काठमाडौं- नेपाली सेनाको कारण आन्तरिक तथा बाह्य उडान प्रभावित हुँदा जहाजहरू आकाशमै होल्ड भएका छन्।
सेनाले ९ गते मनाउन लागेको सेना दिवस अर्थात शिवरात्रीको तयारीका लागि भन्दै नेपाली आकाश पूर्ण रुपमा बन्द गराइएको हो।
काठमाडौंको आकाशमा सेनाले हेलिकोप्टर र जहाज उडाएर रिहर्सल गर्दैछ। रिहर्सलमा पुष्पवृष्टिदेखि प्याराजम्पसम्म गरिँदैछ।
सेनाका लागि भन्दै विमानस्थल प्राधिकरणले २ घन्टा नोटमा समेत जारी गरको छ। जसका कारण अहिले एक दर्जन जहाज आकाशमा फन्को मारिरहेका छन्।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले सेनाको अभ्यासका कारण उडान प्रवाभित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।