लिबाङ– बन्चरो प्रहार गरी दाजुका छोराछोरी हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए। घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले आज जानकारी दिए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। दाजुभाइका बीचमा व्यक्तिगत रिसिबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थामा आएको विचलनका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।