काठमाडौं- ८० हजार रुपैयाँभन्दा मथि पुगेको सुनको मूल्य ओरालो लाग्न थालेको छ।
सुनकाे मूल्य नेपाली बजारमा सोमबार प्रतितोला ८० हजार ३ सय पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार ५ सय रुपैयाँ तोकिएको छ। पछिल्लो समय निरन्तर बढेको सुनकाे मूल्य दुई दिनमा ८ सय रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। मंगलबार ३ सय रुपैयाँले घटेर ८० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार तेजावी सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।