काठमाडौं– नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाएर बिक्रि गरेको आरोपमा किर्तिपुर नगरपालिका–९ नयाँ बजार स्थित दुर्क कम्प्युटर सिस्टम सेन्टरका संचालक दुर्कमान महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
उक्त सेन्टरमा गैरकानूनी रुपमा नक्कली परिचय पत्र तथा प्रमाण पत्र बनाउने गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी परिसर तथा प्रहरी बृत्त कर्तिपुरबाट खटिएको प्रहरी टोलीले महर्जनलाई पक्राउ गरेको हो।
उनको सेन्टरबाट विभिन्न कागजात तथा कार्डहरु एवं कार्ड बनाउने बिद्युतीय सामाग्रीहरु सहित बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।