धुलिखेल- चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन्।
उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए। दुवै जनालाई आज सार्वजनिक गरिएको हो।
उनीहरुका साथबाट रु एक लाख ६ हजार, दुई हजार भारतीय रुपैयाँ, मोबाइल तीन थान, सुनको सिक्री एक थान, औंठी एक थान तथा चोरी गर्न प्रयोग गरिएको एउटा गाडी जफत गरिएको शाहले बताए।
मुण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलमा गत शनिबार चोरी गरी फरार भएपछि तामाङको जाहेरीका आधारमा उनीहरुलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।