• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'ब्याजदर घट्ने हल्ला र पर्याप्त तरलताले बढ्यो पुँजीबजार'

64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १८:३९
1140x725

काठमाडौं- अघिल्लो सातादेखि नै उकालो लाग्न थालेको पुँजीबजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ।  कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ५१ प्रतिशत बढेकाले निरन्तरता पाएको हो। यसको अर्थ आइतबार नेप्से ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ अंकमा पुगेको हो। 

लामो समय १ हजार १ सय बिन्दुको वरिपरि रुमल्लिएको परिसूचक गत साताबाट आक्रामक देखिन थालेको हो। एक सातामा नै नेप्से १ सय बिन्दुभन्दा बढीले वृद्धि भई १ हजार २ सयको बिन्दुमाथि पुगेको छ। सामान्यतया, पुँजीबजार पनि माग र आपूर्तिको सिद्धान्तमा आधारित भएर घटबढ हुने हो। तर पनि पुँजीबजार परिसूचक निर्धारणमा माग र आपूर्तिका अतिरिक्त विभिन्न पक्षले महत्वपूर्ण भूमिका खेल्छन्। पछिल्लो समय नेप्सेमा देखिएको वृद्धिका पछाडि भूमिका खेल्ने विभिन्न कारणबारे नेपाल लाइभले पुँजीबजारसँग सम्बन्धित केही व्यक्तिसँग कुराकानी गरेको छ। सोही कुराकानीको संक्षिप्त र सम्पादित विषय यहाँ प्रस्तुत गरिएको छ।

ब्याजदर घट्ने हल्ला र पर्याप्त तरलताले लगानीकर्ता हौसिए : भरत रानाभाट
अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल
बजार १ हजार १ सयको बिन्दुसम्म झरिसकेको थियो। त्यो बढ्दा एकैचोटी १ हजार ५ सयको बिन्दुमा पुग्ने होइन विस्तारै जान हो। अहिले पुँजीबजारमा थोरै विश्वास चाँहि बढेको हो कि जस्तो देखिएको छ। बजार बढ्न त्यो विश्वाश जुटाउन लगानीकर्तालाई गाह्रो भइराखेको थियो। तर परिसूचक १ हजार २ सयभन्दा माथि पुगिसकेपछि अब चाँहि गति लियो है भन्ने परेको हुन सक्छ। 

बजारमा बैंकका ब्याजदर घट्ने हल्लाले पनि त्यसको असर पुँजीबजारमा देखिएको हुन सक्छ। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव समस्या नरहेपछि त्यसको असर ब्याजदरमा पनि देखिन्छ। अर्को कारण भनेको घरजग्गा, गाडीजस्ता क्षेत्रमा जाने कर्जा लगानी राष्ट्र बैंकको कडाइपछि घटेको हुन सक्छ र त्यसको फाइदा पुँजीबजारलाई परेको हुन सक्छ। ती क्षेत्रमा गइरहेको पैसा सेयर बजारमा आउँछ भन्ने सोचले पनि काम गरेको हुन सक्छ। 

धितोपत्र बोर्डका अध्यक्ष पनि पुँजीबजारप्रति सकारात्मक देखिएका छन्। सेयरमा लगानी गर्ने भनेको कमाउनकै लागि हो र त्यसलाई राम्रो बनाउन विभिन्न उपकरण थप गर्ने भन्ने उनको भनाइले सकारात्मक भुमिका खेलेको हुन सक्छ। अर्थमन्त्री आफैले पहिला लगानीकर्तालाई आफूसँग भएको पैसा मात्रै लगानी गर्नुस् भन्नुहुन्थ्यो। तर एक कार्यक्रममा 'अब तरलता बढ्यो, सेयरमा लगानी गर्नेले बैंकबाट कर्जा लिन सक्ने अवस्था बन्यो। अहिले बजारमा पैसा छ' भन्ने जुन अभिव्यक्ति आयो, त्यसको असर पनि हुन सक्छ। यसरी सबै क्षेत्र राम्रो भएर बजारमा पनि यसको संकेत देखिएको हो। 

Ncell 2
Ncell 2

५८ बुँदे कार्ययोजना कार्यान्वयन र लगानीयोग्य रकम अभावको समस्या हट्दा बजार सकारात्मक : राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ
बैंकका सेयरका लागि भनेर छुट्याइएको रकम अहिले फालाफाल भयो। बैंकमा तरलता अभावको समस्या रहेन। बैंकहरूले पनि पुँजीबजारमा लगानी गर्न थाले। बैंक आफैले हामी बैंक ब्याजदर घटाउँछौं तर ऋण लिन आइदिनुपर्‍यो भन्ने गरेका थिए। अहिले तरलता अभावको समस्या छैन। लगानी गर्न पर्याप्त पुँजी भएकाले सकारात्मक असर देखिएको हो। 

पुसको मसान्तसम्म बजार घटिरहने पहिला देखिको ट्रेन्ड हो। बजार घटबढ हुन सामान्य कुरा हो, तर आर्थिक वर्षको दोश्रो त्रैमासिकपछि केही सकारात्मक प्रभाव देखिन थाल्छ। सरकारले पनि ५८ बुँदे कार्ययोजना चरणबद्ध रूपमा कार्यान्वयनमा गयो। 

पुँजीबजारबारका लागि अहिले विस्तारै सकारात्मक वातावरण बन्दै गएको छ। अहिले धितोपत्र बोर्डमा अध्यक्ष पनि पुँजीबजारलाई नजिकबाट बुझेको व्यक्ति आउनु भएको छ। पहिला लगानीकर्ताले राखेका समस्या समयमा समाधान नहुने अर्थ मन्त्रालयले बोर्ड र बोर्डले मन्त्रालयलाई देखाउने अवस्था थियो। अब बुझेको व्यक्ति जिम्मेवारीमा आएपछि त्यसका सकारात्मक नतिजा देखिन्छन् र बजारमा पनि त्यसको असर देखिन्छ भन्ने लगानीकर्तामा विश्वास छ। 

लगानीकर्तामा विस्वास जागेकाले बजार बढ्नु स्वभाविक : ताराप्रसाद फुल्लेल
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ
बजार सकारात्मक हुने लक्षण देखिएको हो। त्यसको पछाडि केही कारण छन्। बजार न्यून बिन्दुमा आइसकेको थियो। न्यून बिन्दुमा पुगिसकेको बजार सधैं घटिराख्ने  भन्ने त हुँदैन। अहिले सस्तो दरमा राम्रो कम्पनीको सेयर किन्न पाइराखेको अवस्था छ। त्यसकारण पनि कारोबार संख्या बढी भएकाले बजार बढेको हुन सक्छ। 

हालै मात्र धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउनु भएको छ। उहाँले पुँजीबजार विकासका लागि भनेर राम्रो स्किम लिएर आउनु भएको छ। उहाँको प्रतिबद्धता राम्रो देखिएको छ। धेरै कुरामा सुधार गर्छु भन्नुभएको छ। त्यो पनि पुँजीबजार बढ्न भुमिका खेलेको सकारात्मक पक्ष हो। अर्थमन्त्रीले पनि हिजोअस्तिका कार्यक्रममा पुँजीबजारसम्बन्धी बोलेका कुराले सकारात्मक असर पारेको हुन सक्छ। अहिलेको बजारमा लगानी गर्दा घाटा खानु पर्दैन भन्ने लगानीकर्तालाई लागेको हुन सक्छ। बजार घट्ने र बढ्ने विषय प्राकृतिक र निरन्तरको प्रक्रिया हो। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्