विराटनगर– खोटाङको मझुवागढी नगरपालिका–३ काउलेमा सोमबार श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ।
स्थानिय ५९ वर्षीय मकरध्वज राई र श्रीमती ५० वर्षीया आइसरी राईबीच साँझ ५ बेजतिर सामान्य विवाद हुँदा श्रीमानले बाँसको लाठीले श्रीमतीलाई प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।
जिल्ला प्रहरी कर्यालय खोटाङबाट प्रहरीको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।