काठमाडौं- सेयर बजारमा एकै दिन ४५ अंक भन्दामाथिको सुधार देखिएको छ।
विगत तीन वर्षयताको अवधिमा एकै दिन यति धेरै अंकले सुधार भएको आइतबार पहिलो दिन हो।
सूचकमा सुधार सँगै कारोबार रकम पनि इतिहासकै सबैभन्दा धेरै भएको छ।
आइतबार दिउँसो १३ बजेर ३४ मिनेटसम्मको कारोबार अनुसार २ अर्ब ८८ करोड नाघेको छ।
यो नेप्सेको इतिहासमा सबैभन्दा बढी कारोबार रकम हो।
अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने संकेतसँगै सेयर बजारमा नयाँ रेकर्ड कायम हुन थालेको हो।
खतिवडा अर्थमन्त्री भएदेखि नै शेयर बजार लागतार ओरालो झर्ने क्रममा ११ सय बिन्दुसम्म आइपुगेको थियो।
सेयर बजारको विषयमा कुराकानी गर्न जाने लगानीकर्ता तथा ब्रोकरलाई नै झपारेर पठाउने अर्थमन्त्रीको राजीनामा माग्दै केही लगानीकर्ता अनसन बसेका थिए।
समग्रमा उनलाई सेयर बजारले रुचाउन सकेको थिएन।
तर उनि हट्ने हल्लाले पछिल्लो समय शेयर बजार लगातार सुधार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।