• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'ब्याजदर घट्ने हल्ला र पर्याप्त तरलताले बढ्यो पुँजीबजार'

64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १८:३९
1140x725

काठमाडौं- अघिल्लो सातादेखि नै उकालो लाग्न थालेको पुँजीबजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ।  कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ५१ प्रतिशत बढेकाले निरन्तरता पाएको हो। यसको अर्थ आइतबार नेप्से ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ अंकमा पुगेको हो। 

लामो समय १ हजार १ सय बिन्दुको वरिपरि रुमल्लिएको परिसूचक गत साताबाट आक्रामक देखिन थालेको हो। एक सातामा नै नेप्से १ सय बिन्दुभन्दा बढीले वृद्धि भई १ हजार २ सयको बिन्दुमाथि पुगेको छ। सामान्यतया, पुँजीबजार पनि माग र आपूर्तिको सिद्धान्तमा आधारित भएर घटबढ हुने हो। तर पनि पुँजीबजार परिसूचक निर्धारणमा माग र आपूर्तिका अतिरिक्त विभिन्न पक्षले महत्वपूर्ण भूमिका खेल्छन्। पछिल्लो समय नेप्सेमा देखिएको वृद्धिका पछाडि भूमिका खेल्ने विभिन्न कारणबारे नेपाल लाइभले पुँजीबजारसँग सम्बन्धित केही व्यक्तिसँग कुराकानी गरेको छ। सोही कुराकानीको संक्षिप्त र सम्पादित विषय यहाँ प्रस्तुत गरिएको छ।

ब्याजदर घट्ने हल्ला र पर्याप्त तरलताले लगानीकर्ता हौसिए : भरत रानाभाट
अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल
बजार १ हजार १ सयको बिन्दुसम्म झरिसकेको थियो। त्यो बढ्दा एकैचोटी १ हजार ५ सयको बिन्दुमा पुग्ने होइन विस्तारै जान हो। अहिले पुँजीबजारमा थोरै विश्वास चाँहि बढेको हो कि जस्तो देखिएको छ। बजार बढ्न त्यो विश्वाश जुटाउन लगानीकर्तालाई गाह्रो भइराखेको थियो। तर परिसूचक १ हजार २ सयभन्दा माथि पुगिसकेपछि अब चाँहि गति लियो है भन्ने परेको हुन सक्छ। 

बजारमा बैंकका ब्याजदर घट्ने हल्लाले पनि त्यसको असर पुँजीबजारमा देखिएको हुन सक्छ। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव समस्या नरहेपछि त्यसको असर ब्याजदरमा पनि देखिन्छ। अर्को कारण भनेको घरजग्गा, गाडीजस्ता क्षेत्रमा जाने कर्जा लगानी राष्ट्र बैंकको कडाइपछि घटेको हुन सक्छ र त्यसको फाइदा पुँजीबजारलाई परेको हुन सक्छ। ती क्षेत्रमा गइरहेको पैसा सेयर बजारमा आउँछ भन्ने सोचले पनि काम गरेको हुन सक्छ। 

धितोपत्र बोर्डका अध्यक्ष पनि पुँजीबजारप्रति सकारात्मक देखिएका छन्। सेयरमा लगानी गर्ने भनेको कमाउनकै लागि हो र त्यसलाई राम्रो बनाउन विभिन्न उपकरण थप गर्ने भन्ने उनको भनाइले सकारात्मक भुमिका खेलेको हुन सक्छ। अर्थमन्त्री आफैले पहिला लगानीकर्तालाई आफूसँग भएको पैसा मात्रै लगानी गर्नुस् भन्नुहुन्थ्यो। तर एक कार्यक्रममा 'अब तरलता बढ्यो, सेयरमा लगानी गर्नेले बैंकबाट कर्जा लिन सक्ने अवस्था बन्यो। अहिले बजारमा पैसा छ' भन्ने जुन अभिव्यक्ति आयो, त्यसको असर पनि हुन सक्छ। यसरी सबै क्षेत्र राम्रो भएर बजारमा पनि यसको संकेत देखिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

५८ बुँदे कार्ययोजना कार्यान्वयन र लगानीयोग्य रकम अभावको समस्या हट्दा बजार सकारात्मक : राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ
बैंकका सेयरका लागि भनेर छुट्याइएको रकम अहिले फालाफाल भयो। बैंकमा तरलता अभावको समस्या रहेन। बैंकहरूले पनि पुँजीबजारमा लगानी गर्न थाले। बैंक आफैले हामी बैंक ब्याजदर घटाउँछौं तर ऋण लिन आइदिनुपर्‍यो भन्ने गरेका थिए। अहिले तरलता अभावको समस्या छैन। लगानी गर्न पर्याप्त पुँजी भएकाले सकारात्मक असर देखिएको हो। 

पुसको मसान्तसम्म बजार घटिरहने पहिला देखिको ट्रेन्ड हो। बजार घटबढ हुन सामान्य कुरा हो, तर आर्थिक वर्षको दोश्रो त्रैमासिकपछि केही सकारात्मक प्रभाव देखिन थाल्छ। सरकारले पनि ५८ बुँदे कार्ययोजना चरणबद्ध रूपमा कार्यान्वयनमा गयो। 

पुँजीबजारबारका लागि अहिले विस्तारै सकारात्मक वातावरण बन्दै गएको छ। अहिले धितोपत्र बोर्डमा अध्यक्ष पनि पुँजीबजारलाई नजिकबाट बुझेको व्यक्ति आउनु भएको छ। पहिला लगानीकर्ताले राखेका समस्या समयमा समाधान नहुने अर्थ मन्त्रालयले बोर्ड र बोर्डले मन्त्रालयलाई देखाउने अवस्था थियो। अब बुझेको व्यक्ति जिम्मेवारीमा आएपछि त्यसका सकारात्मक नतिजा देखिन्छन् र बजारमा पनि त्यसको असर देखिन्छ भन्ने लगानीकर्तामा विश्वास छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लगानीकर्तामा विस्वास जागेकाले बजार बढ्नु स्वभाविक : ताराप्रसाद फुल्लेल
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ
बजार सकारात्मक हुने लक्षण देखिएको हो। त्यसको पछाडि केही कारण छन्। बजार न्यून बिन्दुमा आइसकेको थियो। न्यून बिन्दुमा पुगिसकेको बजार सधैं घटिराख्ने  भन्ने त हुँदैन। अहिले सस्तो दरमा राम्रो कम्पनीको सेयर किन्न पाइराखेको अवस्था छ। त्यसकारण पनि कारोबार संख्या बढी भएकाले बजार बढेको हुन सक्छ। 

हालै मात्र धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउनु भएको छ। उहाँले पुँजीबजार विकासका लागि भनेर राम्रो स्किम लिएर आउनु भएको छ। उहाँको प्रतिबद्धता राम्रो देखिएको छ। धेरै कुरामा सुधार गर्छु भन्नुभएको छ। त्यो पनि पुँजीबजार बढ्न भुमिका खेलेको सकारात्मक पक्ष हो। अर्थमन्त्रीले पनि हिजोअस्तिका कार्यक्रममा पुँजीबजारसम्बन्धी बोलेका कुराले सकारात्मक असर पारेको हुन सक्छ। अहिलेको बजारमा लगानी गर्दा घाटा खानु पर्दैन भन्ने लगानीकर्तालाई लागेको हुन सक्छ। बजार घट्ने र बढ्ने विषय प्राकृतिक र निरन्तरको प्रक्रिया हो। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्