• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनताको भाग्य र भविष्यमा फोहोर गर्ने हक नेकपा नेतामा छ?

64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  १५:३३
1140x725

राजेन्द्र पाण्डेज्यू, 
पार्टी ह्विप र डबल अध्यक्षको निर्देशनका कारण तपाईं विरक्तिएर विष पिउनु कि पार्टी छोड्नुको स्थितिमा पुगेको खबर सञ्चारमाध्यममा पढ्दा दुःख लाग्यो। राजनीतिमा सिद्धान्त सकिएपछि, निष्ठा हारेपछि, इमानमा भ्वाङ परेपछि हुनुपर्ने कुराभन्दा नहुनुपर्ने कुरा बढी हुन्छन्। अहिले तपाईंको पार्टीमा ग्रहण लागेको छ। कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त कमरेड राज्यलक्ष्मी गोल्छा, कमरेड दीपक मनांगे, अनि कमरेड दिनेश अधिकारी चरी लगायतले भान्सा पुछ्ने टालो बनाएपछि जबजरूपी सूर्यमा ग्रहण लागेको छ। 

कमरेड प्रचण्डले झन् घनिभूत ढंगले पछिल्लो समय जबजको व्याख्या गर्न थाल्नुभएको छ। नेकपाको नामसँगै पहिले-पहिले मार्क्सवादी, लेनिनवादी र माओवादीजस्ता फुर्का जोडिन्थे। अहिले नेकपा यति को फुर्को जोडेर पुच्छ्रे भएको छ। ज्योतिषशास्त्रअनुसार ग्रहण लागेको बेलामा थोरैलाई मात्र लाभ र धेरैलाई हानी पुग्ने मान्यता छ। तपाईंको पार्टी र सरकारमा यति बेला राहु पनि पसेको छ, त्यसैले काम भन्दा नकाम धेरै, नाम भन्दा बदनाम ज्यादा सुन्न र देख्न पाइन्छ। 

केवल चुनावी नतिजा हात पार्न भएको सिद्धान्तहीन गठजोड, सम्झौता र लेनदेनमा देश र जनताको भाग्य र भविष्य हेरिएको हुँदैन/छैन। केही सीमित व्यक्तिको लाभहानी मात्र हिसाब गरिएको पार्टी एकीकरण र चुनावी तालमेलमा जे सम्झौता भएको हो, त्यो अब प्रकट भएको छ। लगानी र बिउ अनुसारको फल लागेको छ। पार्टीरूपी बालीमा अनगिन्ती कालीपोके र फोस्रोपन छ। 

राजनीतिमा चुनाव हार्न/जित्न सकिन्छ तर निष्ठा हारियो र सिद्धान्त च्यूत बनियो भने त्यसले पैदा गर्ने शर्मनाक स्थिति किंकर्तव्यविमूढताका प्रष्ट उदाहरण हुन्। जुन नियति आज तपाईंहरु भोग्दै हुनुहुन्छ, त्यो संघीयताको मर्म र भावनाभन्दा पर छ। प्रदेश सांसदको हक कुण्ठित हुने खालको छ। तपाईंको पार्टी नेकपाको सचिवालय बैठकले गरेका निर्णयले पार्टीको तल्लो तहको अधिकारमाथि बज्रपात गरेको छ। पार्टी निर्णयको अवज्ञा गर्ने, मत र विचारप्रति असहमत हुनेले पार्टी छोडे हुन्छ भनेर जुन धमास दिइएको छ, त्यो चरम अलोकतान्त्रिक र निरंकुशता हो। पार्टीमा दुई भाइ (अध्यक्षहरू)को हुकुमप्रमांगी नै सबथोक हो भने प्रदेशसभाका सांसद केवल भरिया, गोठाला र विवेकहीन नमकको सोझो मात्रै सोच्ने दुईखुट्टे प्राणी मात्रै हुन् त?

