• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘रिस्क’मा रमाउने ठिटो

‘जीवन हिमाल चढ्नुजतिकै अप्ठेरो छ’
64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  ०९:०५
1140x725

काठमाडौं– हिउँमा कोरिएको अक्षर सूर्यको रापसँगै पग्लिएर जान्छ। तर, त्यही हिउँमा टेकेर रचिएको इतिहास त्यति सजिलै पग्लिदैन। त्यही हिउँमा टेकेर पटक-पटक ‘साहस’को इतिहास रचेका आरोही हुन् ३१ वर्षीय दावा फिन्जोक शेर्पा। 

उनको बुझाइमा हिमालसँग पौठेजोरी नखोजी आरोहण सफल हुन्न। पौंठेजोरी खोज्नु भनेको मृत्युसँग जुध्नु समान हो। उनको सफल आरोहणको संख्या गन्ने हो भने ६ पटक सगरमाथासँग जोरी खोजिसके, अनि १० अग्ला हिमाल। उनले आफू एक्लैले जोरी खोजेनन्, मृत्युसँग जिस्कन रुचाउने कैयौं पर्यटकलाई जोरी खोजाएका छन्।

‘हिमाल चढ्नु पटक–पटक मृत्युसँग जुध्नु नै हो,’ उनले भने, ‘मृत्युसँग जुध्दाजुध्दै हिमालसँग गहिरो प्रेम हुँदो रहेछ। 

पेशागत रुपमा उनको परिचय हो ‘माउन्टेन गाइड’। हिमालमा ‘रोड फिक्सिङ’को दरिलो जिम्मेवारीको अनुभव छ उनीसँग। ज्यानकै बाजी लगाएर हिमालमा भएका रेस्क्युका महत्वपूर्ण सदस्य हुन् उनी।

सन् २०१६ मा सगरमाथा चढ्ने क्रममा ज्यान गुमाएका भारतीय नागरिकको शव बेस क्याम्पमा ल्याउन उनले आफ्नै ज्यान जोखिममा पारेका थिए। ८ हजार ५ सय मिटरको उचाइमा रहेको शव तल ल्याउनु चुनौतीपूर्ण काम थियो नै। 
शव हिउँले खाएर कालो भइसकेको थियो। र, अत्यन्तै गह्रु्ंगो पनि। बोक्न कठिन थियो। तल झार्न ठूलै कसरत गर्नुपर्‍यो उनीहरूले। शव बोकेर दोस्रो क्याम्पमा झर्न मात्रै उनीहरुलाई ३० घण्टा लाग्यो। र पनि, सफल भए।

‘त्यो शव तानेर तल ल्याउन आफ्नै ज्यान जोखिममा पारियो,’ दावाले सम्झिए, ‘यस्तो काममा बल त चाहिन्छ नै बुद्धि पनि सँगै लगाउनुपर्छ। नत्र शव बोक्न जाँदा आफैं शव हुने जोखिम हुन्छ।’

यो ‘रेस्क्यु’घटनापछि दावालाई विभिन्न संस्थाले सम्मान पनि गरे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान उनको काममा तानियो, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनी छाए। 

यो काम उनको पहिलो हैन। उनले हिमालसँग जोडिएका टन्नै रेस्क्युका काम गरेका छन्। र सफल पनि भएका छन्। उनी जुन जिम्मेवारीका लागि खटिएका छन् त्यहाँ असफल हुन छुट हुन्न। उनी असफल भए उनको उद्धार उनी आफैंले गर्ने मौका पाउँदैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘आँखै अघिबाट पटक–पटक मृत्यु फुत्किरहेको हुन्छ। तर बानी नै परिसक्यो,’ दावा सम्झन्छन्, ‘रिस्कमा पनि छ्ट्टै आनन्द हुँदो रहेछ !’

यस्तो जोखिमपूर्ण पेशासँग कसरी जोडिए उनी ? 

