काठमाडौं–उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधरण यही चैत २८ र २९ गते हुने भएको छ। महासंघको कार्यसमिति बैठकले समय तोकेको हो।
महासंघको ५४औं साधरणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएका छन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ।
योसँगै महासंघको निर्वाचनमा दुईपक्षीय भिडन्त हुने पनि निश्चित भएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेद्वारी घोषणासमेत गरिसकेको छन्।
यसैगरी महासंघको कार्यसमिति बैठकले निर्वाचन कमिटी तय गरेको छ।
महासंघले उपेन्द्र केशरी न्यौपानेलाई प्रमुख निर्वाचन अधिकृत तोकेको जानकारी समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।