काठमाडौं- नेपाल आयल निगमले सरकारलाई २० प्रतिशत बोनस दिएको छ।
११ अर्ब चुक्ता पुँजी रहेको निगमले मंगलबार सरकारको खातामा २ अर्ब २० करोड रुपैयाँ बोनस पठाएको हो।
निगमले गत आर्थिक वर्ष २०७५/७६ को नाफा रकमबाट उक्त बोनस सरकारको खातामा पठाएको हो।
निगम सरकारको पूर्ण स्वामित्व भएको संस्था हो।
सरकारले राजश्व संकलनको लक्ष्य पुर्याउन सरकारी लगानीका विभिन्न संस्थाको लाभांश रकम सरकारी खातामा जम्मा गरिरहेको छ।
निगमले मात्रै यो रकम सरकारको खातामा हालेपछि त्यसको असर राजश्व वृद्धिमा देखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।