भारीसँगै उठेको सपना
दोलखाको लामाबगरमा जन्मिए दावा। शेर्पा भए पनि उनको परिवारका न कसैले हिमाल चढ्यो, न वरिपरीका छिमेकीले नै। कोही गाइड पनि भएनन्। 

तर, खै कसरी उनको मन हिमालसँग गाँसियो। हिमाल चढ्ने, चढाउने गाइडहरू देख्दा उनको मन भित्रैदेखि उत्सुकताले भरिन्थ्यो। स्कुल गए पनि उनी अक्षरहरूसँग रमाउन सकेनन्। अभिभावकले पढाउन त पढाउँथे। तर प्रायः उनी स्कुलको गेटसम्मै नपुगी फर्कन्थे। 

पाँच कक्षासम्म बल्ल पुगेका थिए उनी। एकदिन बल गरेरै आमासँग वाक्य फुटाए–  बरु भारी नै बोक्नु परोस्, म स्कुल जाँदिन।

एक जना आफन्त ट्रेकिङ पेशामा थिए, नाताले काका। पर्यटनसम्बन्धी कम गर्ने उनको आफ्नै कार्यालय थियो। दावाको मनमा विदेशी पर्यटकलाई यता र उता देखाउँदै हिडेका गाइडको छवी गढेर बसेको थियो। 

काकाले हुन्छ भने आफ्नो सपना पुरा हुने थाहा थियो उनलाई। ‘काकालाई भनिदिनु्स् न, म पनि काम गर्छु’ भन्दै उनले आमालाई सताइरहे।

छोराको जिद्दीका अगाडि आमाले हारिन् र ती आफ्न्तलाई छोरा जिम्मा लगाइन्।

अनि पुस्तकले भरिएको दावाको झोला घरमा थन्कियो, पर्यटकको झोला काँथमा आइपुग्यो। उनी खुसी थिए, किनकि स्कुलको झोला उनको बाध्यता थियो, पर्यटकको झोला उनको सपना।

०००

०५६ सालतिरको कुरा हो। विजयपुरबाट बेगनास ताल हुँदै उनी पहिलो पटक ट्रेकिङमा हिँडे। पर्यटकहरू सिंगापुरका थिए। पोखरा पुगेपछि दावालाई बेस्सरी भोक लाग्यो। समूहमा आएका कुकहरु खाना बनाउन ब्यस्त थिए। यसो चियाए। थरिथरिका खाना पाक्दै थियो।

१३ वर्षको बालक मिठो खाना देख्दा लोभिने नै भए। मन थामे, केही बेरमै मिठो खाना पाउने आशमा।

एक कुकले भने ‘अब नेपालीका लागि खाना बसालौं।’

स्वादिलो खानाले भोक मेट्ने सुरमा रहेका दावा निरास भए। केही समयपछि कुकले उनी अगाडि खाना ल्याइदिए सादा दालभात अनि तरकारी। उनले त्यही खाएर भोक मेटाए। 

उमेर कलिलै थियो उनको। घरमा कहिल्यै काम नगरेको। आँट त गरे पर्यटकको भरिया बन्ने। तर बानी थिएन। गह्रुँगो सामान नाम्लोले बोकेर अप्ठ्यारो बाटो हिँड्न सकसै भयो उनलाई। पहिलो कामले नै सात्तो लियो उनको। तर आफ्नै रहर त हो। कसलाई भन्नु। त्यसैले बाङ्गो घाँटी लगाउँदै बाटोमा पाइला सारिरहे। बल्ल बल्ल क्याम्पमा पुगे। यही हो बस्ने ठाउँ भन्ने सुन्दा कम्ता खुसी लागेन उनलाई। भारी बिसाएर भारीले अरर्‍याएको गर्दन चलाउन खोजेको चलेन। एक घण्टा लाग्यो गर्दनको मांशपेशी ठाउँमा आउन।

०००

कुक र गाइडहरुले पर्यटकको सामान बोक्नेलाई वास्तै नगर्ने। सानो फुच्चेले भारी बोकिरहेको छ। भोकै छ कि, गार्‍हो पो भयो कि कसैले वास्तै नगर्दा चित्तै कुँडियो उनको। झलक्क आमाको अनुहार सम्झिए। पढ्ना गार्‍होले भारी बोक्न आउँदा गल्ती पो गरियो कि भन्ने लागिरह्यो उनलाई।

सँगै भारी बोक्ने साथीले सम्झाए,  ‘कुक र गाइड ठुला पोस्टका हुन्। हामी साना पोस्टका। उनीहरुले वास्ता गर्दैनन् हाम्रो। चित्त नदुखाउ।’

