अर्थमन्त्रीले गरे एकसाथ ठूला ३ आयोजनाको अनुगमन [फोटो फिचर] 

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 १५:३३:०० मा प्रकाशित

जनकपुर- अर्थमन्त्री डा युवराज खतिवडाले जनकपुर-जयनगर रेलवेको निरीक्षण गरेका छन्। मंगलबार उनले रेलवेको निरीक्षण गरेका हुन्। 

सो क्रममा उनले रेलवे पदाधिकारी, प्रदेश २ का मन्त्रीहरू र स्थानीय जनप्रतिनिधिसँग कुरा छलफल समेत गरेका थिए। 

जनकपुर-जयनगर रेलवे सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ। 

माघ दोस्रो साता नै रेल ल्याउने तयारी भएको रेलवे पदाधिकारीले जानकारी गराएपछि उनले यातायात पूर्वाधारका लागि सरकारले योजनाबद्ध तवरले काम गरिरहेको बताए।

सो रेलवेको अनुगमनपछि अर्थमन्त्री खतिवडाले जनकपुरपछि काठमाडौं-तराइ द्रुत मार्ग र निजगढ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रसमेत अवलोकन गरेका थिए।

पूर्वाधार आयोजनाहरूको अनुगमनपछि मन्त्री खतिवडाले पूर्वधार आयोजनामा पूँजी अभाव हुन नदिने बताएका छन्। 

तस्बिरहरू : अर्थ मन्त्रालय