• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अकिबको शतक नेपाली दर्शकका लागि

पाकिस्तानी अकिबले ओमानबाट नेपालमा बनाए पहिलो शतक
64x64
ऋग्वेद शर्मा आइतबार, माघ २६, २०७६  १८:५९
1140x725

काठमाडौं- कीर्तिपुर मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य। राम्रो बलिङ मानिएको टिम र कम रन बन्ने मैदानमा नेपालले हार्ला भन्ने कल्पना समर्थकमा थिएन। तर, देखा परे अकिब इलियास। 

अकिबको पहिलो एकदिवसीय शतक नेपाली टिमका लागि हारको मुख्य कारण बन्यो। अविजित रहेका अकिबले १ सय ८ बलमा १ सय ९ रन बनाए। जसमा उनले १२ चौका र १ छक्का हानेका थिए। ब्याटिङमा मात्र होइन त्यसअघि १० ओभर बलिङ गरेका अकिबले ३६ रन मात्र दिएर ४ विकेट लिएका थिए।  

पाकिस्तानको सियालकोटमा जन्मिएका अकिबले नेपाली मैदानमा ओमानका लागि पहिलो एकदिवसीय शतक बनाएका हुन्। जुन शतक अकिबले नेपाली दर्शकमा समर्पित गरे। 

अर्धशतक पूरा गर्दा टिमका साथीहरु तिर फर्किएर ब्याट उठाएका अकिबले शतक हानेपछि पहिले दर्शकतिर फर्किएर ब्याट उठाए। यसको खास कारण बताउँदै उनी भन्छन्- ‘जीवनमै यति गजवका दर्शक कहिल्यै देखेको थिइनँ।’ 

‘हामीले अहिलेसम्म नेपालमा जस्तो गजवको दर्शक कतै देखेकै थिएनौँ। दर्शकको यस्तो उत्साह मैले पनि जीवनमै पहिलोपटक देख्दैछु। आफ्नो टिमलाई समर्थन गरिरहेका उनीहरु जब विपक्षीले राम्रो खेल्छन् तब उनीहरुलाई पनि समर्थन गर्छन्। यसैले मैले शतक बनाएपछि पहिले दर्शकतर्फ फर्केर नै ब्याट उठाएँ’, अकिब भन्छन्, ‘मेरो टिमतर्फ फर्केर त फेरि पनि खुसी मनाउन सकिहाल्छु तर थाहा छैन नेपालको यस्तो गजवको दर्शकसँग अब कहिले भेट हुन्छ।’ 

अकिब एक समय ३७ रन बनाएर खेलिरहँदा करण केसीको बलमा धन्नै आउट भइसकेका थिए। उनको सट पोइन्टमा रहेका अरिफ शेखले मिस गर्न पुगेका थिए। जसले गर्दा अकिबले थप सम्हालिने अवसर पाए। 

‘हामीले निकै राम्रो खेल्यौँ, नेपालले पनि राम्रो ब्याटिङ गरेको हो तर आजको दिन हाम्रो थियो। हामीले सुरुदेखि नै राम्रो ब्याटिङ गर्न सक्यौँ। साझेदारीहरु बन्दै गयो’, उनी भन्छन्, ‘हामीलाई प्रशिक्षकले तिमीहरु राम्रो गर्न सक्छौँ, खराब सट नखेल र सकरात्मक भएर अगाडि बढ भन्नुभएको थियो, हामीले त्यसै गर्‍यौँ। नेपालमा खेलमा फर्कने अवसर नै दिएनौँ।’  

Ncell 2
Ncell 2
nimb
nimb

नेपालविरुद्धको जित ओमनको एकदिवसीय जितमध्ये एक उत्कृष्ट जित भएको भन्दै उनी थप्छन्- ‘राम्रो लक्ष्य पछ्याउँदा हामी ढुक्कले खेल्न सक्यौँ। दुई विकेट मात्र गुमाएर २ सय ५० रनको लक्ष्य भेट्टायौँ। नेपाली टिममा राम्रा बलरहरु हुँदा पनि हामीले यसरी खेल जित्नु राम्रो कुरा हो।’ 