चित्त त कसरी बुझोस् उनको। अर्काले करले काम गर्न पठाएको भए पनि गुनासो गर्नु। आफैंले रोजेको काम। बुझाए चित्त। अनि मनमनै अठोट गरे, ‘पख, म पनि एकदिन गाइड बन्छ, अनि भारी बोक्नेलाई हेप्दिन।’

पहिलो पटकको काम साहसपूर्ण नै थियो। तर जब हातमा पारिश्रमिक आयो उनी फुरुङगै भए। १३ वर्षको फुच्चेको हातमा चार वटा हात्तीका पत्ता आइपुगे १३ दिनको भत्ता र टिप्स जोडेर। खुरुक्क घर फर्किएर आमाको हातमा राखिदिए पहिलो कमाइ।

कामको कठिनाइले आत्तिएको मन कमाइले तानियो। उनलाई लाग्यो पैसा कमाउने काम त यही रहेछ। जति दुःख पाए पनि छाड्दिन।

तर भरिया हुन मनले मानिरहेको भने थिएन। गाइडको सपना देखिसकेका थिए उनले। तर एकै पटक गाइड कसरी हुनु। त्यसमा पनि फुच्चेलाई कसले पत्याउने गाइड हुन्।

तै पनि एक दिन सँगै भारी बोकिरहेका साथीलाई सोधिहाले, ‘यो गाइड हुन चैं के गर्नुपर्छ ?’

ती साथीले भने, ‘गाइडको असिस्टेन्ट भएर काम गर्न पाइयो भने छिट्टै गाइड बनिन्छ।’ उनले सपनाको ढोका देखे। तर तत्काल सम्भव थिएन गाइडको असिस्टेन्ट हुन्। २ वर्षसम्म उनको थाप्लामा पर्यटकको भारीको नाम्लो टाँसियो। एकदिन गाइड हुन्छु भन्ने सपनालाई उनले भारीको भारसँगै साथमै बोकिरहे। कतै खस्न दिएनन्। 

भारी बोक्दाबोक्दै चाल पाए गाइड बन्ने हो भने त अंग्रेजी बोल्न आउनुपर्ने रहेछ। पाँच कक्षामै पढाइ हापेका उनलाई कसरी आओस् अंग्रेजी। 

भारी बोकेकै बेलामा पनि पर्यटकले बोलेको यसो कान थाप्न थाले उनले अंग्रेजी सिक्न। भारी बोक्नैका लागि पनि काठमाडौंमा उनको आउँजाउँ भइरहन्थ्यो। काठमाडौंमा भाषा कक्षा पढ्न पाइने चाल पाए। फुर्सदमा भाषा कक्षा लिन थाले।

‘गाइड बन्ने रहरले अंग्रेजी सिकायो,’ उनले भने, ‘फुर्सद हुँदा काठमाडौंमा भाषा कक्षा गएर पढेँ।’

बल्ल सुरु भयो असिस्टेन्ट यात्रा
एकदिन भारी बोक्ने जिम्मेवारी दिने उनै काकाले प्रस्ताव गरे, ‘असिस्टेन्ट गाइड बन्ने हो ?’

उनको सपनै त्यही त थियो। २ वर्षमा अंग्रेजी काम चलाउ बनाए। भारी बोक्ने क्रममै भए पनि नेपालका धेरै पर्यटकीय क्षेत्र चहारिसकेका थिए उनले। काकाको प्रस्ताव तुरुन्तै माने। अनि दावा आफ्नो सपनाको एक कदम नजिक पुगे भरियाबाट असिस्टेन्ट गाइड। 

ठूलो समूह हुँदा अरु पनि हुन्थे असिस्टेन्ट गाइड। तै पनि जिम्मेवारी त हुन्थ्यो नै उनको पनि। असिस्टेन्ट गाइडका रुपमा धौलागिरी ट्रेकमा जाँदा भने पाउनसम्म सकस पाए। एक त यत्तिको उचाइमा पहिला ट्रेक गरेकै थिएनन्। हाई अल्टिट्युडले सताउने भयो नै। 

दुःखले पच्छ्याउन छाडेको थिएन। उनको समूहलाई हिँडदाहिँड्दै खानै सकियो। चार दिन भोकै परे।

‘पर्यटकहरूलाई भोकै राख्नु हुन्थेन। उनीहरूलाई व्यवस्थापन त गरियो,’ उनले भने‘ हाम्रो समूह ठूलो थियो। चामल थोरै। ठूलो डेक्चीमा २ कप चामल हालेर खोले बनाएर चार दिन काट्यौं। खोले पनि सबैलाई पुग्दैनथ्यो।’

