काठमाडौं– साढे ४ वर्षअघि काठमाडौंमा एक व्यक्तिको हत्या गरी भारत भागेका अभियुक्त पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाग्लुङका गोकुल केसी खत्रीलाई सोमबार स्वयम्भूबाट पक्राउ गरेको हो।
२०७० साल साउन २७ मा कलंकी ढुंगेअड्डामा उनले राम थापाको हत्या गरेका थिए। थापालाई कोकको बतोल र फलामको रडले हानेर हत्या गरेका उनी भारत भागेका थिए।
पक्राउ परेका खत्रीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाइएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।