• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अकिबको शतक नेपाली दर्शकका लागि

पाकिस्तानी अकिबले ओमानबाट नेपालमा बनाए पहिलो शतक
64x64
ऋग्वेद शर्मा आइतबार, माघ २६, २०७६  १८:५९
1140x725

काठमाडौं- कीर्तिपुर मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य। राम्रो बलिङ मानिएको टिम र कम रन बन्ने मैदानमा नेपालले हार्ला भन्ने कल्पना समर्थकमा थिएन। तर, देखा परे अकिब इलियास। 

अकिबको पहिलो एकदिवसीय शतक नेपाली टिमका लागि हारको मुख्य कारण बन्यो। अविजित रहेका अकिबले १ सय ८ बलमा १ सय ९ रन बनाए। जसमा उनले १२ चौका र १ छक्का हानेका थिए। ब्याटिङमा मात्र होइन त्यसअघि १० ओभर बलिङ गरेका अकिबले ३६ रन मात्र दिएर ४ विकेट लिएका थिए।  

पाकिस्तानको सियालकोटमा जन्मिएका अकिबले नेपाली मैदानमा ओमानका लागि पहिलो एकदिवसीय शतक बनाएका हुन्। जुन शतक अकिबले नेपाली दर्शकमा समर्पित गरे। 

अर्धशतक पूरा गर्दा टिमका साथीहरु तिर फर्किएर ब्याट उठाएका अकिबले शतक हानेपछि पहिले दर्शकतिर फर्किएर ब्याट उठाए। यसको खास कारण बताउँदै उनी भन्छन्- ‘जीवनमै यति गजवका दर्शक कहिल्यै देखेको थिइनँ।’ 

‘हामीले अहिलेसम्म नेपालमा जस्तो गजवको दर्शक कतै देखेकै थिएनौँ। दर्शकको यस्तो उत्साह मैले पनि जीवनमै पहिलोपटक देख्दैछु। आफ्नो टिमलाई समर्थन गरिरहेका उनीहरु जब विपक्षीले राम्रो खेल्छन् तब उनीहरुलाई पनि समर्थन गर्छन्। यसैले मैले शतक बनाएपछि पहिले दर्शकतर्फ फर्केर नै ब्याट उठाएँ’, अकिब भन्छन्, ‘मेरो टिमतर्फ फर्केर त फेरि पनि खुसी मनाउन सकिहाल्छु तर थाहा छैन नेपालको यस्तो गजवको दर्शकसँग अब कहिले भेट हुन्छ।’ 

अकिब एक समय ३७ रन बनाएर खेलिरहँदा करण केसीको बलमा धन्नै आउट भइसकेका थिए। उनको सट पोइन्टमा रहेका अरिफ शेखले मिस गर्न पुगेका थिए। जसले गर्दा अकिबले थप सम्हालिने अवसर पाए। 

‘हामीले निकै राम्रो खेल्यौँ, नेपालले पनि राम्रो ब्याटिङ गरेको हो तर आजको दिन हाम्रो थियो। हामीले सुरुदेखि नै राम्रो ब्याटिङ गर्न सक्यौँ। साझेदारीहरु बन्दै गयो’, उनी भन्छन्, ‘हामीलाई प्रशिक्षकले तिमीहरु राम्रो गर्न सक्छौँ, खराब सट नखेल र सकरात्मक भएर अगाडि बढ भन्नुभएको थियो, हामीले त्यसै गर्‍यौँ। नेपालमा खेलमा फर्कने अवसर नै दिएनौँ।’  

Ncell 2
Ncell 2
nimb
nimb

नेपालविरुद्धको जित ओमनको एकदिवसीय जितमध्ये एक उत्कृष्ट जित भएको भन्दै उनी थप्छन्- ‘राम्रो लक्ष्य पछ्याउँदा हामी ढुक्कले खेल्न सक्यौँ। दुई विकेट मात्र गुमाएर २ सय ५० रनको लक्ष्य भेट्टायौँ। नेपाली टिममा राम्रा बलरहरु हुँदा पनि हामीले यसरी खेल जित्नु राम्रो कुरा हो।’ 

