• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पुरानो वितरण प्रणालीले धान्दैन बढ्दो विद्युत माग

प्राधिकरण भन्छ- भूमिगत नयाँ वितरण प्रणाली आवश्यक
64x64
नेपाल लाइभ शनिबार, माघ ४, २०७६  १८:५३
1140x725

काठमाडौं- देशमा हरेक वर्ष विद्युत माग बढ्दो छ। उत्पादन पनि बढिरहेको छ। तर सो अनुपातमा वितरण प्रणालीको स्तरोन्नति नहुँदा माग र आपूर्ति व्यवस्थापनमा समस्या देखिएको छ। 

विद्युत खपत बढेसँगै पुरानो वितरण प्रणालीले धान्न नसक्दा पछिल्लो समय बत्ती जाने आउने भइरहेको छ।

विद्युत माग बढ्दा ‘सिस्टम ओभरलोड' हुने भएकाले बत्ती जानेआउने भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन्।

‘मौसमका कारणले काठमाडौं उपत्यकामा अहिले समस्या छ। तर अधिकांश ठाउँमा अवस्था सामान्य हुँदै गएको छ। त्यसका लागि प्राधिकरणले प्रणाली सुधार र ट्रान्सफर्मर थप्ने काम गरिरहेकको छ,’ प्रवक्ता अधिकारीले भने, ‘हाम्रो प्रशारण प्रणाली मास्टर-प्लान अनुसार गरेको होइन। कतै ओभरलोड छ भने कतै लोड नपुगेको अवस्था छ।,’

बेलुका ५ बजेदेखि ९ बजेसम्म र बिहान ५ बजेदेखि ९ बजेसम्म उपत्यकाको विद्युत माग अत्यधिक हुन्छ। बत्ती झ्याप्प जानेआउने समस्या पनि यही समयमा बढी हुन्छ। काठमाडौं उपत्यका बाहिर यस्तो समस्या नरहेको अधिकारीको भनाइ छ। अहिले काठमाडौं उपत्यकामा ४ सय ५० मेगावाट लोड धान्न सक्ने वितरण प्रणाली छ। तर माग नै त्योभन्दा बढी भएपछि ठाउँठाउँमा प्राविधिक समस्या देखिएको उनी बताउँछन्। सामान्य अवस्थामा उपत्यकाको माग साढे ३ सय मेगावाट भए पनि जाडोयाममा साढे ४ सय मेगावाटमाथि पुग्ने भएका कारण बत्ती जानेआउने समस्या देखिएको हो।  

Ncell 2
Ncell 2

आगामी २ वर्षमा काठमाडौं उपत्यकाको विद्युत माग हालको भन्दा दोब्बर पुग्ने अनुमान प्राधिकरणको छ। जसकारण अब पुरानो वितरण प्रणालीले माग धान्न नसक्ने र त्यसका लागि काठमाडौं उपत्यकाको समग्र वितरण प्रणाली नै हेरफेर गर्नु आवश्यक रहेको अधिकारी बताउँछन्। 

‘प्राधिकरणले वितरण प्रणालीको पुनर्संरचना गर्ने र आधुनिकीकरणको कामलाई प्राथमिकतामा राखेको छ। यसलाई पुनर्संरचना गर्न ओभरहेड प्रणालीबाट असम्भव जस्तै देखियो। जसकारण यसलाई विस्तारै भूमिगत प्रणालीमा लैजान काम सुरु पनि भइसकेको छ,’ उनले भने। 

वितरण प्रणाली सुदृढीकरणमार्फत् मात्र समस्या समाधान हुने देखेपछि प्राधिकरणले त्यसको पुनर्संरचना गर्ने योजना बनाएको हो। पछिल्लो एक वर्ष अवधिमा मात्र काठमाडौं उपत्यकामा प्राधिकरणले १ हजारभन्दा बढी पुराना ट्रान्सफर्मर प्रतिस्थापन गरेको छ। तर समस्या भने पूर्ण रुपमा हल भइसकेको देखिँदैन। ‘पुराना ट्रास्फर्मर हटाउने र नयाँ ट्रान्सफर्मर राख्ने काम हामीले द्रुत गतिमा गरिरहेका छौं। तर ट्रास्फर्मर राखेर मात्र भएन, डिस्ट्रिब्युसन फिडरको क्षमता पनि बढाउनुपर्ने छ। पुराना फिडर ओभरलोड हुन थाले,' प्रवक्ता अधिकारीले भने। 

उपत्यकामा वितरण प्रणालीको स्तरोन्नति गर्न प्राधिकरणलाई सजिलो भने छैन। काठमाडौंमा अनियन्त्रित बस्ती विकासको कारणबाट नयाँ प्रणाली थप्न समस्या भएको अधिकारीको भनाइ छ। ‘उपत्यकामा नयाँ बस्ती विकास भएका छन्। त्यहाँ नयाँ फिडर निर्माण गर्नुपर्‍यो। नयाँ फिडर बनाउन सर्वसाधारणले अवरोध गर्छन्। एउटा विद्युत पोल राख्नका लागि जग्गा पाईंदैन। जताततै घर र खुला ठाउँको अभावका कारण झन् समस्या छ। ट्रान्सफर्मर त कसैले आफ्नो घरअगाडि राख्नै दिँदैनन्,’ उनले भने। 

यस वर्ष देशभरको विद्युत माग अधिकतम १ हजार ३ सय ४० मेगावाटसम्म पुगेको थियो। जसमध्ये काठमाडौं उपत्यकामा माग बढेको देखिन्छ। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले २०७४ चैतमा ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रका रुपमा गरेको श्वेतपत्रमा ‘एक वर्षभित्र हरेक प्रदेशको वितरण गुरु योजना तयार गरी लागू गरिनेछ,’ भनी उल्लेख गरिएको छ। तर यो गुरुयोजना कार्यान्वयनमा आइसकेको छैन। 

त्यस्तै श्वेतपत्रमा वितरण प्रणालीलाई स्वचालित एवम् आधुनिकीकरण गरी स्मार्ट ग्रिड प्रणालीका रूपमा विकास गरिने समेत उल्लेख गरेको छ। तर उत्पादन र प्रशारणलाइन निर्माणमा जति चासो र महत्व दिइएको छ सो अनुपातमा वितरण प्रणालीमा मन्त्रालय र प्राधिकरण केन्द्रित हुन सकेको देखिँदैन। 

श्वेतपत्रमा काठमाडौं, पोखरालगायत प्रमुख सहरमा हुने दीर्घकालीन विद्युत मागलाई मध्यनजर गरी प्रशारण, वितरण एवम् सब-स्टेसनको सुदृढीकरण तथा विस्तार गरिने र वितरण प्रणाली सुरक्षित एवम् वातावरणमैत्री बनाउन भूमिगत केवल बिछ्याउने कार्य थालनी गरिने पनि उल्लेख छ। वितरण प्रणाली भूमिगत गर्न प्राधिकरणले सुरु गरिसकेको भए पनि त्यसको गति भने सुस्त देखिन्छ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्