विराटनगर– मोरङको पथरी शनिश्चरे नगरपालिका–१०, जिरिखिम्तीबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ का प्रेम मगर, सुनिल पिठाकोटे, सन्जिव राई र दिलिप थापालाई पक्राउ गरिएको हो।
स्पास्मोप्रोक्सिवन, कफट्याब, माडोल र गाँजासहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको मोरङ्ग प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।