• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको क्रियाशील सदस्यता वितरण शुक्रबारदेखि, समायोजन नटुंगिएका जिल्लामा वितरण रोकिने

64x64
लिलु डुम्रे बिहीबार, फागुन १५, २०७६  १६:३७
1140x725

काठमाडौं- पूर्व निर्धारित समयतालिकाअनुसार बिहीबारसम्म सकिनुपर्ने नेपाली कांग्रेसको स्थानीय तहको पार्टी संरचना गठन नटुंगिने भएको छ। निर्वाचन समितिलाई दिइएको समय सीमा बिहीबार सकिए पनि सोअनुसार काम भने सम्पन्न नभएको हो। तेश्रोपटक बढाइएको समयसीमामा ५२ जिल्लामा पूर्ण रुपमा पार्टी संरचना बनेको छ।

बाँकी जिल्लामा भने पार्टी निर्वाचन समितिले काम निष्कर्षमा पुर्‍याउन सकेको छैन। निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार जिल्ला सभापतिहरू सक्रिय नभएकाले पार्टीका संरचना गठनमा ढिलाइ भएको हो। ‘जिल्ला सभापतिहरुको सक्रियतामा कमी भएकाले तोकिएको समयमा समायोजनको कार्य सकिएन,’ अधिकारीले नेपाल लाइभसँग भने। 

संघीय निर्वाचनका १ सय ६५ निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रको संरचना गठनको कार्य यसअघि नै सकिएको छ। ७ सय ५३ पालिकाहरू र ६ हजार ७ सय ४३ वडामा निर्वाचन समितिलाई बिहीबारसम्म संरचना गठनको समयावधि दिइएको थियो।

माघ २९ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले शुक्रबारदेखि क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण सक्ने समयावधि चैत मसान्तसम्म तोकिएको छ। 

पूर्ण रूपमा समायोजन नसक्ने जिल्लाहरूमा क्रियाशील सदस्यताको वितरण रोकिने निर्वाचन समितिले जनाएको छ। ‘जति जिल्लाबाट पूर्ण रुपमा सकिएर नामावली आएको छ। ती जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु शुक्रबारबाट हुन्छ। समायोजन नसक्ने जिल्लाले क्रियाशील सदस्यता फर्म पाउँदैनन्,’ अधिकारीले भने।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी केन्द्रले पारित गरी पठाएको निर्देशिका लागू नगरी बनेको संरचनालाई अस्वीकृत गरिएको निर्वाचन समितिले प्रष्ट पारेको छ। निर्देशिका कार्यान्वयन नभई बनेका संरचनामा क्रियाशील सदस्यता वितरण क्रममा विवाद उत्पन्न हुने भएकाले जिल्ला सभापतिहरुलाई सचेत बनाएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी गराए। २५ जिल्लाबाट आंशिक रूपमा नामावली पठाइएको घिमिरेको भनाइ छ। जिल्ला कार्यसमितिले पार्टी सदस्यहरूको नामको अभिलेखमा नभएकाले समायोजन विलम्ब हुँदै गएको निर्वाचन समितिले जनाएको छ।

संक्रमणकालीन व्यवस्थाअन्तर्गत तल्लो तहको विगतको कार्यसमितिलाई समायोजन गरी महाधिवेशनमा जाने पार्टीले निर्णय गरेको थियो। संघीय संरचनाअनुरुप पार्टी कार्यसमिति बनाउन गत साउनमा राधेश्याम अधिकारीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको थियो। उक्त समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी, टेकराज पौडेल सदस्य छन्।

समायोजन प्रक्रिया ढिलो हुँदै गए महाधिवेशन कार्यतालिका प्रभावित हुन सक्ने निर्वाचन समितिले जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने बताए। ‘सबै स्थानीय तहमा समायोजन सकेका जिल्लाहरुको क्रियाशील वितरण सुरु तत्काल हुन्छ। समायोजन गर्न नसक्नेहरूका लागि पनि क्रियाशील वितरणको समयावधि प्रर्याप्त छुट्याएका छौं,' उनले भने, 'समायोजन सक्ने जिल्लाले क्रियाशील वितरणको समय बढी पाउँछ। ढिलो गर्नेलाई क्रियाशील वितरणको समय घट्दै जान्छ।’ 

Xtrem
Xtrem

कांग्रेसको महाधिवेशनको नियमित कार्यकाल २०७७ फागुन २३ पछि सकिँदैछ। संघीय संरचना गठनमा भएको ढिलाईलाई विषम परिस्थिति देखाउँदै सभापति शेरबहादुर देउवाको कार्यसमितिको अवधि एक वर्ष थपिएको छ। विषम परिस्थितिका कारण समायावधि एक वर्ष थप्न सकिने विधानमा व्यवस्था छ। थपिएको एक वर्षमा महाधिवेशन हुन नसके ६ महिना पुनः थप्न सकिने व्यवस्था छ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार बसेको मन्त्रिपरषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा सोमबार प्रतिवेदन पेस गर्दै शर्माले नेपाली राजनैतिक संस्कृतिमा भएको क्षयको यो सबैभन्दा दुःखद उद... सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्