काठमाडौं– क्यानाडा पठाइदिन्छु भन्दै दिल्ली पुर्याएर अलपत्र बनाएको आरोपमा यती एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन्। बारा घर भई यती एयरलाइन्सको प्रशासन विभागमा काम गर्ने सिंह प्रताप बस्नेत पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई बिहिबार पक्राउ गरेको हो।
उनले मल्टिपल भिसामा क्यानाडा पठाएर काम लगाइदिने भन्दै ठगी गरेको सिआईबीले जनाएको छ। केही व्यक्तिहरुलाई क्यानाडा लैजाने भन्दै दिल्लीमा अलपत्र बनाएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
कतिपयलाई यती एयरलाइन्सको कार्ड समेत अवैध रुपमा उनले बनाइदिएको खुलेको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।