसरी।
३. डा. विनय कुमार ठाकुर, जनकपुर-३, धनुषा।
४. डा. कैलास कुमार भण्डारी, इटहरी-८, सुनसरी।
५. रामप्रसाद न्यौपाने, कल्याणपुर-९, चितवन।
६. निशा अधिकारी, फूलबारी-३, चितवन।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल (मोहर बन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने।

२०. संस्था दर्ता (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने।

२२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ?
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन अध्यक्ष साह लामो समयदेखि मुटु र दमसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही समयदेखि काठमाडौंमा राखेर उपचार ग... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्