प्रिय कमरेड!
प्रदेशको राजधानी प्रदेशसभा बैठक र प्रक्रियाभन्दा पहिले पार्टीको फर्मानमा तोकिनु निश्चित रुपमै लोकतन्त्रको उपहास हो। संघीयता भनेको केन्द्रीकृत शासन पद्धति होइन, स्थानीय स्तरबाट निर्णय हुने, योजना बन्ने र कार्यान्वयन गर्ने पद्धति हो भनेर पार्टीका शीर्ष नेतालाई बुझाउन सिद्दान्तनिष्ठ नेता तथा कार्यकर्ताले विद्रोह गर्नुपर्ने बेला आएको छ। विद्रोह गर्दा पद, पार्टी र लाभहानी हुन सक्छ तर इमानमा डडेलो लगाएर पार्टीको पद र प्रतिष्ठा तपाईंका हकमा आवश्यक छैन। पटकपटक सांसद, मन्त्री र पार्टीको पदाधिकारी बनेको र अवसर लिएको मान्छे अब पनि पदको लोभ कति गर्नुहुन्छ? पदको लोभ गरेर नै प्रदेसभामा पनि झर्न राजी हुनुभयो, त्यहाँ पनि नेताको हस्तक्षेप सहेर बस्न किन मञ्जुर हुनुहुन्छ? विष नपिउनुस् बरु पार्टी छोड्नुस्। पार्टी छोड्दा तपाईको निष्ठा बच्छ। निष्ठा बचाउनु ठूलो कुरा हो। निष्ठा र इमान धेरैमा नहुने भएकाले यो अमूल्य र अनुपम हुन्छ। 

राजेन्द्र कमरेड!
तपाईंलाई थाहा छ गणेशमान सिंहले प्रधानमन्त्री पद साथीका लागि सिफारिस गरे। कांग्रेसलाई त्यो हैसियत प्रदान गर्न आजीवन लागे तर कांग्रेस विचलनमा गएपछि उनले पनि कांग्रेस परित्याग गरे। तर उनको मर्यादामा कमी कहिल्यै भएन। केही लोभीपापीले मानमर्दन गरे होलान् तर जनताले दिने मर्यादा र सम्मानमा कति पनि कमी रहेन। निष्ठा, इमान र सिद्धान्त ठूलो हो लाभ, लोभ र पद भन्दा। 

नेपाली राजनीतिका अर्का आदर्शपुरुष कृष्णप्रसाद भट्टराईले कांग्रेस छोड्लान् भन्ने कल्पना सायदै कसैले गरेका थिएन। कांग्रेसले आफ्नो जन्मसिद्ध नैतिक र सैद्दान्तिक धरातल बिर्सेको भन्दै उनले पनि पार्टीको मोह त्यागिदिए। निष्ठा र इमानमा लागेको चोट मुटुमा साँचेर बसे। सिद्धान्तच्यूतहरूको अपमान पचाए। तर जनस्तरमा मर्यादाहीन भएनन्। मर्यादा पद र पहुँचले भन्दा व्यक्तिको निष्ठा आचरण, आदर्श सिद्धान्त र व्यवहारले निर्धारण गर्छ। निष्ठा, इमान र सिद्धान्त मर्यादाका मानक हुन् तर पद मर्यादाको मानक बन्छ र हुन्छ भन्ने छैन। 

मुलुकको हितका लागि व्यक्तिको आदर्श र व्यक्तिले देखाउने त्याग र समर्पणको महत्त्व र गरिमा महान हुन्छ। तपाईको पद गुमे पनि प्रतिष्ठा रहन्छ भने पद होइन, प्रतिष्ठा लिएर बाच्नुस्। सँधै मरिरहनु पर्ने बधुवा मजदुरको पार्टी राजनीति र जिन्दगीभन्दा स्वतन्त्र निर्भीक र निष्ठाको जिन्दगी उत्तम हुन्छ। अब तपाईं आफै रोज्नुस् दासत्व कि स्वतन्त्र अस्तित्व? 

