मकवानपुर– मकवानपुरमा बुहारी र नातिनी मिलेर एक व्यक्तिको हत्या गरेका छन्। बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानको बुहारी र नातिनीले हत्या गरेका हुन्।
घरायसी विवादमा बुहारी मुलीमाया स्याङतान र नातिनी मनिता स्याङतानले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुवै जनालाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।
घरमा झगडा भएपनि सोमबार राती उनीहरुले चक्कुले हानेर सूर्यबहादुरको हत्या गरेका हुन्। हत्यापछि पोको पारेर घरभित्र शव लुकाएकी थिइन्। अभियुक्त ठूलीमायाका श्रीमान बैदेशिक रोजगारीका लागि बिदेशमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।