काठमाडौं– सिद्धार्थनगरका व्यवसायी हरिश सेठियालाई हुन्डी कारोबारको विवादमा गोली प्रहार भएको खुलेको छ। हुन्डी कारोबारबापत उनलाई ३५ लाख तिनुपर्नेमा हत्या गरेर पैसा पचाउन खोजेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरुलाई पक्राउ गरी २ साता लामो अनुसन्धान गर्दा वास्तविकता बाहिर आएको हो। रुपन्देहीका एसपी श्यामराज ज्ञवालीका अनुसार सद्दाम भन्ने मोहम्मद अफ्तल र सेठियाबीच विगत २ वर्षदेखि हुन्डीको कारोबार हुँदै आएको थियो। सेठियलाई अफतलले ३५ लाख रुपैयाँ तिर्नुपर्ने थियो। सोही रकम नतिर्न उनले भाडाका सुटर खटाएर हत्या प्रयास गरेका हुन्। फागुन १ गते र २८ गते सेठियामाथि गोली प्रहार भएको थियो।
घटनामा संलग्नहरुलाई २८ गते नै प्रहरीले पक्राउ गरेको थियो। रमाजान मुसलमानलाई पक्राउ गरेकोमा स्थानीय व्यवापारी मोहन बाँनियको निर्देशनमा आफुले गोली हानेको बताएका थिए। बाँनियालाई समेत प्रहरीले पक्राउ गरी छानबिन गर्दा उनको कुनै सम्बन्ध देखिएन। थप अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरे बाँनियाको नाम पोल्ने योजना रहेको खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।