बनियानी, झापा- झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेका एक युवाले रात्रि गस्तीमा खटिएको प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन्।
भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट दुई प्रहरी गम्भीर घाइते भएका छन्। राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ।
राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पुण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। खवासको टाउकोमा र पोखरेलको देब्रे हात र टाउकोमा गम्भीर चोट लागेको छ।
घाइते प्रहरीको मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।