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिमा लागेकाहरूको विवेकको भाँडोमा बिर्को लागेको हुन्छ, नेताले जे भन्छन्, त्यही मान्छन् भन्ने आम धारणा बदल्न पनि केही मान्छेहरूले त्याग गर्नु र विद्रोह गर्नु राजनीतिमा सत्कर्मले लाग्नेहरूको लागि उदाहरण हो। सार्थक जिन्दगी जिउन सार्थक पहल र त्याग जरुरी हुन्छ। यतिबेला मैले स्मरण गराउनै पर्ने हुन्छ, डा गोविन्द केसीझैँ निस्वार्थ जोगी जिन्दगी बाँचेर देश र राष्ट्रका लागि भोकै मर्ने संकल्प गर्ने मान्छेलाई पागल र मरे हुन्छ भनेर छुद्र टिप्पणी गर्ने तपाईं त्यो दुर्वाच्यको पापबाट उन्मुक्ति रोज्न पनि केही जनपक्षीय निर्णय गर्न तपाईंको आत्माले रहर गरोस्। ता कि पश्चाताप गरेर बस्न होइन, सुध्रन सकियोस्। पार्टीको बधुवा कमाराकमारी हुनुभन्दा स्वतन्त्र विवेक प्रयोग गर्ने हैसियत देखाउनुस् पाण्डेज्यू। हिजोको भूल, त्रुटि र असक्षमताले क्षमा पाउनेछ।

पद्धति र प्रणाली बलियो भयो भने भोलिको पुस्ताले गुनासो गर्ने ठाउँ कमै पाउँछ। त्यसैले नैतिक मूल्यसहितको पद्धति बसाउन नैतिक लडाईं गर्नुस्। पद र पार्टीभन्दा देश र जनता ठूलो सम्झनुस्। जीवनको उत्तरार्द्धमा लोभ होइन, त्यागको नमूना प्रस्तुत गर्नुस्। दुर्गन्धित स्थान सके सफा गर्ने हो, सकिँदैन दुर्गन्ध त्याग्ने हो। दुर्गन्धित, फोहोर ठाउँमा बसेर रोगाउनु ठिक छैन। जान्दाजान्दै पक्कै त्यहाँ बस्ने आत्मघाती बाटो रोज्नुहुने छैन। अब पनि तपाईंहरूमा विवेक देखिएन, आफ्नो ब्रह्मले देखेको सत्य अरुको स्वार्थक लागि झुट भन्न थाल्नुभयो, विवशता देखाउनुभयो र पार्टी अनुशासनको प्रलाप गर्नुभयो भने तपाईं कहिल्यै विश्वासयोग्य नेता बन्न लायक हुनुहोला भन्ने लाग्दैन।

कमरेड पाण्डे!
विश्वास गुमाएपछि फेरि आर्जन गर्न एक मात्र साधारण मानिसको आयु पर्याप्त हुँदैन। तपाईसँग पनि असाधारण आयू छैन, त्यसैले ब्रम्हसत्य बोल्नुस्। ब्रह्मको आदेश पालना गर्नुस्। नेताहरूको आदेश त आजसम्म पालन गर्नुभएकै छ। अब ब्रह्मको आदेश मान्नुस् ब्रह्मले धोका दिँदैन कहिल्यै पनि। सत्य र स्वधर्मका लागि एन्टी-करेन्ट बहने सामर्थ्य राख्नुपर्छ। 

हुल/भिड र बलको आदेशविरुद्ध सत्य र न्यायको पक्षमा जो उभिन्छ, ढिलो होला तर उसको निष्ठा पराजित हुँदैन। सहास गर्नुस् नेता/राजनेता परिवर्तन हुने सौभाग्य मिल्छ। हाँसेर दिएको आशिर्वादमा होइन रोएर दिएको श्रापमा बल हुन्छ। क्षेत्रीय सन्तुलन, भौगोलिक अवस्थिति, जनसंख्याको समानुपातिक प्रतिनिधित्व, जनप्रतिनिधिको राय सबै कुरालाई विचार गर्दा प्रदेश ३ को प्रादेशिक राजधानी हेटौंडा कुनै पनि मानेमा उचित छैन। नेपाली कांग्रेस र शेरबहादुर देउवाको निर्णयलाई नै आँखा चिम्लेर ल्याप्चे लगाउने हो भने शेरबहादुरका हरनिर्णयको विरोध गर्ने वैधानिकता र नैतिकता रहन्छ र कमरेड?

