काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरकेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। यसैगरी, तेजावी सुन प्रतिताेला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमै कारोबार भएको थियो।
अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा कारोबार भएकाेमा शुक्रबार बढेर प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा पुगेको छ। सुनको मूल्य अझै बढ्ने अनुमान अन्तर्राष्ट्रिक सञ्चार माध्यमहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।