• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

महरा मुद्दामा फैसलाको पूर्णपाठले खुलाउनुपर्ने ४ तथ्य

सिसिटिभी फुटेजमा देखिएको को हो? शरीरमा चोट कसरी लाग्यो?
64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  ०८:५१
1140x725

काठमाडौं- संसद् सचिवालयकी कर्मचारीलाई उनकै घरमा पुगेर बलत्कार प्रयास गरेको आरोपमा १ सय ४१ दिन थुनामा बसेर सोमबार सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभामा फर्कन तम्तयार छन्।

महराले सफाइ पाएको बारे अदालतले पत्र संसद् सचिवालयमा पठाएको पत्र मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएपछि उनको निलम्बन फुकुवा भइसक्यो। संसद् सचिवालयमा कार्यरत अनि कुनै समय आफ्नो विद्यार्थीसमेत रहेकी जाहेरीकर्ताले अदालतमा बयान फेरेपछि त्यही आधारमा टेकेर जिल्ला अदालतले महरालाई सफाइ दियो।

सभामुखजस्तो राज्यको उच्च ओहादामा पुगेको व्यक्ति मुद्दामा दबाब महसुस गर्दै आइतबार सुनुवाई समाप्त गरेका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार मात्र फैसला सुनायो। राय किताबमा मात्र रहेको यो फैसलाको पूर्णपाठ तयार हुँदैछ। 

छिटोमा १५ दिन र ढिलोमा एक महिनाभित्र तयार हुने यो फैसलाले सफाइ दिनका लागि दुई वटा आधार लिएपनि अन्य धेरै प्रश्नको समेत उत्तर दिनुपर्ने देखिन्छ। 

महरा रोशनीका कोठामा गएनन्?  
महरालाई सफाइ दिन जिल्ला अदालतले लिएको पहिलो आधार जटिल देखिन्छ। घटना भएको दिन महरा जाहेरीकर्ताको कोठामा नगएको भनेर बकपत्रमा भनेकै आधार मात्र बलियो प्रमाण हुन सक्दैन। 

जबकि सो दिन महरा सभामुख निवास बालुवाटारदेखि नयाँ बानेश्वर हुँदै तिनकुनेस्थित जाहेरीकर्ताको निवास नजिक पुगेको क्लोज सर्किट टेलिभिजनको फुटेज छ। तीनकुने क्षेत्रमा रहेको सिसिटिभी फुटेजमा पनि उनी जाहेरीकर्ता महिला बस्ने क्षेत्रमा पुगेको देखिएको थियो। 

सरकारी वकिलको कार्यालयले प्रमाणका रूपमा सो सिसिटिभी फुटेज अदालतमा पेस गरेको छ। रातो गाडीमा गएका महरा जाहेरीकर्ताको कोठामा गएको महराको सुरक्षामा खटिएका प्रहरीको बयानमा समेत देखिन्छ।

तर अदालतले महरा जाहेरीकर्ताको कोठामा गएको नदेखिएको भन्दै सफाई दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसलाई जिल्ला अदालतको फैसलाले कसरी व्याख्या गर्छ भन्ने कुरा मुख्य चासोको विषय भएको छ।

घटना भएको दिन जाहेरीकर्ता रोशनीले जाहेरी दिने बेला महरा आएको किन भनिन्? तर अदालतमा भने आउनुभएन भनेर किन इन्कारी बयान दिइन् भन्ने कुराको उत्तर पनि पूर्णपाठले दिनुपर्ने देखिन्छ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा गएपछि महराले नै हालेको मुद्दामा रोशनीको कोठामा गएको बारे उल्लेख गरेको छ। पुस ३ गते उच्च अदातल पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराका सुरक्षाकर्मी काजीराम राना मगरसमेतले बयानमा महरा रोशनीको घरभित्र गएको र डेढ घन्टासम्म हराएको बयान दिएका थिए।

उक्त बयानलाई उच्चले आफ्नो थुनछेक आदेशमा उल्लेख गर्दै रोशनीले नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर महराले आफूमाथि बलत्कारको प्रयास गरेको घटना विवरण सुनाएको उल्लेख गरेको छ।   

जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने भनी आदेश गरेको समयमा 'प्रतिवादी महराले कसुर नगरेको भन्न नसकिने' भनेको थियो।

कात्तिक १८ गते न्यायाधीश सुर्दशन पाण्डेको इजलासले गरेको आदेशमा महरा उक्त घरमा प्रवेश गरेको बारेमा उनकै सवारी चालक र अन्यको बयानलाई आधार मानिएको थियो।

यही आधार फैसलामा कसरी फरक पर्‍यो त्यो खुलाउनु पूर्णपाठको फैसलाको दायित्व हुने देखिन्छ। 

