काठमाडौं - सरकाले चरम गरिबीको रेखामुनी रहेका साढे १६ लाख घर परिवारको निःशुल्क स्वास्थ बीमा गरिदिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी १६ लाख घरपरिवाको स्वास्थ्य बीमाको लागि सरकारले नै प्रिमियम तिरिदिने बताए।
निरपेक्ष गरिबीको रेखामुनी रहेका नेपालीको ३५ सय रुपैयाँ बीमा शुल्क सरकारले गरिदिने भएको हो। सरकारले साढे १६ लाख गरिव परिवारको ५ अर्ब ७७ करोड रुपैयाँको प्रिमियम भुक्तानि गरिदिनेछ।
यो कार्यक्रमले एकै पटकमा साढे १६ लाख परिवारका ७०/७५ लाख नेपाली स्वास्थ्य बीमाको दायरामा आउने अर्थमन्त्री खतिवडाले जानकारी दिए।
उक्त बीमा बापत प्रत्येक परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। यस आधारमा ति बीमितिको एक खर्ब ६५ अर्ब बराबरको स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छन्।
स्वास्थ्य बीमा बोर्डले विभिन्न जिल्लामा आफ्नो कार्यक्रम गरिरहेको छ। उक्त कार्यक्रमलाई सरकारले देशव्यापि बनाउने योजना बनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।