शतक बनाउँदाको खुसीभन्दा ठूलो एक ब्याट्सम्यानका लागि अरु सायदै होला। त्यसमा पनि अकिबले त बलिङमार्फत पनि अलराउन्ड खेल देखाएका थिए। ‘शतक बनाएको खुसी त असाध्यै छ। योभन्दा ठूलो खुसी अर्को केही हुँदैन। अझ आफैले चार विकेट लिएको खेलमा शतक पनि बनाउन सक्नु त दोहोरो खुसी हो’ खेलपछि उनले सुनाए।  

आफू चोटका कारण टिमबाहिर रहेको र क्रिकेटमा फर्कन्छु भन्ने यकिनसमेत नहुँदा प्रशिक्षकको आग्रहमा टिममा आएको सुनाउँदै उनी भन्छन्– ‘घाइते भएर बाहिर बसेको बेला सबैले टिममा बोलाउनुभएको थियो। म त खेलमा फर्कन्छु भन्ने सोच पनि थिएन। साथीहरु र प्रशिक्षकले खेल्नुपर्छ भनेर बोलाउनुभयो। यस्तोमा आएर शतक बनाउन सक्नु अहिलेसम्मकै सबैभन्दा खुसीको क्षण हो।’ 

सबै खुसीको क्षणमा पनि अकिबका लागि सबैभन्दा खुसीको अवस्था दर्शकको उपस्थिति नै हो। अकिबको शतकमा तालि बजाएर सम्मान गरेका दर्शकलाई उनले पनि झुकेर सम्मान गरे। 

अकिबले आफ्नो जर्सी खेलपछि एक दर्शकलाई उपहारस्वरुप दिए। ओमानको गर्मीमा अभ्यास गरे पनि नेपालको चिसो मौसममा छिटो घुलमिल हुन सक्नुको जस पनि अकिब दर्शकलाई नै दिन्छन्। 

‘यहाँको मौसमको अवस्था पनि हाम्रोमा भन्दा भिन्न छ। त्यहाँ ४० डिग्रि भन्दा माथिको तापक्रममा अभ्यास गर्दा धेरै समय मेहनत गर्न पनि सकिँदैन। लगातार दुई दिन खेल्ने त कल्पना पनि हुँदैन’, उनी भन्छन्, ‘यहाँ त अलि चिसो मौसम छ र खेलिरहन पनि सकिन्छ। मुख्य त दर्शकको जोशले खेलाडीले पनि शक्ति पाउँछन्। यसैले हामी यहाँ छिटै घुलमिल भइहाल्यौँ।’  

जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालविरुद्ध १६ रन बनाउँदा उनी रन आउट हुन पुगेका थिए। त्यसमा दुई ओभर बलिङ गरेका उनले आठ रन मात्र दिएर एक विकेट पनि लिएका थिए। जसमा ओमन १८ रनले विजयी भएको थियो। 

सिरिजको दोस्रो खेलमा अमेरिकाविरुद्ध अकिबले १ सय १० बलमा ७२ रन बनाएका थिए। जसमा उनले ६ चौका र २ छक्का हानेका थिए। अमेरिकाविरुद्ध ५ ओभर बलिङ गरेका उनले २० रन खर्चेर २ विकेट लिएका थिए। 

सन् २०१९ को अप्रिलमा नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा उपविजेता रहँदै ओमनले एकदिवसीय मान्यता पाएको थियो। त्यही प्रतियोगिताले उनीहरुले अहिले भइरहेको आइसिसी क्रिकेट विश्व कप लिग टुमा स्थान बनाएका थिए। जसमा उनीहरुले ९ खेलमा ७ खेल जितिसकेका छन्। 

ओमन, नेपाल र अमेरिकासहित स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी रहेको लिग टुमा १४ अंकसहित ओमन नै शीर्ष स्थानमा छ। दोस्रोमा रहेको अमेरिकाले १० खेलमा ६ खेल जितेर १२ अंक बनाएको छ। ३ खेल खेलेको नेपालले १ जितसहित २ अंक जोडेको छ। 

सन् २०१९ अप्रिल २७ मा नामिबियाविरुद्ध एकदिवसीय डेब्यू गरेका अकिब त्यसपछि हरेक खेलमा ओमानका लागि महत्वपूर्ण सावित भएका छन्। त्यसअघि पनि डिभिजन थ्री, डिभिजन टु हुँदै ओमान टिमलाई अगाडि बढाउन अकिबको भूमिका प्रशंसायोग्य छ। 
 

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्