राजेन्द्र पाण्डे ज्यू, 
तपाईं त्यो लेबलको नेता, जसको देशभर ठूलो नाम छ, पहिचान छ। तर तपाईंहरूको त यस्तो हालत छ भने अरू सामान्य नेता/कार्यकर्ताको नेकपाभित्र कस्तो मनोदशा होला? नेता/कार्यकर्ताका साथै जनताको भाग्य र भविष्यमा फोहोर गर्ने हक सीमित नेताको हातमा हुनु के न्यायिक छ? प्रायोगिक छ? आत्मसम्मान र स्वाभिमान बन्धक बनाएर नेताको कारिन्दा मात्रै हुनु जनताको लागि गरेको राजनीति हो र कमरेड? 

नेताहरुको दम्भ, बलमिच्याईं र अदूरदर्शी नीति चकनाचुर बनाउन र होस खुलाउन यदाकदा विद्रोही प्रवृत्तिको खाँचो हुन्छ। त्यो खाँचोको नेतृत्व यो पटक राजेन्द्र कमरेडहरूले पूर्ति गर्नु पर्नेछ। पार्टीले लिने निर्णय र उसको कार्यक्षमताको प्रभाव नेताकार्यकर्तामा मात्रै पर्दैन। देश र तमाम जनतामा पर्छ, तसर्थ नेकपाबारे बोल्ने हक जनताको लागि पनि छ। त्यसैले यो सुझावको खेस्रो कोरेको हुँ। राज्यको पुनर्संरचना भनेको केन्द्रको तोक/आदेश जस्ताको तस्तै पालन गर्नु हो कि? 

जनप्रतिनिधिमूलक संस्थाको छलफल, बहस, भावना र चौतर्फी बहसपछिको निचोडलाई व्यवहारिक र कानुनी रुप दिनु हो? वनप्रतिनिधिले पार्टीको ह्विपभन्दा जनताको आस्था र विश्वासको ह्विपलाई स्वीकार गर्नुले राजनीतिक सिद्धान्तले विजय प्राप्त गर्दछ। जनताको आस्था, भरोशा र विश्वासभन्दा ठूलो ह्विप अरू हुन सक्तैन तसर्थ पार्टीका नेताको आदेश सिरोपर गर्ने कि जनताको आवाजलाई अवज्ञा गर्ने? रोजाई तपाईको। टीका माटोको लगाउने कि नेताको हातको अबिरको? देशभक्तका लागि त देशको माटो नै पवित्र चन्दन हो। भौतिकवादीहरू चन्दनको पवित्रतामा विश्वास गर्दैंनन् तर रातो अबिर लाउनेले देशको माटोलाई अबिर सम्झिए हुन्न र? यतिका वर्ष आफ्नो लागि राजनीतिमा व्यतित गर्नु भयो। अब देशका लागि पनि सोच्नुस् र देशको माटो समाएर कसम खानुस्। कमरेड मलाई पार्टी होइन देश ठूलो छ भनेर।

प्रिय कमरेड! 
मैले मेरो ब्रह्मको कुरा लेखे तपाईं आफ्नो ब्रम्हलाई अन्याय नगर्नुस्। यो देशको माया तपाईं जतिकै मलाई पनि छ। तर तपाईं माया गरेर देखाउने हैसियतमा हनुहुन्छ सो प्रदर्शन गर्नु होला। अन्यथा भए क्षमा मागेँ। सदा तपाईंको भलो चाहने। संजीव।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्