काठमाडौं–भक्तपुरको एक पसलमा तीन लाख रुपैयाँ चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
भक्तपुर चाँगुनारायण नगरपालिका–६ बस्ने २२ बर्षीय गणेश लामा, २१ बर्षीय लच्छु कार्की, २३ बर्षीय अनिल मगर, २४ बर्षीय सुमन तामाङ र २१ बर्षीय रुपक तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले शनिबार काभ्रे मण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद ३ लाख रुपैया चोरी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुबाट नगद १ लाख ६ हजार २ सय १० रुपैयाँ, केही बिदेशी मुद्रा, सुनको सिक्रि, औंठी लगायत धनमाल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।