शतक बनाउँदाको खुसीभन्दा ठूलो एक ब्याट्सम्यानका लागि अरु सायदै होला। त्यसमा पनि अकिबले त बलिङमार्फत पनि अलराउन्ड खेल देखाएका थिए। ‘शतक बनाएको खुसी त असाध्यै छ। योभन्दा ठूलो खुसी अर्को केही हुँदैन। अझ आफैले चार विकेट लिएको खेलमा शतक पनि बनाउन सक्नु त दोहोरो खुसी हो’ खेलपछि उनले सुनाए।  

आफू चोटका कारण टिमबाहिर रहेको र क्रिकेटमा फर्कन्छु भन्ने यकिनसमेत नहुँदा प्रशिक्षकको आग्रहमा टिममा आएको सुनाउँदै उनी भन्छन्– ‘घाइते भएर बाहिर बसेको बेला सबैले टिममा बोलाउनुभएको थियो। म त खेलमा फर्कन्छु भन्ने सोच पनि थिएन। साथीहरु र प्रशिक्षकले खेल्नुपर्छ भनेर बोलाउनुभयो। यस्तोमा आएर शतक बनाउन सक्नु अहिलेसम्मकै सबैभन्दा खुसीको क्षण हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबै खुसीको क्षणमा पनि अकिबका लागि सबैभन्दा खुसीको अवस्था दर्शकको उपस्थिति नै हो। अकिबको शतकमा तालि बजाएर सम्मान गरेका दर्शकलाई उनले पनि झुकेर सम्मान गरे। 

अकिबले आफ्नो जर्सी खेलपछि एक दर्शकलाई उपहारस्वरुप दिए। ओमानको गर्मीमा अभ्यास गरे पनि नेपालको चिसो मौसममा छिटो घुलमिल हुन सक्नुको जस पनि अकिब दर्शकलाई नै दिन्छन्। 

‘यहाँको मौसमको अवस्था पनि हाम्रोमा भन्दा भिन्न छ। त्यहाँ ४० डिग्रि भन्दा माथिको तापक्रममा अभ्यास गर्दा धेरै समय मेहनत गर्न पनि सकिँदैन। लगातार दुई दिन खेल्ने त कल्पना पनि हुँदैन’, उनी भन्छन्, ‘यहाँ त अलि चिसो मौसम छ र खेलिरहन पनि सकिन्छ। मुख्य त दर्शकको जोशले खेलाडीले पनि शक्ति पाउँछन्। यसैले हामी यहाँ छिटै घुलमिल भइहाल्यौँ।’  

जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालविरुद्ध १६ रन बनाउँदा उनी रन आउट हुन पुगेका थिए। त्यसमा दुई ओभर बलिङ गरेका उनले आठ रन मात्र दिएर एक विकेट पनि लिएका थिए। जसमा ओमन १८ रनले विजयी भएको थियो। 

सिरिजको दोस्रो खेलमा अमेरिकाविरुद्ध अकिबले १ सय १० बलमा ७२ रन बनाएका थिए। जसमा उनले ६ चौका र २ छक्का हानेका थिए। अमेरिकाविरुद्ध ५ ओभर बलिङ गरेका उनले २० रन खर्चेर २ विकेट लिएका थिए। 

सन् २०१९ को अप्रिलमा नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा उपविजेता रहँदै ओमनले एकदिवसीय मान्यता पाएको थियो। त्यही प्रतियोगिताले उनीहरुले अहिले भइरहेको आइसिसी क्रिकेट विश्व कप लिग टुमा स्थान बनाएका थिए। जसमा उनीहरुले ९ खेलमा ७ खेल जितिसकेका छन्। 

ओमन, नेपाल र अमेरिकासहित स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी रहेको लिग टुमा १४ अंकसहित ओमन नै शीर्ष स्थानमा छ। दोस्रोमा रहेको अमेरिकाले १० खेलमा ६ खेल जितेर १२ अंक बनाएको छ। ३ खेल खेलेको नेपालले १ जितसहित २ अंक जोडेको छ। 

सन् २०१९ अप्रिल २७ मा नामिबियाविरुद्ध एकदिवसीय डेब्यू गरेका अकिब त्यसपछि हरेक खेलमा ओमानका लागि महत्वपूर्ण सावित भएका छन्। त्यसअघि पनि डिभिजन थ्री, डिभिजन टु हुँदै ओमान टिमलाई अगाडि बढाउन अकिबको भूमिका प्रशंसायोग्य छ। 
 

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्