• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत-पाक वार्ताको मध्यस्थता नेपालले गरोस् भन्ने चाहन्छ भारत !

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १६:०४
1140x725

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग संवाद बढाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चाहना सार्वजनिक भएलगत्तै त्यसमा नेपाल पनि तानिएको छ। 

भारतले आयोजना गर्न लागेको सांघाइ कोअपरेशन अर्गनाइजेनस (एससीओ)का सरकार प्रमुखहरुको वार्षिक बैठकमा पाकिस्तानी प्रधानमन्त्री खानलाई पनि निम्तो दिएको छ। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एससीओ सदस्य राष्ट्रका सबै सरकार प्रमुखलाई निम्तो दिएको बताएका थिए। भारत, कजाकस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान रहेको एससीओमा सन् २०१७ देखि पाकिस्तान पनि सदस्य छ।

‘यसै वर्षको अन्त्यमा भारतले एससीओका सरकार प्रमुखको बैठक आयोजना गर्दै छ,’ विदेश मन्त्रालयले साप्ताहिक रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा कुमारले भनेका थिए,  ‘बहुपक्षीय र व्यापार सहकार्यबारे बहस गर्ने एससीओको कार्यक्रम अनुसार प्रधानमन्त्री तहमा वार्षिक बैठक आयोजना गरिन्छ। संगठनको स्थापित अभ्यास र प्रक्रिया अनुसार सबै ८ सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रलाई बैठकमा उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।’ 

दक्षिण एसियाली सहयोग संगठन (सार्क) बाट पाकिस्तानलाई अलग गर्न चाहेको भारतले एससीओमा निमन्त्रणा पठाएको विदेश मन्त्रालयले सार्वजनिक रुपमा स्वीकार गरेपछि दुई देशबीचको वार्ताको मध्यस्थताका लागि नेपाललाई जोड्न थालिएको छ। 

भारतीय सरकारीदेखि निजी मिडियासम्मले भारत–पाकिस्तान वार्ताको मध्यस्थता नेपालले गर्न चाहेको खबरहरु सार्वजनिक गरेका छन्। सन् २०२० को अन्त्यतिर एससीओको बैठक आयोजना गर्नुअघि नै भारतले पाकिस्तानसँग वार्ता गर्न चाहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार भारतीय पत्रकारहरुलाई ‘ब्रिफिङ’ गरेका थिए । ब्रिफिङमा सहभागी हुन नेपाल आएका भारतीय पत्रकारहरुले नेपालको सरकारका अधिकारीहरुलाई उल्लेख गर्दै नेपालले मध्यस्थता गर्न खबर सम्प्रेषण गरिरहेका छन्। 

काठमाडौंमा भारतीय मिडियालाई ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटीआई) ले शनिबार सार्वजनिक गरेको खबरमा कश्मीर मुद्दालाई लिएर दुई देशबीच मध्यस्थताको प्रस्ताव गर्ने दक्षिण एसियाको पहिलो देश भएको उल्लेख छ। त्यसलाई अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ।

 ‘कुनै पनि समस्या समाधान गर्न शान्तिपूर्ण वार्ता र छलफल उत्तम तरिका हो,’ बेनामे स्रोतलाई उल्लेख गर्दै पिटीआइले लेखेको छ, ‘विरोधाभास र फरक मत हुन सक्छन् तर यसलाई संवादमार्फत् हल गर्न सकिन्छ। यदि आवश्यक परे स्वतन्त्र, तटस्थ र शान्तिप्रिय देशका रुपमा नेपाल मध्यस्थताको भूमिका निर्वाह गर्न तयार छ ।’ 

Ncell 2
Ncell 2

त्यस्तै अंग्रजी अखबार दी हिन्दूले आवश्यक परे नेपालले भारत र पाकिस्तानबीच मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको भन्दै समाचार प्रकाशित गरेको छ।  ‘यदि आवश्यक परे स्वतन्त्र, तटस्थ र शान्तिप्रिय देशका रुपमा नेपाल मध्यस्थताको भूमिका निर्वाह गर्न तयार छ,’ बेनामे उच्च सरकारी अधिकारीलाई उल्लेख गर्दै दी हिन्दूले पनि लेखेको छ, ‘हामी सत्य–तथ्य मन पराउँछौं र उत्तम समाधन खोज्न हामी सहायक हुन सक्छौं ।’ 

शनिबार प्रकाशित दी हिन्दूको समाचारमा सार्क र आतंकवादबीच कुनै पनि सम्बन्ध नभएको नेपाली अधिकारीले बताएको पनि उल्लेख गरिएको छ। कश्मीरस्थित उरीमा रहेको भारतीय सैन्य शिविरमा हमला भएपछि भारतले सन् २०१६ मा इस्लामावादमा हुन लागेको शिखर सम्मेलन बहिस्कार गरेको थियो। भारतको बहिस्कारपछि सार्कको अहिलेसम्म कुनै पनि सम्मेलन हुन सकेको छैन। 

दी वायरले भने नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा मोदी र खानलाई निमन्त्रणा गरिएको उल्लेख गर्दै सार्क शिखर सम्मेलन नभइरहेको अवस्थामा यो अनौपचारिक भेटघाटको माध्यम हुन सक्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताएको उल्लेख गरेको छ। मन्त्री ज्ञवालीलाई उल्लेख गर्दै समाचारमा भनिएको,  ‘जब सार्क सम्मेलन नभइरहेको अवस्थामा सगरमाथा संवाद दक्षिण एसियाका नेताहरुका लागि अनौपचारिक भेटघाट गर्ने थलो हुन सक्छ भन्ने सोधियो उनी उत्साहपूर्ण रुपमा सहमत भए– यो गजबको आइडिया हुनसक्छ।’

 नेपाल सार्कको अध्यक्ष हो। सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो। इस्लामावादमा हुने सम्मेलनमा नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम भए पनि सम्मेलन स्थगित भएका कारण नेपालले नै अहिले त्यसको अध्यक्षता गरिरहेको छ। सन् २०१४ मा सत्तामा पाकिस्तानसँग सम्बन्ध सुधार गर्ने भन्दै मोदीले २०१५ मा नवाज सरिफको जन्मदिनमा पाकिस्तानको ‘सरप्राइज भिजिट’ गरेका थिए । तर, सन् २०१९ को भारतीय लोकसभा चुनावको सम्मुखमै भारतप्रशासित जम्मू–कश्मीरको पुलवामामा ४० भारतीय सैनिकको ज्यान लिने गरि आतंकवादी आक्रमण भएपछि भारतले पाकिस्तानसँगका सबै द्विपक्षीय भेटघाट बन्द गरेको छ। 

पाकिस्तानमाथि आतंकवाद हुर्काएको आरोप भारतले लगाउने गरेको छ। पुलवामा आक्रमणको बदलामा भारतले पाकिस्तानस्थित बालाकोटमा हवाई हमला गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ। गत अगष्ट ५ मा भारतले संविधानको धारा ३७० निलम्बन गर्दै जम्मू–कश्मीरलाई दिएको विशेष अधिकार खारेज गरेपछि पाकिस्तानले त्यसको चर्को विरोध गरेको छ। यही विषयलाई लिएर भारत र पाकिस्तानबीच विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आरोप–प्रत्यारोप पनि हुने गरेको छ। 
 

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्