• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत-पाक वार्ताको मध्यस्थता नेपालले गरोस् भन्ने चाहन्छ भारत !

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १६:०४
1140x725

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग संवाद बढाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चाहना सार्वजनिक भएलगत्तै त्यसमा नेपाल पनि तानिएको छ। 

भारतले आयोजना गर्न लागेको सांघाइ कोअपरेशन अर्गनाइजेनस (एससीओ)का सरकार प्रमुखहरुको वार्षिक बैठकमा पाकिस्तानी प्रधानमन्त्री खानलाई पनि निम्तो दिएको छ। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एससीओ सदस्य राष्ट्रका सबै सरकार प्रमुखलाई निम्तो दिएको बताएका थिए। भारत, कजाकस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान रहेको एससीओमा सन् २०१७ देखि पाकिस्तान पनि सदस्य छ।

‘यसै वर्षको अन्त्यमा भारतले एससीओका सरकार प्रमुखको बैठक आयोजना गर्दै छ,’ विदेश मन्त्रालयले साप्ताहिक रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा कुमारले भनेका थिए,  ‘बहुपक्षीय र व्यापार सहकार्यबारे बहस गर्ने एससीओको कार्यक्रम अनुसार प्रधानमन्त्री तहमा वार्षिक बैठक आयोजना गरिन्छ। संगठनको स्थापित अभ्यास र प्रक्रिया अनुसार सबै ८ सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रलाई बैठकमा उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।’ 

दक्षिण एसियाली सहयोग संगठन (सार्क) बाट पाकिस्तानलाई अलग गर्न चाहेको भारतले एससीओमा निमन्त्रणा पठाएको विदेश मन्त्रालयले सार्वजनिक रुपमा स्वीकार गरेपछि दुई देशबीचको वार्ताको मध्यस्थताका लागि नेपाललाई जोड्न थालिएको छ। 

भारतीय सरकारीदेखि निजी मिडियासम्मले भारत–पाकिस्तान वार्ताको मध्यस्थता नेपालले गर्न चाहेको खबरहरु सार्वजनिक गरेका छन्। सन् २०२० को अन्त्यतिर एससीओको बैठक आयोजना गर्नुअघि नै भारतले पाकिस्तानसँग वार्ता गर्न चाहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार भारतीय पत्रकारहरुलाई ‘ब्रिफिङ’ गरेका थिए । ब्रिफिङमा सहभागी हुन नेपाल आएका भारतीय पत्रकारहरुले नेपालको सरकारका अधिकारीहरुलाई उल्लेख गर्दै नेपालले मध्यस्थता गर्न खबर सम्प्रेषण गरिरहेका छन्। 

काठमाडौंमा भारतीय मिडियालाई ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटीआई) ले शनिबार सार्वजनिक गरेको खबरमा कश्मीर मुद्दालाई लिएर दुई देशबीच मध्यस्थताको प्रस्ताव गर्ने दक्षिण एसियाको पहिलो देश भएको उल्लेख छ। त्यसलाई अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ।

 ‘कुनै पनि समस्या समाधान गर्न शान्तिपूर्ण वार्ता र छलफल उत्तम तरिका हो,’ बेनामे स्रोतलाई उल्लेख गर्दै पिटीआइले लेखेको छ, ‘विरोधाभास र फरक मत हुन सक्छन् तर यसलाई संवादमार्फत् हल गर्न सकिन्छ। यदि आवश्यक परे स्वतन्त्र, तटस्थ र शान्तिप्रिय देशका रुपमा नेपाल मध्यस्थताको भूमिका निर्वाह गर्न तयार छ ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै अंग्रजी अखबार दी हिन्दूले आवश्यक परे नेपालले भारत र पाकिस्तानबीच मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको भन्दै समाचार प्रकाशित गरेको छ।  ‘यदि आवश्यक परे स्वतन्त्र, तटस्थ र शान्तिप्रिय देशका रुपमा नेपाल मध्यस्थताको भूमिका निर्वाह गर्न तयार छ,’ बेनामे उच्च सरकारी अधिकारीलाई उल्लेख गर्दै दी हिन्दूले पनि लेखेको छ, ‘हामी सत्य–तथ्य मन पराउँछौं र उत्तम समाधन खोज्न हामी सहायक हुन सक्छौं ।’ 

शनिबार प्रकाशित दी हिन्दूको समाचारमा सार्क र आतंकवादबीच कुनै पनि सम्बन्ध नभएको नेपाली अधिकारीले बताएको पनि उल्लेख गरिएको छ। कश्मीरस्थित उरीमा रहेको भारतीय सैन्य शिविरमा हमला भएपछि भारतले सन् २०१६ मा इस्लामावादमा हुन लागेको शिखर सम्मेलन बहिस्कार गरेको थियो। भारतको बहिस्कारपछि सार्कको अहिलेसम्म कुनै पनि सम्मेलन हुन सकेको छैन। 

दी वायरले भने नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा मोदी र खानलाई निमन्त्रणा गरिएको उल्लेख गर्दै सार्क शिखर सम्मेलन नभइरहेको अवस्थामा यो अनौपचारिक भेटघाटको माध्यम हुन सक्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताएको उल्लेख गरेको छ। मन्त्री ज्ञवालीलाई उल्लेख गर्दै समाचारमा भनिएको,  ‘जब सार्क सम्मेलन नभइरहेको अवस्थामा सगरमाथा संवाद दक्षिण एसियाका नेताहरुका लागि अनौपचारिक भेटघाट गर्ने थलो हुन सक्छ भन्ने सोधियो उनी उत्साहपूर्ण रुपमा सहमत भए– यो गजबको आइडिया हुनसक्छ।’

 नेपाल सार्कको अध्यक्ष हो। सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो। इस्लामावादमा हुने सम्मेलनमा नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम भए पनि सम्मेलन स्थगित भएका कारण नेपालले नै अहिले त्यसको अध्यक्षता गरिरहेको छ। सन् २०१४ मा सत्तामा पाकिस्तानसँग सम्बन्ध सुधार गर्ने भन्दै मोदीले २०१५ मा नवाज सरिफको जन्मदिनमा पाकिस्तानको ‘सरप्राइज भिजिट’ गरेका थिए । तर, सन् २०१९ को भारतीय लोकसभा चुनावको सम्मुखमै भारतप्रशासित जम्मू–कश्मीरको पुलवामामा ४० भारतीय सैनिकको ज्यान लिने गरि आतंकवादी आक्रमण भएपछि भारतले पाकिस्तानसँगका सबै द्विपक्षीय भेटघाट बन्द गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाकिस्तानमाथि आतंकवाद हुर्काएको आरोप भारतले लगाउने गरेको छ। पुलवामा आक्रमणको बदलामा भारतले पाकिस्तानस्थित बालाकोटमा हवाई हमला गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ। गत अगष्ट ५ मा भारतले संविधानको धारा ३७० निलम्बन गर्दै जम्मू–कश्मीरलाई दिएको विशेष अधिकार खारेज गरेपछि पाकिस्तानले त्यसको चर्को विरोध गरेको छ। यही विषयलाई लिएर भारत र पाकिस्तानबीच विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आरोप–प्रत्यारोप पनि हुने गरेको छ। 
 

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्