काठमाडौं–जिल्ला अदालत धनुषाको फैसलाले हाल जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ विरुद्धका २ मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै छ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दाको अन्तिम सुनुवाइ समाप्त गरेर विशेषले फैसला सुनाउने तयारी गरेको छ।
न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशमा गत शुक्रबारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो।
साहले मन्त्री र सांसदको रुपमा पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको जिकीर गर्दै २०७३ पुस २५ गते अख्तियारले मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धीकरण विभागले २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।