झापा- बैंकमा नक्कली सुन राखेर कर्जा लिई कर्मचारीकै मिलेमतोमा ठगी गर्ने तीन जना जेल चलान भएका छन्। बिर्तामोडका मिना देवी खड्का, शम्भु खत्री र राज कुमार तामाङ्ग जेल चलान भएका हुन्।
राजकुमार बैंकका कर्मचारी हुन्। उनले ठगीमा सहयोग गरेका थिए।
त्यस्तै ठगीमा संलग्न राजकुमार श्रेष्ठ, गणेश प्रधान र प्रबेश अधिकारी धरौटीमा छुटेका छन्। राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोड झापामा नक्कलि सुन धितो राखी कु २३ लाख रुपैयाँ ठगी गरेका थिए। बैंकको धुलाबारी शाखाबाट समेत उनीहरुले ४ लाख २८ हजार रुपैयाँ निकालेर ठगी गरेको प्ररहीले जनाएको छ।
सो मुद्दामा जिल्ला अदालत झापाले आदेश दिएको हो। बैंकका कर्मचारी राजकुमारलाई ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग भएकोमा तिर्न नसकी उनी जेल चलान भएका हुन्। घटनामा बैंकका कर्जा अधिकृतहरुको समेत मिलेमतो हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।