उनीहरूलाई एउटा आशा भने थियो– राम्रो टिप्सको। 

तर, सोचे जस्तो टिप्स आएन। ज्यान जोखिममा पारेर, भोकभोकै ट्रेक गराउँदा पनि सोचे जस्तो टिप्स नपाउँदा दोस्रो पटक उनको मन कुँडियो। सपनाको बाटो बदल्न खोजे– अब विदेश जान्छु।

असफल भएको इराकको सपना
जे गर्ने सोच्यो त्यो गरिहाल्ने बानी परिसकेको थियो दावाको। त्यसैले विदेश जाने सोचेनन् मात्र उनले। सोधखोज सुरु गरिहाले। पहिला नागरिकतै थिएन। नागरिकता नभई पासपोर्ट बन्दैनथ्यो। उनले नागरिकता र पासपोर्ट बनाए। उमेर ढाँटेर आफैंले पाँच वर्ष बढाए। 

अनि सुरु भयो विदेश जाने लिंकको खोजी। खोज्दाखोज्दै एक व्यक्ति भेटिए। उनले इराक जाने प्रस्ताव गरे। पैसा एक लाख ६० हजार खर्च हुने भयो। उनीसहित १० जना राजी भए। दलालले मागे अनुसारको पैसा पनि दिए। सुरु भयो इराक यात्रा।

पहिला भारत पुर्‍यायो दलालले। भारतबाटै इराक लैजान गार्‍हो भयो। दलालले कुरा मिल्दैछ भनेर २ महिना उतै थन्कायो। पछि आफैं गायब भयो। उनीहरु अलपत्र परे।

इराक जाने सपना दलालले तुहाइदिएको बुझेपछि उनीहरु पैसा जोरजाम गरेर नेपाल फर्किए। नेपाल फर्कदा दावाको दिमागबाट विदेश जाने चक्कर हराइसकेको थियो।

‘दलालले दिएको दुःखले मेरो बुद्धि फुर्‍यो, उनले भने, ‘जे गर्ने हो नेपालमै गर्छु, दुुःख पाइए पाइयोस् भन्ने भयो।’

सुरु भयोे ‘सपना’ यात्रा
विदेश गएर के–के न गर्छु भनेर काम छाडेर हिडेका उनी फेरि उही काकाकोमा पुगे काम खोज्दै। काकाले गज्जबको प्रस्ताव राखे उनलाई ‘४ जनाको समूहलाई गाइड गर्न सक्छौ ?’ 

दलाल नभागेको भए उनी पक्कै इराक पुग्थे नै। इराक मिसन असफल भएकोमा मनमनै धन्यवाद दिए दलाललाई। अनि फुरुङ हुँदै भने ‘हुन्छ म गर्छु।’

सन् २००६ बाट सुरु भयो दावाको गाइड यात्रा। उनको पहिलो गाइड यात्रा सुरु भयो मनास्लु, अन्नपूर्णको। टुर २८ दिनको थियो। साथमा थिए फ्रान्सका ४ नागरिक।

कस्तो भयो त पहिलो गाइडको अनुभव ?

‘पैसा त भनेजस्तो भएन। तर, मेरो लागि त्यो ठूलो अनुभव रह्यो,’ दावाले सुनाए।

त्यसपछि लगातार थुप्रैपटक उनले गाइड बनेर आफू पनि यात्रा गरे, पर्यटकलाई पनि यात्रा गराए।

अनि तान्यो हिमालले
अक्टोबरको समय थियो। ट्रेकिङमा थाकेको ज्यानलाई आराम दिइरहेका थिए काठमाडौंमा। सँगै ट्रेकिङ गएका पुरानो साथीसँग भेट भयो उनको। भेटघाटमा हुने गफ डाँडापाखै त हो। 

उनले सोधे ‘अहिले कतातिरको ट्रेकिङ छ?’ 

‘मैले त हिमालको ट्रेकिङ गर्न थालेको नि। पैसा पनि निकै राम्रो हुने। बरु तिमी पनि गर’ ती साथीले भने।

दावालाई हिमालमाथि रुची नभएको हैन। तर कामै पाउन मुस्किल थियो हिमालको। साथीलाई भने, ‘मन त छ हो, तर कसरी गर्नु ? कामै पाइदैन रे !’ 

