विराटनगर– मोरङको सुन्दर–हरैचा नगरपालिका–३ का २४ बर्षिय कृष्ण धामीले आफनै बाबु–आमालाई खुकुरी प्रहार गरी घाईते बनाएका छन्।
छोराको खुकुरी प्रहारबाट बाबु ५५ वर्षीय राम विलास धामी र आमा ४५ वर्षीया दशमी धामी घाईते भएका हुन्।
शनिबार बेलुका ८ बजेतिर सामान्य घरायसी विवाद हुँदा कृष्णले बाबु आमालाई खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ। घाइते धामी दम्पतीको धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
अभियुक्त कृष्णलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।