काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले हरेक महिना उत्तृष्ट काम गर्ने प्रहरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने भएकोछ। परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एएसपी विश्वराज पोखरेलले राम्रो काममा प्रोत्साहन गर्न नगद पुरस्कारको व्यवस्था गरिएको बताए।
नेपाल बंगलादेश बैंकले पुरस्कार राशिका लागि नगद रकम उपलब्ध गराउनेछ । यसविषयमा काठमाडौं परिसर र नेपाल बंगलादेश बैंकबीच मंगलबार एक वर्षे सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार नेपाल बंगलादेश बैंकले काठमाडौं प्रहरीलाई १८ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउनेछ।
जसअन्तर्गत उत्कृष्ट काम गर्ने एक जना डिएसपीलाई ५० हजार, इन्स्पेक्टरलाई ३५ हजार, सईलाई २५ हजार, असईलाई २० हजार, हवल्दारलाई १५ हजार र जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप हरेक महिना प्रदान गरिनेछ।
प्रोत्साहन भत्ताका पाउने प्रहरीको छनौट काठमाडौं प्रहरीकै एक समितिले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।