‘त्यसको चिन्ता नगर। आँट गर्छौ भने म मिलाइदिन्छु’ साथीको भनाइपछि उनी जोस्सिए। 

उनको ती साथी एक कोरियन ट्रेकिङ अफिसमा काम गर्थे। त्यहाँ हिमालको यात्रामा अनुभवी कोरियनहरू नै हुँदारहेछन्। उनीहरूसँग जाने नेपाली नयाँ भए पनि हुने। सस्तोमा काम लगाउँदा रहेछन्।

उनी तिनै साथीको पछि लागेर कोरियन कम्पनी पुगे र फर्कँदा हिमाल घुमाउने भएर फर्किए।

तर उनीसँग हिमालबारे कुनै अनुभवै थिएन। त्यत्तिकै हिमालमा जाँदा त मरिन्छजस्तै लाग्यो। अनि लागे तालिमको खोजीमा। तालिम केन्द फेला परिहाल्यो। १० दिनको बेसिक, रक लेभल वान दुवै तालिम लिए। यति तालिम लिएपछि मरिदैन अब भन्ने पक्का भयो उनलाई अनि मानसिक रुपमा तयार भए हिमालको गाइड गर्न।

हिमाल घुम्ने दिन पनि आयो। पहिलो यात्रा सगरमाथा भनिएको थियो। तर त्यो क्यान्सिल भयो र धौलागिरी तय भयो। ठिकै भयो। पहिलो टिमै सगरमाथा त्यति सहज नहुन पनि सक्थ्यो। 

धौलागिरीका लागि उनको जिम्मामा आयो ७ जना पर्यटक। ७ मध्ये ४ जना हिमाल चढ्दै थिए। बाँकी बेस क्याम्पमै बस्ने थिए। अन्य कोरियन स्टाफ। पहिलो दिन उनीहरु काठमाडौंको ठमेलमा बसे। 

‘ती पर्यटकले समूहमा मान्छे छान्दा रहेछन्। उनीहरूको रोजाइमा म परेँ। तर पैसा ५ सय डलर र दिनको १० डलर दिने कुरा गरे,’ उनले पहिलो पटक हिमाल हिड्ने तयारीको दिन सम्झिए, ‘पैसा कम हुने भएपछि जान्न भनेँ। उनीहरूले हजार डलर र  दिनको ७ डलर तलबको प्रस्ताव गरे। म राजी भएँ।’ 

नबिर्सने धौलागिरी 
आठ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल। जुन दावाको पहिलो आरोहण थियो। यो बीचमा उनले विश्वको सर्वोच्च शिखरमै पाइला राखिसके। तर अझै धौलागिरी यात्राको कुरा गर्दा उनको मुहारको चमक बदलिन्छ। उनको स्मरणमा मेटिनै नसकिने गरी बसेको रहेछ धौलागिरी यात्राको छाप।

एक महिना लामो थियो उनीहरुको यात्रा सूची।

मार्फासम्म गाडीमा यात्रा गरे उनीहरुले। मार्फाबाट चाहिने सबै सामान याकबाट  ओसारे। त्यहाँबाट उनीहरूको पनि पैदल यात्रा सुरु भयो, उकालो। पहिला दिन मौसम त्यति खुलेको थिएन। हिउँ परिरहेको थियो। हिउँ परिरहेपछि भरियाहरु भारी लिएर उकालो लाग्न मानेनन्। 

यसो उसो गरेर बल्लतल्ल हिटन भ्यालीसम्म त पुगे तर, त्यहाँबाट सबै भरिया फर्केर गए। सबै भरिया फर्किएपछि आपत आइलाग्यो। भरिया नखोजी यात्रा अगाडि बढाउन सम्भव थिएन।

दावा आफैं जुटे नयाँ भरिया खोज्न। जोमसोम आइपुगे उनी। बल्ल बल्ल केही भरिया राजी भए माथि जान। उनीहरु नयाँ भरियालाई साथमा लिएर उकालो चढे। हिउँ उस्तै गरी परिरहेको थियो। 

अर्को आपत। खोजेका नयाँ भरिया पनि हामी त जान्नौं भन्न थाले र तलतिर फर्किए। मौसम सुध्रने छाँट थिएन। हिउँ रोकिएको हैन। पहिलो यात्रामै असफल भइएला कि भन्ने डर भयो उनलाई।  

