राजविराज– सप्तरीमा पछिल्लो समय मोटरसाइकल चोरको बिगबिगी बढेको छ। सोही आरोपमा पछिल्लो पटक प्रहरीले सप्तरीका दुई युवालाई पक्राउ गरेको छ।
राजविराज नगरपालिका ६ का १९ वर्षीय रामप्रसाद दास र छिन्नमस्ता गाउँपालिका ३ का १८ वर्षीय शम्भु मुखिया पक्राउ परेका हुन्।
राजविराज ७ का निकेश दासको स७प २९४४ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा रामप्रसाद पक्राउ परेका हुन्। चोरीको मोटरसाइकल चढेर राजविराजमै घुमिरहेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, राजविराज नगरपालीका ७ स्थित राज रगंशालावाट समिम अख्तर अली स६प ४५३५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा मुखिया पक्राउ परेका हुन्। नम्बर प्लेटमा केरमेट गरी चोरीको मोटरसाइकलमै घुमिरहेका बेला छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडा–राजविराज सडक खण्डबाट उनलाई पक्राउ गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।
दुवैलाई जिल्ला अदालत राजविराजबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुई साताअघि पनि प्रहरीले मोटरसाइकल चोरीका विभिन्न पाँच घटनाका चार आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।