• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् मन्त्रिपरिषद्का २२ निर्णय

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  २०:४५
1140x725

काठमाडाैं- सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।  

यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बैठकले काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार साप्ताहिक रूपमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै उनले यस्ताे जानकारी गराएका हुन्।

यी हुन् मन्त्रिपरिषद्का २२ निर्णय:

१. सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने।

२. हेजिङसम्बन्धी नियमावली (पहिलो संशोधन), २०७६ मा स्वीकृति प्रदान गर्ने।

३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित कि.नं. ११३१ को १०-६-४ विगाह जग्गामध्ये ६ विगाह जग्गा बिक्री गर्न स्वीकृति दिने।

४. नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरूलाई दुई वर्षको लागि मनोनयन गर्ने।
१. डा. स्वयम् प्रकाश श्रेष्ठ  
२. डा. युगनाथ घिमिरे, 
३. डा. विनायकप्रसाद राजभण्डारी, 
४. गोविन्द केसी, घोराही उपमहानगरपालिका-१५ दाङ
५. कृष्णप्रसाद पौडेल, सैंवु-२ ललितपुर, 
६. चुन्नप्रसाद शर्मा, बुटवल, रुपन्देही,
७. यमुना घले, भरतपुर-१९ चितवन। 

Ncell 2
Ncell 2
nimb
nimb

५. २०७६/११/०६ गतेसम्ममा तोकिएको कैदमा कम्तीमा ५० प्रतिशत तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दाबाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३ सय २९ जना कैदीहरूको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २ सय ७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने।
६.सेती नदी पोखरा मनपा ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्ग मिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने।

७.२०७६ फागुन २६ देखि चैत ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (सिएसडब्लू)को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागिताका लागि स्वीकृति दिने।

८. नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने।

९. बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगागढी चोक गढी नगरपालिका-५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको कूल ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख/पोल बिरुवाहरू हटाउन समेत स्वीकृति दिने।

Xtrem

Xtrem

१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)(दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

११. २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने।

२०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय :

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने।

२. मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिवस्तरीय उच्च संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने। 

३. देहायका व्यक्तिहरूलाई नेपाल कानुन आयोगको सदस्य पदमा नियुक्त गर्ने :
 (क) शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं।
 (ख) उद्धवचन्द्र घिमिरे, विराटनगर-४, मोरङ।
 (ग) नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्ने :
 (क) रमा श्रेष्ठ, ललितपुर- महिला सदस्य
 (ख) हरिन्द्र राई, खोटाङ- जनजाति सदस्य
 (ग) भोजमान लाम्गादे, इलाम- दलित सदस्य

५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति दिने।

८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरूलाई नियुक्ति तथा मनोनयन गर्ने :
(क) कुमारप्रसाद पोखरेल (पूर्वमुख्यन्यायाधीश, उच्च अदालत, दिपायल)- अध्यक्ष
(ग) टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि-सदस्य 
(घ) ममतादेवी शर्मा, उपाध्याय, सहकारी क्षेत्रको विज्ञ- सदस्य
(ङ) सरस्वतीदेवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ- सदस्य
(च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत- सदस्य-सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर -१८ भैंसेपाटी)लाई नियुक्त गर्न स्वीकृत दिने।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बिई कम्प्युटर- ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिकासम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेसन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकारबमोजिमको कार्य गर्ने गरी बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरूमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको  स्रेतेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्यय भार नपर्ने गरी प्रोवेसन अधिकारी तोक्ने।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने।

१३. मौलाकाली केवलकार आयोजनाको रो एलाइन्मेन्ट (१०-१० मिटर रो एलाइन्मेन्टसहित केही टावर संरचनाहरू रहने गरी) र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्वनवलपुर) को गैंडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन/मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेसन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूल २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१५. देहायका स्थानीय तहलार्इ देहायबमोजिम जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने-
१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस-५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गाविस-५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गाविस- ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गाविस वडा नं. ७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस वडा नं. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि।
३. नराहा गाउँपालिका, सिरहाको गाउँपालिका को वडा नं. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गाविस वडा नं. ६ को ०-३-१ विगाह दिना भद्री प्राविको भवन निर्माण र वडा नं. ८ को ०-५-९ विगाह जवउ माविको भवन निर्माणको लागि।
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गाविस- ७ को ३-१२-१० विगाह बहुउद्देश्यीय रंगशाला निर्माणका लागि।
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको-२ को ३-०-० विगाह ल्याण्डफिल साइट निर्माणका लागि।
६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको-५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि।
७. गलकोट नगरपालिका, बाग्लुङको साविक मल्म गाविस-३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।
८. राजपुर नगरपालिका, रौतहटबाट साविक राजपुर गाविस-३ को ०-१०-० विगाह नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं. ५ को ०-५-० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्ति गर्ने।

१७. देहायका पदाधिकारीहरूलार्इ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने-
१. डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर- सदस्य
२. डा. रक्षा श्रेष्ठ, धरान-९, सुनसरी।
३. डा. विनय कुमार ठाकुर, जनकपुर-३, धनुषा।
४. डा. कैलास कुमार भण्डारी, इटहरी-८, सुनसरी।
५. रामप्रसाद न्यौपाने, कल्याणपुर-९, चितवन।
६. निशा अधिकारी, फूलबारी-३, चितवन।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल (मोहर बन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने।

२०. संस्था दर्ता (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने।

२२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै पत्रकार हुन् कि गुण्ड... बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै केन्द्रले २०८३ असोज १४ गते गरेको दैनिक अनुगमन तथा आवश्यक कारबाहीका लागि निर्देशनसम्बन्धी विवरणअनुसार गुल्मीका सरकारी कार्यालयसँगै का... बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्