कालापानी भन्ने ठाउँमा गएर केही स्थानीयलाई आग्रह गरेपछि ७ हजारमा बेसक्याम्पसम्म सामान ओसार्न राजी भए। केही राहत पाए उनले। 

‘उनीहरूलाई लिएर बेसक्याम्प पुग्दा क्याम्प सबै सेट भइसकेको रहेछ। मलाई बेस क्याम्प कसरी टाँग्नुपर्छ भन्ने अनुभव थिएन। सजिलो भइदियो,’दावाले सुनाए। 

धौलागिरी चढ्न आएको अर्को समूह भारतीय सेनाको थियो। उनीहरु हिमाल चढ्न माथतिर डोरी तान्ने काम गरिरहेका थिए। आफ्नो समूहभन्दा अगाडि नै डोरी फिक्सहुँदा उनलाई केही सहज हुने नै भयो। 

२८ अप्रिलमा ‘सबमिट’ गर्ने भन्ने योजना थियो। योजनाअनुसार त्यही दिन बेलुका उनीहरु उनीहरू क्याम्प ३ मा पुगे। बेलुका त्यहाँबाट हिँड्नुपर्ने थियो। 

हिमालमा दुःख हुन्छ भन्ने त सुनेका थिए उनले। तर हिमालको दुःख भोगिसकेका थिएनन्। कस्तो दुःख हुने रहेछ भोग्दै गए उनले। 

त्यो रातभर हिँड्दा हिँड्दा उज्यालै भयो। दिउँसो फेरि जोडले हिउँ पर्न थाल्यो। यात्रा अगाडि बढाउनै मुस्किल भयो। चुचुरोमा पुग्न अझै  ५/६ घण्टाको हिडाइ बाँकी नै थियो। 

यसरी त भएन। लिडरले तत्काल बैठक राखेर भने, ‘जो–जो जानसक्छ माथि जाऔं। जो–जो जान सक्दैन फर्केर जाऔं।’ 

अवस्था अप्ठ्यारो थियो। दावा पहिलो पटक हिमाल चढ्दै थिए। उनले साथीले भनेको सम्झिए ‘यसपालि ८ हजारभन्दा माथिको समिट भयो भने तिमीले जति पनि काम पाउँछौ।’ 

उनको मनले भनिरहेको थियो,‘शेर्पाको छोरा भएर के हिउँसँग डराएको हो चढ्... चढ्।’

को तल झर्ने, को माथि नै जाने तय हुनै बाँकी थियो। एक जना कोरियन समिटर आत्तिए। उनी तल झर्ने भए। दावाले भने, ‘म त चढ्ने हो।’

दावासहित बाँकी टिमका सदस्य तल नझर्ने भए। र बेलुकाको ६ बजे उनी टिमसहित चुचुरोमा पुग्न सफल भए।

फर्कदा भने नमिठो घटना भयो टिममा। ओर्लदा ओर्लदै समूहका एक सदस्य चिप्लिएर सय मिटर तल पुगे। दावा आत्तिए। उद्धार गर्नसक्ने अवस्थै थिएन। एकै समूहका साथी। छाडेर कसरी जानु। समूहमा उनका भान्जा पनि थिए।
उनले सोधे, ‘तिम्रो मामा त चिप्लिएर तल गयो अब के गर्ने?’

उनले सहजै उत्तर दिए, ‘जाओस्न त अब के गर्न सकिन्छ र !’

दावाले पहिलो पटक अनुभव गरे हिमालको हिउँमात्रै हैन, त्यो हिउँ टेक्दै चुचुरोमा जानेहरुको मन पनि हिउँजस्तै चिसो हुने रहेछ। 

मिसन सगरमाथा
धौलागिरी आरोहणले हिमालसँग पहिलो साक्षात्कार गरायो उनलाई। पाठ पनि पढायो। उनलाई लाग्यो यत्तिकै आँटेर मात्र त हुन्न। अनी उनले ‘हाइ माउन्टेन रेस्क्यु’को तालिम लिए। तालिमले उनको मनोवल बढायो। उनले लक्ष्य बनाए अब सगरमाथा। सगरमाथाको सपना पुरा हुन लामो समय लागेन। प्रख्यात साइकलयात्री पुष्कर शाहसँगै उनले सगरमाथा चढे।

