काठमाडौं- विश्वका ठूला सवारी उत्पादकले ग्रुप स्थापना गरी विभिन्न ब्रान्डको सवारी बिक्री गर्दै आएका छन्। विश्वभर सयौं ब्रान्डका गाडी उत्पादन हुँदै आएका छन्।
१४ ठूला अटो ग्रुप कम्पनीले ५५ भन्दा बढी ब्रान्डका गाडी उत्पादन गर्दै आएका छन्।
विलासीदेखि इन्ट्रिलेवल कार र कमर्सियल सवारी उत्पादक कम्पनीहरु १४ वटा ग्रुपमा एकिकृत भएका छन्। प्रिमियम गाडी उत्पादनमा चर्चा कमाएका जर्मनी, जापान, अमेरिका, बेलायत र इटलीले धेरै ब्रान्डको उत्पादन गर्दै आएका छन्।
कुन ग्रुपले कुन कुन ब्रान्ड होल्ड गरेको छ भन्नेबारे यहाँ उल्लेख गरिएको छ।
सबैभन्दा धेरै ब्राण्ड होल्ड ग्रुपमा अमेरिकी जनरल मोटर्स र जर्मनीको फक्सवागन ग्रुप हो। जर्मनीको फक्सवागन ग्रुपसँग अउडी, सेट, स्कोडा, बुगाटी, बेन्टले, पोर्स्च, फक्सवागन र ल्याम्बोर्गिनी ब्राण्डको स्वामित्व रहेको छ।
त्यस्तैगरी अमेरिकाको जनरल मोटर्ससँग सेब्रोले, होल्डिन, भ्याक्स्योल, क्याडिल्याक, ओपेल, जिएमसी र बियूक ब्राण्डको स्वामित्व रहेको छ।
धेरै ब्रान्डको स्वामित्व भएको अर्को अटो ग्रुप हो एफसिए। यो ग्रुपले दुई छुट्टै क्राइसलर र फियाटअन्तर्गत गाडी उत्पादन गर्दै आएको छ। एफसिएअन्तर्गत मासेराती, लिंका, अल्फा रोमियो, जिप, फरारी, राम र डोजे ब्राण्डमा गाडी उत्पादन भइरहेको छ।
टोयोटा कम्पनीले डाइहात्सु, टोयोटा र लेक्सस ब्राण्डका गाडी उत्पादन गरिरहेको छ भने निसानले निसान, डाट्सन र इन्फिनिटी ब्राण्डमा गाडी बनाउँदै आएको छ।
पीएसए समूहसँग डिएस अटोमोवाइल, प्यूजो र सिट्रोन ब्राण्डको स्वामित्व रहेको छ।
भारतीय कम्पनी टाटा मोटर्सले टाटा, ल्यान्ड रोभर र ज्यागवार ब्राण्डमा गाडी बनाउँदै आएको छ। बिएमडब्लू ग्रुप अफ कम्पनीसँग बिएमडब्लू, रोल्स रोयस र मिनि ब्राण्डको स्वामित्व रहेको छ।
कोरियन कम्पनी हुन्डाई मोटर ग्रुपसँग हुन्डाई, किया र जेनिसस ब्राण्डको स्वामित्व रहेको छ। त्यसैगरी डिम्लर एजीले मर्सिडिज बेन्च, एएमजी र स्मार्ट ब्राण्डमा गाडी उत्पादन गर्दै आएको छ। फोर्डसँग फोर्ड, द लिङकन र अर्को एक ब्राण्डको स्वामित्व रहेको छ।
होन्डाले अकुरा र होन्डा ब्राण्डमा गाडी उत्पादन गर्दै आएको छ। एकल ब्रान्डमा माज्दा, सुबारु, मारुती सुजुकी, टेस्ला, म्याकलरेनलगायतले कार उत्पादन गर्दै आएका छन्। यसका साथै विश्व बजारमा अन्य थुप्रै ब्रान्डका सवारीको उत्पादन तथा बिक्री हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।