काभ्रे– बँदेल मार्न गएका ४ जना बन्दुकसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले बनेपा–३ नालाका सानुकान्छा गुरुङ, चन्द्रबहादुर गुरुङ, गणेश गुरुङ र प्रकाश दाहाललाई पक्राउ गरेको हो।
उनीहरुबाट बन्दुक र ३५ राउण्ड गोली पनि बरामद भएको इप्रका बनेपाका इन्सपेक्टर सुनिलजंग शाहले बताए।
सिकार खेल्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। मुख्य नाइकेहरु भने भागेका छन्। हातहतियार तथा खरखजना मुद्दामा प्रहरीले उनीहरुमाथि कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।