चस्मा र जुत्ताको तलुवा कसको? 
जाहेरीकर्ता महिलाको कोठाबाट प्रहरीले बरामद गरेको चस्मा र जुत्ताको तलुवा कसको हो भन्नेबारे जिल्ला अदालतले फैसलाको पूर्णपाठमा व्याख्या गर्नुपर्ने हुन्छ। 

प्रहरीले महरा प्रकरणमा जाहेरीकर्ताको कोठामा फेला परेको चस्मा परीक्षण गरेको थियो।

प्रहरीको परीक्षणमा चस्मा महराकै भएको खुलेको थियो। जिल्ला अदालतले फैसला गर्दा चस्मामा भएको फिंगर प्रिन्ट प्रष्ट नभएको भनेको छ। फैसलाको पूर्णपाठमा यसबारे उल्लेख पक्कै होला नै।

महराको फरेन्सिक जाँचमा फिंगरप्रिन्ट नदेखिएको हो वा नभेटिएको हो, त्यो प्रारम्भिक फैसलामा खुलेको छैन। जिल्लाले सफाइ दिँदा लिएको आधारमध्येको एक भएकाले यसलाई उसले पुष्टि नगरी सफाइ दिनु तर्कसंगत ठहर गर्न सकिन्न। 

उच्च अदालतले पनि आफ्नो थुनछेक आदेशमा सो चस्मा र जुत्ताको तलुवा महराको नभएको भनेको थिएन।

उच्चले घटनास्थलमा भेटिएको बदामको प्लेट, चस्माको फ्रेम र जुत्ताको तलुवालाई घटनास्थलको प्रकृति मुचुल्का मानेको छ।

उच्चले घटनाको साक्षीका रूपमा सांसद उमा रेग्मी र घटनास्थलको रिर्पोटिङ गरेका पत्रकार अजयबाबु सिवाकोटीसँग गरिएको कागजलाई पनि आधार मानेको थियो।

जिल्ला अदालतले पनि यी कुरालाई आधार र प्रमाण मानेर थुनामा पठाएको देखिन्छ।

जाहेरकर्ताको शरीमा भएको चोटको कारण
उच्च अदालतले पुर्पक्षको आदेशमा रोशनीको स्वास्थ्य परिक्षणका क्रममा शरीरका विभिन्न स्थानमा घाउ र चोट देखिएको स्वीकार गरेको छ।

यदि महरा उक्त दिन जाहेरीकर्ता रोशनीको कोठामा नगएको हो भने कसरी उनलाई घाउ चोट कसरी लागेको हो? त्यसको विस्तृत विवरण खुलाउनु पर्ने हुन्छ नै। 

रोशनीको शरीरमा देखिएको चोटका कारण उनी आफैंले बनाएको देखिनुपर्‍यो या महराले हैन भने अन्य कसsf कारण चोट लागेको हो, भन्ने पनि खुल्नुपर्ने देखिन्छ।

जिल्लाले उक्त दिनमा महरा र रोशनीका बीचमा झगडा भएको भनी सुरुमा रोशनीले दिएको बयानलाई आधार मानेको छ। त्यसैले सफाइ दिने फैसलाको पूर्णपाठमा यसको खोजी पक्कै अपेक्षित हुन्छ। 

'फरगेट एस्टडे'
जिल्ला अदालतले महरा र रोशनीबीचमा उक्त घटना भएको दिन र त्यसका केही दिनभित्र भएका टेलिफोन संवाद, फोन एसएमएस  र सामाजिक सञ्जाल भाइबरलगायतमा भएका कुराकानी बारेमा पनि व्याख्या गर्ला वा नर्गला,यसै भन्न सकिने अवस्था छैन।

घटना भएको दिन र भोलिपल्ट रोशनीले महराका छोरालाई र सांसद उमा रेग्मीलाई गरेको म्यासेज र महराले पटकपटक उनलाई पठाएको एसएमएस सरकारी वकिलले अदालतलमा प्रमाणका रूपमा पेस गरेकाले जिल्ला अदालतले यसलाई किनार लगाउनसक्ने देखिन्न। 

उच्च अदालतले र जिल्लाले थुनछेक आदेशमा यसलाई उल्लेख गरेकाले फैसलाका क्रममा यसको विस्तृत व्याख्या गरिनुपर्ने देखिन्छ।

जिल्लाले दुवै जनाबीच भएका कुराकानी र भिडियो पेन ड्राइभमा राखी सरकारी वकिलसँग लिएकाले त्यसको प्रमाण लाग्ने संकेत गरेको थियो।

यी विषयलाई अब कसरी अदालतले फैसलामा उल्लेख गर्ने छ, भनी चासो छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्