‘धौलागिरी चढ्दा जति अप्ठ्यारो थियो। सगरमाथा चढ्दा त्यत्ति अप्ठ्यारो भएन,’ उनले अनुभव सुनाए, ‘अनुभव पनि बढेको थियो, सिस्टमेटिक ढंगले गएको थिएँ।’ 

त्यसपछि हिमालको यात्रामा उनी हालसम्म निरन्तर लागिरहेका छन्। ‘कहिलेकाहीँ प्रतिकूल हुँदामात्र आरोहण गर्न सकिन्न। नत्र प्रायः सफल नै आरोहण हुन्छन्,’ उनी भन्छन्। 

सगरमाथै चढे पनि उनको परिचय सर्टिफाइड गाइड र हाइ अल्टिट्युड पोर्टर थियो। सर्टिफिकेटमा त्यही लेखिन्थ्यो। उनलाई सगरमाथा चढ्नेमा समेत नाम लेखाउनु थियो। त्यसका लागि गाइड बनेरमात्र सम्भव थिएन। शुल्क बुझाएर आरोहीकै हैसियतमा हिमाल आरोहण गर्नैैपथ्र्याे। उनी आत्तिएनन्। तयारी गरे। अहिले उनको परिचय गाइड या हाइअल्टिट्युड पोर्टरमात्रै छैन, उनी आरोही पनि हुन्।

चिसो छैन उनको मन
हिमाल चढ्दा नजिकको साथी आखैंअघि गुमाउनु परेको पीडा पनि छ दावासँग। २०१२ मा हिमाल चढ्ने क्रममा उनले आफ्नै टिमको साथी गुमाए। अचानक उनको आँखैअघि साथी हिमालमा हराए। मनमा पिडा बोकेर भए पनि उनी यात्रामा निस्किए। किनक विकल्प थिएन। 

हिमाल चढ्दाको उनको निष्कर्ष हो ‘पहिला आफैं बाँच्नुपर्दो रहेछ।’ जो कोही समस्यामा परोस् पैसा नभई केही हुन्न रे हिमालमा। 

तर दावालाई यो फिटिक्कै मन पर्दैन। ‘मानवता भन्ने पनि हुन्छ नि, अर्काको पनि ज्यानै त हो ’ उनको मनले यही भनिरहन्छ। त्यसैले आरोहणमा हिडेको बेलामा आपतमा परेकाको उद्धार गर्न पछि हट्दैनन् उनी। 

एकपटक मनास्लु चढ्ने बेला दावा ३० मिटर तलबाट फर्किनु पर्‍यो। उनीसँगै गएका आरोहीको हात हिउँले खायो। उनी हिमाल चढ्न छाडेर आरोही लिएर तल झरे र उपचार गराए। ती  आरोही उपचारपछि फिट हुँदा उनलाई सफल हिमाल आरोहण गर्दाको भन्दा बढी खुसी मिल्यो। 

अर्को घटना पनि सुनाए उनले। सन् २०११ मा उनी पहिलो पटक कन्चनजंघा आरोहण गर्दै थिए। आरोहण गर्ने क्रममा साथीको पर्यटक आरोहण गरेर आए। क्याम्प ४ मा पुगेपछि उनको दिमागमा पानी जम्यो। अर्थात् ‘हेज’ भएछ। 
उनलाई सहयोग गर्ने कोही भएन। दावासँगै गएका आरोही बलिया र सक्रिय थिए।  दावाले उनलाईसोधे ‘म उसलाई सहयोग गर्छु, तिमी जान सक्छौ?’ उनले ‘हुन्छ तिमी सहयोग गर्नु’ भनेपछि दावाले उनलाई उद्दार गरे।

लहडमै हो उनी हिमालसँग निकट भएको। तर यही निकटताले उनलाई हिमालले निक्कै सिकाएको छ। हिमाल चढ्दाचढ्दै उनले जीवनलाई फरक दृष्टिले हेर्नसक्ने भएका छन्। 

जीवन के रैछ त ? कुराकानीको बिट मार्ने जिज्ञासामा उनले दार्शनिक भावमा भने‘ ‘जीवन र हिमाल उस्तै हुन्। दुवैमा अप्ठ्यारा छन्। जसले अप्ठ्यारालाई जित्छ दुवैतिर उसैको जीत हुन्छ।’

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्