खजुरा- बाँकेमा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता बर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ। हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ।
मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्। घटनाको अनुसन्धान सुरु गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।