काठमाडौं– ठूलो मात्रामा लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले मकवानपुरका सन्तोष सापकोटा,सिन्धुलीकी सुशीला बिसिङखे, आविका बिसिङखे, उर्मिला बिसिङखे शाहीलाई पक्राउ गरेको हो।
उनीहरुबाट १४ सय एम्पुल नोफिन, १४ सय एम्पुल डाइजेल्याव र १४ सय एम्पुल फेनारगन बरामद भएको छ।
कालिमाटी वृत्तले सापकोटालाई बल्खुबाट पक्राउ गरेकोमा उनीमाथि अनुसन्धान गर्ने क्रममा थप तीन जनालाई पक्राउ गरी प्रहरीले ठुलो मात्रामा लागूऔषध बरामद गरेको हो। खुख्य कारोबारी विकल शाही फरार रहेको र उनको श्रीमती उर्मिलालाई भने प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।