• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

'डिजिटल नेपालको धिमा गति, टेलिकम र एनसेलको मोनोपोली'

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  २१:११
1140x725

काठमाडौं- सरकारले अघि सारेको 'डिजिटल नेपाल'को योजनाको अवस्थाबारे 'काठमाडौं डिबेट'मा छलफल भएको छ। 

एजेन्डा प्लसले राजधानीमा आयोजना गरेको काठमाडौं डिबेटको पहिलो शृंखलामा 'डिजिटल नेपालको गति' शीर्षकमा सरोकारवालाहरूले धारणा राखेका थिए।

सरकारले डिजिटल नेपाल भनेर योजना अघि सारे पनि त्यसको गति भने धिमा र सुस्त रहेको कार्यक्रमका वक्ता पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले बताए। 

साहले नेपालमा गहिरो अध्ययन र अनुसन्धान बिना नै योजना अघि सार्ने र त्यो सफल हुन नसक्ने रोग पुरानै भएको औंल्याउँदै डिजिटल नेपाल पनि त्यही अवस्थामा पुगेको बताए। उनले डिजिटल नेपालको अभियानलाई सफल पार्न सबैको उत्तिकै भूमिका हुनुपर्ने भन्दै यसलाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। 

नेपालको टेलिकम्युनिकेसन सेवा र मोबाइल इन्टरनेट अत्यन्तै महँगो भएको हुँदा त्यसले डिजिटल नेपालको अभियानलाई समेत असर पारिरहेको छैन र? भन्ने प्रश्नमा कार्यक्रमका अर्का वक्ता नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य चन्द्रमणि चौलागाईँले नेपालमा दुई मोबाइल अपरेटर नेपाल टेलिकम र एनसेलको हालिमुहाली रहेको स्वीकार गरे। 

Ncell 2
Ncell 2

चौलागाईँले उदार नीतिभित्र नेपाल टेलिकम र एनसेलको मोनोपोली भएको स्पष्ट पार्दै नेपालमा सेवा सञ्चालन गर्न चाहने दूरसञ्चार सेवा प्रदायकहरूलाई नरोकिने बताए। उनले नेपालको दूरसंचार क्षेत्रमा भारतमा आएको जियोको मोडल व्यावहारिक नहुने भन्दै नयाँ आउने कम्पनीले सस्तो सेवा दिने नाममा पुराना कम्पनीको अस्तित्व नै खतरामा पार्नसक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिए। 

कार्यक्रमका वक्ता ईन्जिनियर एडा रिजालले नेपालमा दूरसंचार सेवा महँगो र गुणस्तरीय नभएको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताइन्। उनले अहिले नेपालमा उत्पादित आइटी जनशक्ति खपत गर्नसक्ने अवस्था नभएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन्। 

काठमाडौं डिबेटमा पूर्व सहसचिव वीरेन्द्रकुमार मिश्रले डिजिटल नेपालको अभियान ठूलो स्तरमा भएको र यसका विभिन्न क्षेत्रहरुलाई छुट्टाछुट्टैरुपमा ब्याख्या गरिनुपर्ने सुझाव दिए।

क्यान महासंघ नेपालका पूर्व अध्यक्ष ईन्जिनियर विनोद ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नचाहँदा समस्या देखिएको भन्दै डिजिटल नेपाल यसअघि निजी क्षेत्रले ल्याएको ई-नेपालकै परिष्कृत रूप भएको दाबी गरे। 

उनले सरकारले हालै ल्याएका सूचना प्रविधि ऐनमा राम्रा प्रावधानहरु भएपनि अन्य विषयहरु अनावश्यक रुपमा राख्दा समस्या देखिएको बताए । त्यस्तै अधिवक्ता बाबुराम अर्यालले दूरसंचार सेवा प्रदायकहरु र सेवाग्राहीबिच देखिएको खाडललाई पुर्नुपर्ने आवश्यकता रहेको भन्दै कतिवटा कम्पनीहरु आवश्यक पर्दछन भन्ने बारेमा स्पष्ट हुनुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साउनमा डिजिटल नेपाल सुरु भएको झल्को दिनेगरी होटल सोल्टीमा एक कार्यक्रमका बिच डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक भएको घोषणा गरेका थिए । तर, लामो समय सम्म फ्रेमवर्क मन्त्रालय र मन्त्रिपरिषदमा नै अड्किएर बस्यो । सूचना प्रविधिको प्रयोगमार्फत विभिन्न सेवा क्षेत्र र निकायका कार्यान्वयनको कार्ययोजना समेटिएको उक्त फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को गत कात्तिक ५ गतेको बैठकले पारित गरेको थियो । 

डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधार डिजिटल नेपाल फ्रेमवर्कका क्षेत्र हुन्। डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयाम रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्य फ्रेमवर्कले तय गरेको छ। 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्